Saturday, October 26, 2013

शालिकराम जम्कटेल
उम्मेदवार, धादिङ क्षेत्र नं. ३, एमाओवादी
नेपाली जनता राजनीतिक परिवर्तनको प्रक्रियाबाट गुज्रिइसकेका छन् र अब आर्थिक समृद्धिसहितको नया“ नेपालको अपेक्षामा छन् । यो समग्र अभियानको नेतृत्व गर्न सक्ने एमाओवादी हो र यो क्रान्तिकारी शक्तिको विकल्प छैन । जमकट्टेल
धादिङमा चुनावी दौडधुप कस्तो छ ?
स्वभाविक रुपमा देश नै चुनावमा होमिएको बेला धादिङमा पनि चुनावी दौडधुप तीब्र छ । म एमाओवादीको तर्फबाट धादिङको क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ चुनावी मैदानमा छु । यहा“ हाम्रो चुनावी अभियान अत्यन्तै उत्साहजनक ढंगले अगाडि बढिरहेको छ । जनता र कार्यकर्ताको सक्रियता र सहभागिता उत्साहबद्र्धक छ । सबै कार्यक्रमहरु भव्यतापूर्वक सफल भइरहेका छन् ।
दोस्रो संविधानसभाप्रति जनताको बुझाइ कस्तो पाउनुभयो ?
जनता पहिलो संविधानसभाबाट नै संविधान चाहन्थे । तर, परिवर्तन र संघीयता नचाहने शक्तिहरुको पनि पहिलो संविधानसभामा उपस्थिति रहेकोले त्यो सम्भव भएन । अहिलेका जनता जनयुद्ध र जनआन्दोलनबाट गुज्रिएर आएका जनता हुन् । उनीहरु धेरै सचेत र सजक छन् । २०५७ सालमा एमाओवादीले संविधानसभाको माग ग¥यो । त्यतिबेला संसदवादी दलहरुले यसको विरोध गरे र तत्कालीन समय १५ सय जनताको बलिदानी भएको थियो । त्यही संविधानसभाको लागि शान्ति प्रक्रियासम्म आइपुग्दा १५ हजार भन्दा बढी जनताले बलिदानी गर्नुप¥यो । संसदवादी दलहरुले संविधानसभा रहरले स्वीकारेका होइनन्, जनबल र बाध्यताले स्वीकारेका हुन् । यसर्थ, अहिले संविधानसभाको जननी एमाओवादीले संविधानसभामा बहुमत नल्याइकन परिवर्तनलाई संस्थागत गर्न सक्ने संविधान बन्न सक्दैन भन्ने जनताले स्पष्ट बुझेको मैले पाएको छु ।
मतदाताका बीच जा“दा उनीहरुको मुख्य गुनासो र अपेक्षा के पाउनुभयो ?
जनता मुख्यतः नया“ संविधान चाहन्छन् । पहिलो संविधानसभाबाट किन संविधान बनेन ? अब बन्छ कि बन्दैन ? भन्ने  उनीहरुको प्रश्न छ । जनयुद्ध र जनआन्दोलनले मार्गदर्शन गरेअनुसारका परिवर्तनहरु संस्थागत हुने नया“ संविधान उनीहरुको अपेक्षा हो । यसरी नै माओवादी पार्टी क्रान्तिकारी पार्टी रहिरहन्छ कि रह“दैन ? जनताले अहिले बोल्न पाइरहेका छन्, आफ्नो अधिकार माग्न पाइरहेका छन्, गाउ“–गाउ“मा शोषित पीडित महिला, दलित, जनजाति, किसानलगायतका उत्पीडित वर्ग समुदायहरु आफ्नो आवाज उठाउन पाउने, सामन्त, फटाहा, ठगहरुको विरुद्ध लड्न पाउने जुन तागत छ यो पार्टी पनि बिग्रियो भने त्यो समाप्त हुने हो कि भन्ने चिन्ता जनतामा छ । यसको लागि माओवादी पार्टीले जित्नै पर्छ भन्ने आम जनताको बुझाइ पाइन्छ । कतिपय त विकास निर्माणको काम सोचेअनुसार हुन सकेनन्, हाम्रा समस्याहरु हल हुन सकेनन् भने गुनासाहरु पनि सुनिन्छन् । तर, मुख्य चाहिं माओवादीले जित्नुपर्छ र माओवादीलाई काम गर्न दिएनन् भन्ने छ ।
जनताको यी गुनासो र अपेक्षालाई सम्बोधन गर्न सक्नुहुन्छ त ?
नेपाली समाज रुपान्तरणको अभियानमा जनयुद्धको युगान्तकारी भूमिका र महत्व छ । यसले दूरदराजका गाउ“बस्तीदेखि शहरसम्म भव्य रुपान्तरण ल्याइदिएको छ । त्यो अभियानमा सक्रियतापूर्वक सहभागी एक इमान्दार क्रान्तिकारी अभियन्ताको नाताले म यो दावीका साथ भन्न सक्छु कि एमाओवादी पार्टीको विचार, नीति र नेतृत्वले नै आम नेपाली जनताको समृद्धि र अग्रगामी परिवर्तनको चाहनालाई पूरा गर्न सक्छ । मेरो क्षेत्रको सन्दर्भमा पनि यहा“का न्यायप्रेमी र परिवर्तन चाहने जनतालाई नेतृत्व गरेर म संविधानसभामा पनि सशक्त आवाज उठाउने छु र यहा“को विकास निर्माणका सम्भावनाहरुलाई सशक्त र प्रभावकारी रुपमा अगाडि बढाउने छु । साथसाथै, यथास्थितिवादी शक्तिहरु जसले सामान्य सुधारका ललीपप देखाएर जनतालाई भ्रम छर्दै मन्द बिषको भूमिका खेलिरहेका छन्, उनीहरुलाई पत्तासाफ गर्न आम जनसमुदायको साथ र सहयोगको अपेक्षा पनि गर्दछु ।
विजय कस्को पोल्टामा पर्ला यसपालि ?
नेपाली जनता राजनीतिक परिवर्तनको प्रक्रियाबाट गुज्रिइसकेका छन् र अब आर्थिक समृद्धिसहितको नया“ नेपालको अपेक्षामा छन् । यो समग्र अभियानको नेतृत्व गर्न सक्ने एमाओवादी हो र यो क्रान्तिकारी शक्तिको विकल्प छैन । यसर्थ, हाम्रो क्षेत्रको सन्दर्भमा पनि एमाओवादीको विजय सुनिश्चित छ । व्यक्तिगत रुपमा भन्नुपर्दा धादिङ क्षेत्र नं. ३ बाट मैले पहिले पनि जितेको हु“ । अहिले पनि जित्छु । मंसीर ४ को निर्वाचनमा जनताले अभिव्यक्त गर्ने मतले केही पुराना शक्तिहरुको बचेखुचेको सपना पनि भंग गराइदिनेछ ।
पहिलो संविधानसभाले संविधान दिन सकेन । अब विजयी हुनुभयो भने संविधान दिनसक्छु भनेर जनतालाई कसरी विश्वस्त तुल्याउन सक्नुहुन्छ ?
हामीले दश बर्षको महान जनयुद्ध र १९ दिनको ऐतिहासिक जनआन्दोलनबाट धेरै राजनीतिक उपलब्धिहरु प्राप्त गरेका छौं । ती उपलब्धिहरुलाई संस्थागत गर्न विगतको संविधानसभामा संविधान निर्माण गर्न नसक्नुको कारणहरुबारे समीक्षा गर्दै दोस्रो संविधानसभामा हामी जसरी पनि संविधान निर्माण गर्छौं । विगतमा सहमतिबाट संविधान निर्माण गर्न खोज्दा संविधानसभामा रहेका संसदीय दलहरु, संघीयता विरोधी र परिवर्तन नचाहने शक्तिहरुले दिएनन् । उनीहरुले राज्यसत्ताको नीति निर्माणको तहमा यो देशका शोषित पीडित जनताको चाहना र सपनाको सम्बोधन गर्न चाह“दैनथे । अब सहमतिबाट संविधान निर्माण गर्ने होइन कि जनताबाट निर्वाचित जनप्रतिनिधिले संविधान निर्माण गर्ने प्रक्रियामा हामी जाने हो । यो नै मुख्य आधार हो र यो नै हाम्रो संविधान निर्माण गर्ने मूल योजना हो ।
सबै दलहरुले घोषणापत्र सार्वजनिक गरिरहेका छन् । यसले जनमानसमा कस्तो प्रभाव छोडेको पाउनुभएको छ ?
माओवादी पार्टी बिग्रियो, यो अब दक्षिणपन्थी भासमा फस्यो, का“ग्रेस एमाले जस्तै भयो भन्ने हामीमाथि जुन आरोप थियो, कतिपय अवस्थामा पार्टी भित्रै पनि आशंका थियो । तर, अहिले जनयुद्धको महान लक्ष्य छोडेको छैन, नया“ नेपाल निर्माणको महान लक्ष्य छोडेको छैन, क्रान्तिको प्रक्रिया छोडेको छैन, नया“ नेपाल निर्माण गर्न सक्ने र परिवर्तनको नेतृत्व गर्न सक्ने शक्ति एमाओवादी नै हो, जनताको अधिकार यही पार्टीले मात्र स्थापित गर्न सक्छ भन्ने नया“ सन्देश एमाओवादीको प्रतिबद्धतापत्रले दिएको छ । नया“ नेपाल निर्माणको स्पष्ट मार्गचित्र यही पार्टीस“ग छ । घोषणापत्र सार्वजनिक भइसकेपछि जनतामा यही नया“ उत्साहको सम्प्रेषण भएको मैले महशुस गरेको छु ।
तपाईंको निर्वाचन क्षेत्रमा विशेषताअनुसार तपाईंका पनि केही विशेष एजेण्डा र प्रतिबद्धताहरु होलान् नि ?
त्यो त निश्चित रुपमा छ । एउटा त विकास निर्माणका कामहरु नै भए । विगतमा एमालेले अन्य दलहरुलाई दमन गरेर राखेको थियो । धादिङको तीन नं. क्षेत्रमा निर्वाचित भएर आइसकेपछि त्यो संस्कारलाई हामीले अन्त्य ग¥यौं र सबै राजनीतिक दलहरुलाई समान रुपले हेर्ने, सर्वदलीय सहमति अनुसार नै सबै कामहरु गर्ने संस्कारको विकास ग¥यौं । सडक, खानेपानी, बिजुली, विद्यालय लगायतका क्षेत्रमा सहयोग ग¥यौं । हिजो सडककै कुरा गर्दा एमालेबाट गाविस अध्यक्ष निर्वाचित भएकाहरुको निगाहमा उनीहरुको घरवरिपरि र राजमार्ग वरिवरि मात्रै सिमित हुन्थ्यो, यसलाई हामीले गाउ“सम्म पु¥याएका छौं । यो क्षेत्र अझै पनि सडकस“ग जोडिएको तर असाध्यै विकट ठाउ“हरु छन् । ती ठाउ“हरुमा बाटो पु¥याउने, खानेपानी, बिजुली, विद्यालयका कामहरु गर्ने र मुख्यतः विकास निर्माणको काम नै हो ।  नौबिसेको तोप्लाङदेखि थाक्रेको हाप्स्याचौरसम्म एउटा पर्यटकीय मार्ग निर्माण गर्ने, त्यसरी नै जरुङदेखि चितवनहु“दै जोगिमारासम्म जोडिने पर्यटन मार्गलाई सुचारु गर्ने योजना छ । कतिपय स्थानहरुमा ठूल्ठूला हाइड्रो पावर सञ्चालन गर्न सकिने सम्भावनाहरु छन्, त्यसलाई आगामी दिनमा जनताको चाहना अनुसार हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्यो भने हामी त्यो पूरा गर्छौं भन्ने मेरो प्रतिबद्धता हो ।
अन्त्यमा, तपाईंका मतदाताहरुलाई तपाईंंको केही सन्देश छ ?
हामी नया“ नेपाल निर्माण र क्रान्तिको लक्ष्य पूरा गर्ने अभियानमा छौं । यो अभियानमा आम नेपाली जनता विशेषतः धादिङ क्षेत्र नं. ३ का जनसमुदायहरुलाई संविधानसभाको निर्वाचनमा संसदीय पार्टीहरु जो परिवर्तन चाह“दैनन्, एमालेजस्तो एउटा दक्षिणपन्थी, प्रतिक्रियावादी, कम्युनिष्टको खोल ओडेर कम्युनिष्टको घा“टी रेट्ने र सामन्तको सेवा गर्ने पार्टी छ, यसको भ्रममा नपरी माओवादीजस्तो क्रान्तिकारी र कम्युनिष्ट पार्टीलाई विजयी बनाउन अपिल गर्दछु । क्रान्तिको बा“की कार्यभार पूरा गर्न एमाओवादी पार्टीको पक्षमा व्यापक जनमत जुटाउन सम्पूर्ण धादिङ ३ नं. क्षेत्रका जनतालाई अपिल गर्न चाहन्छु ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts