Monday, October 21, 2013

(यतिबेला चौतर्फी चुनावी सरगर्मी बढेको छ । संविधानसभाको दोस्रो निर्वाचनमा आफुले जित्ने दाबी सबै दलको छ । पहिलोे संविधानसभाको निर्वाचनमा धादिङका तीन वटै क्षेत्रमा एमाओवादीले बिजय भएको ताजै छ । आगामी मंसिर ४ गते हुने संविधानसभाको दोस्रो निर्वाचनमा पनि आफुले तीन वटै क्षेत्रमा स्पष्ट बहुमत सहित विजय गर्ने एमाओवादीको दाबी छ । उसको दाबी अनुसार धादिङः२ का नेता कार्यकर्ता पनि आफुहरु निर्वाचन जितेरै देखाईदिने उद्घोष गर्छन् । धादिङ क्षेत्र नः २ अन्तगर्त पर्ने गाविसका एमाओवादी गाउ“ समिती अध्यक्ष तथा निर्वाचन परिचालन समितीका संयोजकको धारणा यस्तो छ । –सम्पादक ) 
रामचन्द्र सामरी
निलकण्ठ
यहाँ त्रिपक्षिय प्रतिस्पर्धा छ । यो क्षेत्रमा एमाले अलि कमजोर छ हामी बलियो नै छौं । काँग्रेसको पनि राम्रो नै छ । नेपाली जनताको मुक्ति स्वतन्त्रता र विकासका लागि एमाओवादीले १० बर्ष सम्म जनयुद्ध लडेर आएको हो । अहिले संविधानसभाको एजेण्डा एमाओवादीको हो । यो देश यतिबेला हाम्रोे एजेण्डामा छ । आगामी संविधानसभाको ४ वर्Èे कार्यकालमा संविधान निर्माण सकेर आथिर्क विकासको आधार तयार पार्न पार्टीले प्रतिबद्धतापत्र सार्वजनिक गरि सकेको छ, जनता सचेत छन् त्यसैले नीलकण्ठमा हामी पहिलो पार्टी हुन्छौ  ।

विष्णु आले,
चैनपुर

अहिले हाम्रो गाविसमा करिब ३५ सय भन्दा बढि भोटर संख्या छ । हाम्रो आगामी संविधान सभाको निर्वाचनमा राम्रो मत आउँछ । अघिल्लो संविधानसभाको निर्वाचनको तुलनामा हाम्रो गाउँ पार्टी समितिको सक्रियता र माओवादी पार्टीको लोकप्रियताको कारण पनि हाम्रोे मत विगतको भन्दा बढेको हो । अहिले देश पनि परिवर्तनको माहोलबाट प्रभावित भएकाले त्यसको प्रभाव चैनपुरमा राम्रो देखिन्छ । नेकपा एमालेका अहिलेका प्रत्यक्षका उमेदवार गुरु बुर्लाकोटीको जन्मथलो भएता पनि हाम्रो पार्टीले चैनपुरबाट राम्रो मत पाउँछ ।

ईश्वरीबहादुर लम्साल
ज्यामरुङ
अहिलेको मतदाता नामावली अनुसार हाम्रो ज्यामरुङको कुल मतदाता संख्या ३७ सय हाराहारी छ । आगामी संविधानसभाको दोस्रो निर्वाचनमा माओवादीको करिब दुई हजार मत प्राप्त गर्ने निश्चित छ ।
ज्यामरुङ भनेको हाम्रो उमेदवार कल्पना धमलाको जन्मथलो पनि हो । माओवादीले पनि ज्यामरुङको विकासको धेरै राम्रो भूमीका खेलेको छ । माओवादी पार्टी भनेको जनताको पार्टी हो त्यसैले हामीले आगामी संविधानसभाको निर्वाचनमा ज्यामरुङ मात्रै हाईन सबै धादिङ र समग्रमा देशै भरी जित्ने निश्चित छ ।

लक्ष्मी थापा
मैदी

जनसंख्या र मतदाता संख्याको हिसाबले मैदी धादिङकै तश्रो शक्तिशाली गाविस हो । मतदाता नामावलीमा पाँच हजार दुई सय भन्दा माथी छ । अघिल्लो संविधानसभाको निर्वाचनमा हाम्रो पार्टीलाई विजय गराउन मैदीबाट निर्णायक भूमिका रहयो । अहिलेको निर्वाचनमा धादिङबासी त्यसमा पनि क्षेत्र नं. २ बाट कल्पना धमला जस्तो त्यगी महिला उमेदवार पाएको छ । महिला मुक्तिको आन्दोलनमा लागेकी धमलालाई मैदी बासीले गत चुनावमा पनि भोट हाले कै हुन यो पटक पनि हाल्छन् । हामी मैदीमा अरु पार्टी भन्दा पहिलो छौं  ।

गणेश गुरुङ
खाल्टे

अहिले देशव्यापी रुपमा संविधानसभाको निर्वाचनको माहोल बढेको छ त्यसको प्रभाव हाम्रो खाल्टेमा पनि छ । यहाँ करिब ३३ सयको हाराहारीमा मतदाता रहेका छन । हामीले बहुमत सहित यो निर्वाचनमा विजय गर्छौ । २ हजार भन्दा माथी मत हामीले पाउने पक्का छ । हामी अब छिट्टै गाउँ देखी टोल सम्म अभियानका साथ जादैछौं त्यसले पनि अझ थप गर्नेछ । एमाओवादी परिवर्तनकारी शक्ति भएकाले जनता माओवादीले हामी प्रति विश्वास गर्नु स्वभाविक हो । माओवादी मुद्दा स्पष्ट पनि छ । त्यो कारणले पनि आगामी संविधानसभाको निर्वाचनमा हाम्रो गाविसबाट माओवादीलाई विजय गराउछौं ।

पेमा लामा
नलाङ

पछिल्लो निर्वाचन आयोगको डाटा अनुसार नलाङमा ५४ सय भन्दा बढी मतदाता छन । पहिलेको संविधानसभाको निर्वाचनमा पनि नलाङबाट धेरै मत पाएको हो । अहिले त्यो भन्दा स्थिती सुध्रिएको अवस्था छ । हिजो एमालेमा रहेका धेरै जनता अहिले एमाओवादी प्रबेश गरेका छन् । हामीले हिजो एमाले काँग्रेस सँग प्रस्पिर्धा गथ्र्यौ आज हामी सँग उनीहरु स्थिति बदलिएको छ  । माओवादीले छोटो समयमा धेरै विकासको लहर ल्यायो । त्यसको प्रभाव संगैै माओवादी पार्टी जनताको आफ्नै पार्टी हो ।

राजन खतिवडा
कुम्पूर

कुम्पुर माओवादीको प्रभाव रहेको क्षेत्र हो । कूल मतदाताबाट हामीले केहि वडा बाहेकका सबै वडाहरुबाट बहुमत ल्याउँछौं । गाविस भरिको मतदाताबाट हामीले करिब ५० प्रतिशत मत ल्याउँने छौं । कुम्पूरमा तिनवटा बुथमा  हामीले अघिल्लो संविधानसभाको निर्वाचनमा राम्रो मत पाएका हौं । अहिले झनै त्यसमा प्रगति भएका छन् । पार्टीमा आउनेहरु धेरै छन । हामीले कुम्पूरबाट बहुमत पाउँछौं ।



भरत गुरुङ
ढोला

राजनीतिक मावलको कारणले पनि होला ढोलामा तथष्ट खालका मान्छेहरुको जमात बढी छ । यसको मतलब हाम्रो पार्टी कमजोर छ भन्ने खोजेको हाईन हामी पनि बलियो नै छौं । विगतमा काँग्रेस एमालेले धेरै अश्वासन दिए त्यसको प्रभावले होला अहिले पनि जनतामा आश्वासनको लागि भोट दिने प्रचलन नौलो हाईन । हामीले मेहनत गरेको खण्डमा ढोलाबाट राम्रो मत हाम्रो पार्टीलाई आउँछ ।

टोपबहादुर सुनार
खरी

एमाओवादीले पार्टी उत्पीडित जाति,लिङ्ग, समुदायको मुक्ति चाहने पार्टी भएकाले खरिमा खास गरि त्यहाँको उत्पीडित जनता खास गरि दलित समुदायको हाम्रो पार्टीमा राम्रोे उपस्थिति छ । आगामी संविधानसभाको निर्वाचनमो त्यसको प्रभाव देखिने छ । केहि वडा बाहेक हामीलाई राम्रो भोट यो निर्वाचनमा माओवादीलाई आउँछ ।  निर्वाचनमाप गरिने अभियानले ठूलो भूमिका निर्वाह गर्छ । अहिले भनेर भन्दा पनि अबको निर्वाचनमा त्यसको परिणाम हाम्रो सामु आउँने छ ।

होमनाथ कोईराला
मूरलीभञ्ज्याङ

अहिले केहि निराशा देशव्यापी रुपमा छ । त्यो निराशालाई संविधानसभाको निर्वाचन मार्फत हल गरिदैछ । यहाँ पनि केहि निराशाहरु छन । पक्कै पनि त्यो निर्वाचन पछि हराउला । मुरलीभञ्ज्याङमा हामी केहि वडामा बाहेक बलियो छौं । हाम्रो सक्रियतामा अझै हाम्रो मतको निर्धारण हुनेछ । कुल मतदाताबाट हामीले सक्रियता बढायौं भने राम्रो भोट हाम्रो पार्टीले ल्याउने छ ।

कृष्ण खतिवडा
कल्लेरी

हाम्रो पार्टीको प्रभावीत क्षेत्र मध्ये कल्लेरी एउटा गाविस हो । यहाँ केहि वडा बाहेक हाम्रो पक्षका जनता धेरै छन् । अहिले देशव्यापी रुपमा केन्द्रिय तहमा विभिन्न पार्टीबाट हाम्रो पार्टीमा प्रबेशको लहर छ । हाम्रो पार्टी नेपाली जनताको मुक्तीको लागि जन्मिएको पार्टी हो । युवाहरुको सवालमा पनि हाम्रो पार्टी प्रष्ट छ । त्यसैले खास गरि युवा साथीहरु हाम्रो पार्टीमा प्रबेश गर्ने लहर चलेको छ । हामीले कल्लेरीबाट जित्ने पक्का छ ।

हरि गुरुङ
साङ्कोष

केहि काँग्रेसका प्रभावशाली नेताका झुटा अश्वासनका कारण यो गाविसका हाम्रो त्यति धेरै राम्रो त यद्धपी हामी अरु भन्दा कम भने छैनौं । साँङ्कोष त्रिपक्षिय प्रतिस्पर्धा छ । हामीले मेहनत गरेका छौं त्यसलाई अझै मिलाएर लान सकियो भने हामीले यो गाविसबाट पनि राम्रो मत ल्याउने छौं ।

 

रामकृष्ण आचार्य
केवलपूर

यहाँको सबै वडाहरुमा हाम्रो पार्टीको पक्षमा  बाहुल्यता छ । करिब ३६ सयको मतदाता रहेको केवलपुरमा माओवादीको प्रतिबद्ध मत मात्रै २ हजार छ । हामीले गरिने चुनावी अभियानले यसलाई वृद्धि गर्ने छ । हामी अभियानमा छौं । हाम्रो पार्टी स्पष्ट एजेण्डाका कारणले हामीले यो निर्वाचनमा यहाँबाट स्पष्ट बहुमत ल्याउने छौं ।

प्रेम प्रसाद कोईराला
 


सुनौलाबजार
जनघनत्व र मतदाता संख्याको हिसाबले सुनौला बजार धेरै ठूलो गाविस हो । हाम्रो पार्टीले विगतको संविधानसभाको निर्वाचनमा राम्रो मत हासील गरेको क्षेत्र पनि हो ।
बरियताको क्रममा हामी पहिलो हो । काँग्रेसको दोश्रो स्थान छ भने एमाले तेस्रो स्थानमा छ ।

झम्क परियार
सलाङ

एमाले र काँग्रेसले एनजीओ मार्फत जनतामा भ्रम फैलाउने काम गरेका छन् । हामी एनजीओले गरेका भ्रमहरुलाई चिर्छौं ।  अबको निर्वाचनमा सलाङबाट राम्रो मत प्राप्त गर्नेछौं । अन्य पार्टीहरु भन्दा हामी पनि कमजोर छैनौं ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts