Friday, October 25, 2013

८ कार्तिक नीलकण्ठ । संविधानसभाको निर्वाचन नजिकीदै गर्दा एकीकृत नेकपा माओवादी निर्वाचन क्षेत्र न. २ आफ्नो पक्षमा जनमत जुटाउनको लागी जनताहरुको घरदैलो जाने अभियान अन्तगर आज नीलकण्ठ गाउँ विकास समितिको  पाँचधारेमा अन्तरया कार्यक्रम सम्पन्न गरेको हो  ।
कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य र निर्वाचन क्षेत्र न. २ का उम्मेदवार कल्पना धमलाले दराजनीतिक स्थिरता र आथिर्क विकास हाम्रो मूल एजेण्डा पार्टी एकीकृत नेकपा माओवादीलाई मत दिनको लागी जनतासँग आग्रह गर्नुभएको छ । यथास्थितिवादी, प्रतिक्रियावादी, पहिचान र संघीयता विरोधीहरुले वर्षौदेखि जनताहरुलाई  धोका दिँदै आएको चर्चा गर्दैै उहाँले आगामी मंसिर ४ गतेको दोस्रो तथा अन्तिम संविधानसभाको निर्वाचनमार्फत् पहिचानसहितको संघीयताको एजेण्डा बोकेको आफ्नो पार्टीलाई बहुमत बनाए संविधानको सुनिश्चित हुने उल्लेख गर्नुभयो ।
 आफु मन्त्रीहुदाँ समेत धादिङको विकासको लागी महत्पुर्ण भुमिका निर्वाह गरेको भन्दै धमलाले पुनःपनि  आफुलाई मत दिएर जिताउनको लागी आग्रह गर्नुभयो । धादिङ निर्वाचन क्षेत्रमा आफु सरकारमा हुदाँ दुई वटा केन्द्रिय बजेट पारेको भन्दै उहाँले जिल्लाको विभिन्न विद्यालयका भवन निमार्ण,विद्यालयहरुलाइ कम्प्युटर वितरण, धादिङबेशी देखी उत्तरी धादिङको बाटो कालोपत्रे गर्ने काम, मोटरबाटो निमार्णको काम आफुले गरेको बताउनु भएको थियो । घरदैलो अभियानमा गएका एमाओवादीका नेता तथा कार्यकर्तालाई जनताले भोट एमाओवादीलाई हाल्ने बताएका छन् । यो देशमा एमाओवादीले मात्र संविधान निर्माण र विकास गर्ने भएकाले पनि भोट दिने जनताले बताइरहेका छन् । यसैबीच नीलकण्ठ गाउँ विकास समिति वडा न. २ पौवामा पनि आज कोण सभा सम्पन्न भएको छ । कोणसभामा बोल्दै योङ कम्युनिष्ट लिगका निर्वाचन क्षेत्र न. २ का संयोजक राजेस अधिकारीले संविधानसभा निर्वाचनलाई भयरहित र शान्तिपुर्ण ढङगले सम्पन्न गर्नको लाग्ी  वाईसीय नेपाल प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको थियो । घरदैलो अभियानमा जनवर्गीय संगठनका सदस्यहरु, पार्टीको जिल्ला स्तरीय नेता तथा कार्यकर्ता लगायत स्थानीय बासिन्दाहरुको उत्साह जनक सहभागिता रहेको  छ ।

Related Posts:

  • धादिङका दश खेलाडी सम्मानित धादिङ १५ असार । जिल्ला खेलकदु विकास समिति धादिङले  शनिबार एक कार्यक्रमको आयोजना गरि  नुवाकोटमा सम्पन्न भएको नेपाल–भारत आमन्त्रित मैत्रीपुर्ण अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिताका बिजयी दश जना खेलाडीहरुलाई सम्मान … Read More
  • फ्लस आउट अप्रेशन सम्पन्न धादिङ २५ असार । जिल्ला प्रहरी कार्यालय धादिङले राजमार्ग क्षेत्रमा अपराध नियन्त्रणका लागि सञ्चालन गरेको अभियानको क्रममा प्रहरीले लागु औषध कोरोबाहीहरु, चोरी डकैतीमा संलग्नहुनेहरुलाई पक्राउ गर्न सफल भएको छ ।  असार १४ गत… Read More
  • राजमार्गमा प्रहरीको एक हप्ते विशेष अपरेशन सुरु धादिङ १४ असार । जिल्ला प्रहरी कार्यालय धादिङले राजमार्ग क्षेत्रका अपराध नियन्त्रणका लागि धादिङका राजमार्गका सडक खण्डहरुमा एक हप्ते फ्लस आउट नामक विशेष अपरेशन आजबाट सुरु हुँदैछ । आजबाट शुरु हुने उक्त विशेष अपरेशन असार २१ गते… Read More
  • आफ्नै भाईबुहारीलाई करणी गर्ने प्रहरी फन्दामा  धादिङ असार २६ गते । सुनौला बजार गाउँ विकास समिति वडा न. ३ मा आफ्नै जेठाजुले जवरजस्ती करणी गरेको भन्दै बुहारी न्याएको लागी  जिल्ला प्रहरी कार्यलय सम्म आईपुगेकी छिन् । मंगलवार अपराह्रन बारीमा कोदोको विउ गोड्न गए… Read More
  • लोकतन्त्रवादी बाटै लोकतन्त्र सुरक्षित हुन सक्छ- केसी धादिङ १५ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले मंसीर ४ मा जुनसुकै हालतमा पनि संविधान सभाको निर्वाचन हुने विश्वास व्यक्त गर्नुभएको छ । देश संक्रमण कालिमा गुज्रिरहेको भन्दै केसीले निर्वाचनै निकासको उत्… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts