Tuesday, October 22, 2013

सुदिप विश्वकर्मा
कार्तिक ५ मैदी । २०६४ सालको निर्वाचनमा आफ्नो पार्टीको स्पष्ट बहुमत नआउँदा जनपक्षिय संविधान निर्माण गर्न नसिकएको एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराईले बताउनुभएको छ । उहाँले अब पनि संविधान नबने देश ठूलो दुर्घटनामा फस्ने भन्दै समृद्ध नेपाल निर्माणको लागि माओवादीलाई बहुमत दिनको लागि आग्रह गर्नुभयो ।
धादिङ निर्वाचन क्षेत्र न. २ अन्तरगतको मैदी गाउँ विकास समितिको एकीकृत नेकपा माओवादीको चुनावीसभालाई सम्बोधन गर्दै धादिङ जिल्लाको विकासको लागि एकीकृत नेकपा माओवादीले केन्द्रबाटै चासो देखाइरहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री भट्टराईले धादिङलाई देशकै नमुनाको रुपमा चिनाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । आफु सरकारमा रहँदापनि आफुले थुप्रै राम्रा काम गरेको भन्दै उहाँले देशकै महत्व बोकेको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको लागि आफ्नो पार्टी एकीकृत नेकपा माओवादीको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो ।
एमाओवादी धादिङको क्षेत्र नं. २ ले संविधानसभाको निर्वाचनमा आफ्नो पक्षमा जनमत जुटाउनको लागि मंगलबारदेखि यस क्षेत्रको चुनावी अभियान सुरु गरेको छ । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य एवम् निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार कल्पना धमलाले जनपक्षीय संविधानसभा निमार्णको लागि एकीकृत नेकपा माओवादीलाई जिताउनको लागी जनतासँग आग्रह गर्नुभएको छ । नेतृ धमलाले  नयाँ नेपाल निर्माणको स्पष्ट मार्गचित्र भएकोले आफ्नो पार्टीलाई विजयी गराउन उहाँले विशेष अपिल गर्नुभयो । सभाको अवसरमा काँग्रेस एमालेबाट विद्रोह गरी सयौँको संख्यामा एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । चुनाव परिचालन समिति मैदीका अध्यक्ष अर्जुन शाहीको अध्यक्षता भएको सभामा निर्वाचन क्षेत्र न. २ का उम्मेदवार कल्पना धमला, केन्द्रीय सल्लाहकार परिषदका सदस्य बेदनिधि अधिकारी, ताम्सालीङ राज्य समितिका सदस्य राजु नेपाल विकास, जनवर्गीय संगठनका प्रतिनिधि, पार्टी शुभचिन्तकहरु र स्थानीय बासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको थियो । मैदी गाउँ विकास समितिबाट सुरु भएको चुनावी सभा भोलीदेखि क्रमशः केवलपुर, गोगनपानी, कल्लेरी र कुम्पुर हुँदै घरदैलो अभियान सञ्चालन गरिने एकिकृत नेकपा माओवादी धादिङले जनाएको छ ।

Related Posts:

  • पदक विजेता बिमला तामाङलाई सम्मान २३ असोज धादिङ  । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको आयोजनामा  भर्खरै सम्पन्न १७ औं एसियाली खेलकुद, इन्चोन २०१४ मा नेपालका लागि एक मात्र कास्य पदक बिजेता बिमला तामाङलाई सम्मान गरिएको छ । ११ हजार १ सय १ रुपै… Read More
  • कोरियाबाट चेपाङलाई आर्थिक सहयोग जारी दक्षिण कोरियाको किम्हेबाट संकलन  भएको रकम चितवनको लोथर ६ कान्दामा रहेका चेपाङको घर बनाउन कान्दा रुपान्तरण अभियानमा सकृय रहेको  संस्था लक्ष्मी प्रस्तिस्ठान लाई हस्तान्तरण  गरिएको छ । अगस्ट 15 मा लक्ष्म… Read More
  • एड्भान्स एकेडेमीमा चिनिया भाषाको कक्षा सुरु धादिङबेसी जेष्ठ ५ । एड्भान्स एकेडेमी धादिङबेशिमा शैक्षिक सत्र २०७१ बाट चिनिया भाषामा कक्षा संचालन शुरु गरिएको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि चिनिया भाषामा कक्षा संचालनको विषयमा शिक्षक र अविभावकहरु विच अन्तरक्रिय… Read More
  • काँग्रेस कार्यकर्ताको हत्या धादिङ । नीलकण्ठ नगरपालीका –१३ साँङ्कोष मधुवन निवासी २५ बर्षीय काँग्रेस कार्यकर्ता भरत सारु मगरलाई अज्ञात समुहले धारिलो हतियारको प्रयोग गरी घर नजिकैको कोदो बारीमा मारेर फालिदिएको अवस्थामा भेटिएको  छ । पंन्चकन्या निम्न म… Read More
  • एमाओवादी कार्यकर्ताकोे जिम्मेवारी बाँडफाड कार्यशैली सुधारौं जनता हाम्रै पक्षमा–भण्डारी धादिङबेसी । एकीकृत नेकपा माओवादी धादिङका नवनिर्वाचित अध्यक्ष रामबहादुर भण्डारीले कार्यकर्तालाई कार्यशैलि सुधार्न अनुरोध गर्नुभएको छ ।  हामी आफ्नै कार्यशैलिका कारण वर्गिय … Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts