डा. टीकाराम पोखरेल |
मोहन वैद्यले आफ्नो मोर्चाको निर्वाचन बहिष्कार कार्यक्रम जतिसुकै शान्तिपूर्ण हुन्छ भने पनि उनैको पार्टीका शक्तिशाली कामरेड बिप्लवले सरकारले यथास्थितिमा निर्वाचन गराउने प्रयास गरे ब्यालेटबक्समा ब्यालेट होइन बम खस्ने उद्घोष गरिसकेका छन् । यो बिप्लववाणीले चुनावउन्मुख दलहरुलाई झस्काएको छैन भनियो भने त्यो मूल्यांकन सतही नै हुन्छ । विप्लबको गर्जनसँगै दलका नेता, खासगरी उम्मेदवारहरुको मनमा चस्का पसिरहेको छ ।
चुनाव पक्षधर दलका केही नेताहरुबाट नै कहिले चुनाव हुन्छ भन्ने र कहिले चुनाव हुँदैन भन्ने दुइजिबे्र अभिव्यक्ति अब समाप्त भएको छ । उम्मेदवारी मनोनयनसँगै नेताको जिब्रो लर्बरिने क्रम समाप्त भए पनि मनमा त्रासको ढ्याँङ्ग्रो ठोक्ने श्रृङ्खला चाहिँ अब सुरु भएको छ । उम्मेदवारहरुमा टिकटको उत्साह भए पनि मनमा बढेको त्रासको धड्कनले टिकटको उत्साहलाई खल्लो बनाइरहको छ । चुनावी मैदानमा हामफालेका उम्मेदवारहरु अहिले झस्किरहेका छन् । एकातिर चुनाव जितेर सभासद् बन्ने उत्साह अर्कोतिर चुनावी द्वन्द्वमा ज्यानैसम्म जान सक्नेसम्मको खतराको दोसाँधमा उम्मेवदवारहरु चुनावी मैदानमा हाम फालेका छन् । पछिल्लो पटक बाराका एमाले उम्मेदवारमाथि भएको गोली प्रहार, नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले उम्मेदवारी फिर्ता लिन उम्मेदवारहरुलाई पत्रमार्फत गरेको आह्वान र म्यादी प्रहरीमा असफल युवाहरुलाई चुनाव बिथोल्नका लागि प्रयोग गर्ने भन्ने वैद्य माओवादी रणनीतिले पनि उम्मेदवारमाथिको सुरक्षालाई झनै जटिल बनाउँदै लगिरहेको छ ।
चुनाव हुन्छ कि हुँदैन भन्ने प्रश्नमा पूर्णविराम लागे पनि के शान्तिपूर्ण चुनाव हुन्छ र भन्ने अर्को ज्वलन्त प्रश्न जन्मिएको छ । उम्मेदवारमाथि भएको गोली प्रहारले यो प्रश्नमा घिऊ थप्दैछ । त्यसमाथि विप्लबले भने झैँ साँच्चै नै ब्यालेटबक्समा ब्यालेट नझरेर बम झ¥यो भने चुनावले निकास होइन बरु तनाव थप्नेछ । त्यसैले अन्यौलपूर्ण अवस्थाको यो चुनावमा जति उत्साह हुनुपर्ने हो त्यो छैन । चुनाव हार्ने र जित्नेमा मात्र सीमित छ । साँचो अर्थमा जनतालाई चुनावको उत्साहले स्पर्श गर्न सकेको छैन ।
नेकपा–माओवादीभित्र अहिले पनि बिप्लवधारको बलियो उपस्थितिलाई नकार्न सकिँदैन । आगामी दिनमा वैद्य–बादल धार अझ कमजोर र गौरव–बिप्लव धार अझ बलियो हुँदै गयो भने आगामी मङ्सिर २६ मा हुने चुनावमा ब्यालेटबक्समा बम खस्ने विप्लब उद्घोषलाई फोस्रो धाक मात्र भनिहाल्न पनि सकिँदैन । पछिल्ला घटनाहरुले त्यसतर्फ सङ्केत गरिरहेको छ ।
वर्तमान अवस्थामा नेकपा–माओवादीले नेतृत्व गरेको ३३ दलीय मोर्चालाई कमजोर आँकलन गर्ने स्थिति छैन । चुनावको प्रमुख चुनौती नै वैद्य मोर्चाको बहिष्कार हो भनेर सबै दलले स्वीकार गर्नुले पनि वैद्यको बल कति छ भन्ने देखिन्छ । त्यसमाथि वैद्यको विरुद्ध सेना परिचालनसम्म गर्ने सरकारको निर्णयले पनि वैद्यहरुको शक्ति सशक्त छ भन्ने कुरालाई पुष्टि गरिरहेको छ । उसको शक्ति कमजोर भए सरकारले सेना परिचालनको निर्णय गर्नुपर्ने थिएन ।
त्यसो त वैद्य माओवादीसँग चुनावउन्मुख दलहरु जति डराएका छन् सेना परिचालनको कुरासँग वैद्य माओवादीहरु पनि त्यत्तिकै डराएका छन् । अघिल्लो समय चुनाव विथोल्ने अभिव्यक्ति दिँदै आएको वैद्यमोर्चाले उम्मेदवारको मनोनयन दर्ता गर्दा छिटफुट बाहेक शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्नुले चुनाव बिथोल्ने कुराबाट वैद्यहरु एक कदम पछाडि हटेको हो कि भन्ने धेरैलाई लाग्न सक्तछ । तर अहिले एउटा शक्तिसँग अर्को शक्ति पुरै पराजित भएको वा पछि हटेको स्थिति छैन । बरु अहिले सरकार र वैद्य मोर्चाको वास्तविक स्थिति कुकुरसँग बिरालो डराउने र बिरोलोसँग कुकुर डराउने जस्तो छ । मौका पर्नासाथ एकले अर्कोमाथि प्रहार गर्ने निश्चित छ ।
अहिलेको प्रश्न कोसँग को डरायो भन्ने होइन । जोसँग जो डराए पनि त्यसको अर्थ छैन । प्रश्न अहिलेको चुनावका लागि परिस्थिति अनुकुल छ कि छैन भन्ने हो । चुनावमा दुवै शक्तिसँग दुवै डराउनेभन्दा कोहीसँग कोही पनि नडराउने भयमुक्त वातावरण हुनुपर्दथ्यो । दुवैसँग दुवै डराउनु त शक्ति प्रदर्शन हो । शक्तिको प्रदर्शनले निकास ल्याउँदैन, चाहे त्यो सरकार पक्ष वा वैद्य पक्ष जोसुकैले गरेको प्रदर्शन होस् । निकास शक्तिमा होइन सहमतिमा छ । संसारमा दुरी बढाएर कहिँ पनि निकास निस्केको इतिहास छैन । बरु दुरी घटाएर चाहिँ सबैको जित भएको छ । तर पनि दलहरु बीच अहिले दुरी बढेको छ, पछिल्ला गतिविधि हेर्दा झनै बढ्ने देखिएको छ । चुनावी नाउमा म पनि चढ्छु अलि ठूलो नाउ बनाऊ भनेर वैद्यहरुले चार दललाई भन्दाभन्दै चार दल वैद्यलाई छोडेर सानै नाउमा हतारहतार सवार भएका छन् । यस्तो हतारको जोखिमपूर्ण यात्राले बिचैमा दुर्घटना ननिम्त्याउला भन्न सकिन्न ।
सैनिक परिचालन गरेर चुनाव कमै मुलुकमा हुन्छ । त्यसमा पनि लोकतान्त्रिक मुलुकमा सेना परिचालन गरेर चुनावको परिकल्पना पनि गर्न सकिँदैन । सेना परिचालन गरेर सम्पन्न गरेको चुनावले प्राविधिक र कानुनी रुपमा मान्यता त पाउला तर त्यस्तो चुनावको नैतिक धरातल रहँदैन । लोकतन्त्रको मर्मलाई यस्ता चुनावले पुरै लत्याउँछ । सेना परिचालन गर्नु आफ्नो बाध्यता हो भन्ने सरकार पक्षका पनि तर्क त होलान् । जनमत खोस्नका लागि नभएर जनमतको रक्षाका लागि सेना परिचालन गरिएको भन्ने भनाइ पनि आउला । तर सरकार पक्षको यो तर्क सतहमा हेर्दा उचित जस्तो लागे पनि समग्रमा चुनावमा सेना परिचालनको कुरालाई सकारात्मक मानिँदैन । किनभने लोकतान्त्रिक मुलुकमा घरेलु मामिलामा सेना परिचालन गरिँदैन
चुनावमा सेना परिचालनको चौचित्य नै पुष्टि भएछ भने पनि यसले सार्थक परिणाम दिँदैन । किभने सेना परिचालन शहरकेन्द्रित हुने छ, अथवा गाउँमा सेना पुगेछ भने पनि त्यो चुनावको बुथसम्म मात्र सीमित रहनेछ । तर चुनाव सहरमा मात्र हुँदैन । चुनावी गतिविधि चुनावका बुथमा मात्र हुँदैनन् । गाउँगाउँ, टोलटोल र घरघरमा पनि चुनावी गतिविधि हुन्छ । भोलिका दिनमा उम्मेदवारहरु मत माग्न जनताको घरदैलोमा पुग्न सकेनन् र जनताले पनि मत खसाल्न बुथसम्म पुग्नै सकेनन् भने त्यस्तो अवस्थामा शहरमा र निर्वाचन बुथमा गरिएको सेना परिचालनको के अर्थ हुन्छ ?
चाहे एउटा पटकासम्म नपड्कियोस् नै । तर सेना परिचालनलाई शान्तिपूर्ण मान्न सकिँदैन । सेनाको परिचालन आफैँमा त्रासपूर्ण अवस्था हो । त्रासपूर्ण अवस्थामा चुनाव भयो भने यसले जनमतको रक्षा गर्दैन बरु मत खोसिन्छ । द्विपक्षीय द्वन्द्वको त्रासमा सबै मतदाताले चुनावमा भाग लिएनन् भने एउटा परिणाम आउन पर्नेमा अर्कै परिणाम निस्कन्छ । जिऊ धनको जोखिम मोलेर मतदान गर्न आमजनतालाई जोखिम छ । उम्मेदवार त सदरमुकाममा बसेर पनि जनतासँग मत माग्लान् । सुरक्षा अधिकारी अगाडि पछाडि लगाएर पनि यदाकदा गाउँमा झुल्केलान्, तर जनतालाई भोट हाल्न बुथमा जान र भोट हालेर फर्केपछि पनि चुनाव विरोधि पक्षबाट हुनसक्ने संभावित डर, त्रास र धम्कीलाई सहरमा बसेर सुरक्षाको गुड्डी हाँँक्ने कुन चाहिँ सुरक्षा अधिकारले रोक्न सक्ला ? जब कि शहरमै उम्मेदवारमाथि गोली प्रहार भैसकेको छ । के यस्तो बेलामा जबर्जस्ती लादिएको चुनावले जनमतको रक्षा गर्ला ? गर्दैन, बरु जनताको जिऊधन माथिकै खेलवाड हुन्छ । चुनाव विशुद्ध प्राविधिक हुन्छ । आमजनताको सहभागिता विनाको प्राविधिक चुनावमाथि सधैँ प्रश्न उठिरहन्छ ।
अपवाद बाहेक संसारमा कतै पनि कसैलाई वाइपास गरेर वा दबाएर समस्याको समाधान निस्केको छैन । कतै समाधान निस्केको छ भने पनि त्यो क्षणिक हो । त्यस्तो क्षणिक समाधानको प्रयासमा बिप्लबका बम व्यालेटबक्समा नबर्सिऊन् । सम्मानजनक ब्यालेटको वातावरण बनोस् । शुभकामना दिने र चुनावमा मत हाल्ने बाहेक जनताले गर्न सक्ने केही पनि छैन । तर भयरहित वातावरणमा मत हाल्ने वातावरणको सिर्जना गर्ने काम सरकार र त्यो सरकारलाई पर्दा पछाडिबाट हाँक्ने चार दलको हो । सेना प्रयोग गरेर भयरहित वातावरण हुन्छ भन्ने भ्रमबाट प्रमुख चार दल र सरकार दुवै मुक्त हुनुपर्दछ । असम्भव प्रयास गरेर पटक पटक देशलाई प्रयोगशला बनाएर निकास निस्कँदैन । बेलैमा सबैको घैँटोमा घाम लागोस् ।

0 comments:
Post a Comment