Monday, October 21, 2013

महान् जिम्मेवारीहरु इतिहासमा विरलै आउँछ भन्ने आहान छ । तर नेपालीहरुको भाग्य भनौँ या दुर्भाग्य, निर्वाचनको वरिपरि गरिने वादविवाद, कुराकानी र खुल्दुलीको विषय हुन्छ ः यो पटकको निर्वाचनमा विजयी को हुन्छ ? कसले बाजी मार्ला ? साँच्चै सही जनप्रतिनिधी निर्वाचित होला या नहोला ? सबैले आ–आफ्नै बुझाइ र चाहना अनुसार भावी विजयी घोषणा गर्दछन्, चाहे उक्त पार्टी र उम्मेद्वारको जनमत तथा जनपक्षीय काम र जिम्मेवारी शुन्य प्रायः नै किन नहोस् । स्वभाविक रुपमा यस क्षेत्रमा पनि सबैले आ–आफ्नै अनुकुलतामा व्याख्या र कुराकानी गर्ने गर्छन् र गर्दै छन् पनि । तर कसले जित्ला भन्ने अड्कलबाजी र कुराकानी जति सहज र सर्भसुलभ रुपमा हुने गर्दछ त्यति नै पेचिलो प्रश्न भने अर्कै हुन्छ र हुनुपर्छ पनि ।
कसले जित्छ भन्दा पनि कसले जित्नुपर्छ भन्ने विषय प्रमुख र पेचिलो हो । सामान्यतया निर्वाचनलाई रुपमा उम्मेद्वार(उम्मेद्वार बीचको जित–हारको रुपमा देखिन्छ तर सारमा भने यो वास्तवमा पार्टी र पार्टीले लिने विचार तथा नीतिको जित–हार र अन्ततोगत्वा देश र जनताको जित–हारको रुपमा रहेको हुन्छ । आवधिक रुपमा आउने संसदीय निर्वाचनको हकमा पनि यो विषय लागू हुन्छ भने संविधानसभा जस्तो दुरगामी असर राख्ने ऐतिहासिक घटनामा त झन् यो विषय अझै पेचिलो रुपमा रहेको हुन्छ । त्यसैले यस निर्वाचन क्षेत्रमा पनि कसले जित्ला भन्दा पनि कसले जित्नु पर्छ र उक्त अत्यावश्यकीय पार्टीको उम्मेद्वारले किन जित्नु पर्छ भन्ने विषय गहन रुपमा आउनु जरुरी छ । सबै राजनैतिक दलका कार्यकर्ताको लागि आफैँले जित्नु उनीहरुको लागि लाभदायक र चाहना पूर्तिको साधन बन्न सक्छ भने अर्को तर्फ राजनीति प्रति बेमतलबी विचार राख्ने केही मानिसहरुका लागि जसले जिते पनि खासै फरक नपर्न सक्छ । तर वास्तवमा आम जनताको हकमा भने एउटै मात्र त्यस्तो उम्मेद्वारले जित्नु पर्छ जो सँग आम जनताको सरोकारको विषय नीहित रहेको हुन्छ र जनताको एजेण्डा लाई बोकेर हिँडेको हुन्छ भने जनसेवा र देश विकास नै उसले आफ्नो एकमात्र अभिष्ट बनाएको हुन्छ । उक्त जितसँग मात्रै जनताको पनि जित अन्तर्निहित भएर आउँछ । अन्यथा कुनै एक उम्मेद्वारको जितसँगै जनताको हार जोडिएर आउँछ र त्यहीँबाट देश र जनताको बर्बादिको बिन्दु शुरु हुन्छ । त्यसो हो भने कसले जित्नु पर्छ त धादिङ निर्वाचन क्षेत्र नं ३ बाट ? माथि नै भने झैँ सबैलाई जित्नै पर्छ आ(आफ्ना दल तथा कार्यकर्ताका लागि तर जनताको लागि जित्नै पर्ने उम्मेद्वार यस क्षेत्रको हकमा एकीकृत (माओवादी)का उम्मेद्वार शालिकराम जमकट्टेल नै रहेको कुरा जनताले बुझ्नु र बुझाउनु जरुरी छ ।
किन जित्नु पर्छ त शालिकराम जमकट्टेलले नै या एमाओवादीले नै ? यसलाई विविध दुष्टिकोणबाट हेर्न र मुल्यांकन गर्नुपर्ने हुन्छ । कसले जित्नु पर्छ र कसलाई मतदान गर्ने भन्ने कुरा उम्मेद्वारको पार्टी तथा उक्त पार्टीले लिएको नीति, विचार तथा कार्यनीतिको आधार र उम्मेद्वार स्वयंको विचार र कार्यशैली एवं चरित्रको आधारमा  जनताले निर्णय गर्नुपर्ने हुन्छ । यसरी हेर्दा यस क्षेत्रको लागि निम्न दुई आधारमा एमाओवादीको तर्फबाट उम्मेद्वार बन्नुभएका शालिकराम जमकट्टेल नै एक मात्र उपयुक्त जनप्रतिनिधी  एवं सभासद बन्नु पर्ने आवश्यकता टड्कारो रुपमा देखिन आउँछ र जनताले त्यसरी बुझ्नु जरुरी छ ।
१. पार्टीगत विशिष्टताको आधारमा ः
शालिकराम जमकट्टेल एकीकृत (माओवादी) पार्टीको तर्फबाट उम्मेद्वार बन्नुभएको छ । यसरी हेर्दा शालिकराम जमकट्टेल कुनै एक व्यक्ति उम्मेद्वार नभएर एमाओवादी पार्टी नै उम्मेद्वार रहेको बुझ्नु तर्कसंगत हुन्छ । एउटा व्यक्ति विशेषले केही फरकपना ल्याउन त सक्ला तर समग्रमा ऊ संलग्न भएको पार्टी कस्तो छ भन्ने कुरामा नै जनप्रतिनिधीको सफलता, असफता र जनताको मतको कदर भर पर्छ ।  त्यसैले शालिकराम जमकट्टेलको जित–हारसँग एमाओवादीको जित हार गाँसिएको हुन्छ र यो देशमा अहिलेको समय एमाओवादीले हार्नु भनेको आम नेपाली जनताले हार्नु हो । दश वर्षको महान जनयुद्ध, १९ दिने ऐतिहासिक जन–आन्दोलन लगायत अहिले सम्म नेपाली भूमिमा चलेका अनेकन जनसंघर्षबाट प्राप्त गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धीहरुको  तुषारापात हुनु हो । र दशैँ हजार नेपाली आमाका छोराछोरीको बालिदानी माटोमा बिलाउँछ, ती सहिदहरुको अधुरा सपनाहरु तुहिन्छन् एमाओवादीले हार्दा यो देशमा । त्यसैले एमाओवादीलाई हार्न छुट छैन अहिले, नेपाल र नेपाली जनताको लागि जसरी पनि एमाओवादीले जित्नै पर्छ अहिले, इतिहासको विशिष्ट घडीले जन्माएको अनिवार्यता हो यो । त्यसैले शालिकराम जमकट्टेलले जित्नु नै नेपाली जनताले जित्नु हो र सहिदका सारा अधुरा सपना पूरा हुनु हो । सहिदको सम्मानको लागि, नेपालीको उज्ज्यालो भविष्यको लागि यो जित अनिवार्य छ ।
अहिले देश जुन विचार र राजनैतिक नारामा अघि बढीरहेको छ, ती सबै नारा तथा विचारहरु एमाओवादीकै विचार र सिर्जना रहेको तथ्यलाई कसैले लुकाउन खोज्छ भने त्यो मुर्खता र बेइमानी बाहेक केही हुन सक्दैन । त्यो उसैका लागि प्रत्युत्पादक हुन्छ । कुरोको चुरो पर्दाफास नुहँदा सम्म त एउटै कुरा बोल्ने जति सबै एकै हुन् जस्तो लाग्न सक्छ । अहिले चुनावी मैदानमा जाँदा सबै राजनैतिक दलले उही तरीकाले आफूलाई गणतन्त्रवादी, संघीयताको पक्षधर, संविधानसभाको हिमायती आदि आदि तरीकाले व्याख्या गरेका छन् । तर हिजो त्यही नारा लिएर नेपाली जनता विद्रोहमा हुँदा जनतालाई कत्लेआम गर्न तम्सने र समयको प्रवाहलाई थेग्न नसकेर लुरुलुरु समाहित हुन मात्र आउनेहरु अहिले कसरी उस्तै उस्तै हुन सक्छ ? यो कुरा नेपाली जनताको डायरीमा राम्ररी नोट भएको छ । त्यसैले क्रान्तिकारी र जनसेवका माग र नाराको सर्जक र त्यसको मसिहा बन्नुको नाताले पनि एमाओवादीले जित्नु अनिवार्य छ । र उसको प्रतिनिधीले जित्नु अनिवार्य छ ।
स्थानिय विशिष्टतामा हेर्दा यस निर्वाचन क्षेत्रमा अहिले सम्मको अवस्थामा मुख्य प्रतिस्पर्धीको रुपमा एमाओवादी र एमाले नै रहेको देखिन्छ भने कांग्रेस तेस्रो र कमजोर शक्तिको रुपमा रहेको छ । सैद्धान्तिक रुपमा हेर्दा यो देशमा दुइवटा राजनैतिक विचारधारा रहेको छ । एक वामपन्थी धार जसको नेतृत्व एमाओवादीले गरेको छ भने अर्को दक्षिणपन्थी धार जुन नेपाली कांग्रेसको नेतृत्वमा रहेको छ । अन्तर्राष्ट्रिय रुपमा देशको प्रतिनिधित्व पनि यही रुपमा भइरहेको वस्तुगत तथ्य हो । एमालेको धार र विचार अन्तर्राष्ट्रिय तथा राष्ट्रिय आवश्यकतामा कतै पनि मेल खाएको देखिँदैन ।  देश अघि बढ्नको लागि सही विचार भएको पार्टी र सक्षम नेतृत्व आवश्यक हुन्छ । यो देशमा कुनै त्यस्तो पार्टी छ जसको विचार सही छ भने त्यो एमाओवादी छ र देशलाई सफल नेतृत्व प्रदान गर्ने हैसियत कसैमा छ भने सोही पार्टीका अध्यक्ष प्रचण्डसँग मात्रै छ । यो कुरा कसैको आग्रह पूर्वाग्रह होइन, गिरिजा प्रुसाद कोइराला (जसले नेपाललाई बहुदलकालको प्राय सबै समय नेतृत्व प्रदान गर्नुभएको थियो)को बुझाई र भोगाई हो र उनैले प्रचण्डलाई यो देशको नेतृत्वकर्ताको हैसियतको रुपमा देशलाई डो¥याउने बाँकी कार्यभार सुम्पेर गएको यथार्थ नेपाली जनताले स्पष्ट रुपमा बुझेको छ । यसरी हेर्दा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति तथा स्थानिय विशिष्टता सबै आधारमा यस क्षेत्रमा एमाओवादीको जितको विकल्प छैन । अन्य पार्टीको जितसँग यहाँको जनताको हार र दुर्भाग्यको डरलाग्दो कालोबादल मिसिएको छ । यो ने अहिलेको यथार्थ सत्य हो ।
२. व्यक्तिगत विशिष्टताको आधारमा ः
देशको नेतृत्व र  विकास तथा जनताको सेवा एउटा व्यक्ति विशेषको क्षमता र इमान्दारीमा सम्पूर्ण रुपमा भर पर्न सक्दैन तर पार्टीद्वारा निर्देशित शासन प्रणालीले निर्धारण गरेको व्यवस्था कार्यान्वयन गर्ने तथा विकासका क्रियाकलाप सञ्चालन गर्ने एवं जनताको सेवा गर्ने कुरा अथवा एउटा सच्चा जनप्रतिनिधी बन्ने कुरा भने पक्कै पनि जनप्रतिनिधीको व्यक्तिगत इमान्दारीता र क्षमतामा भर पर्ने गर्दछ । माक्र्सवादले सिकाएको अन्तिम सत्य के हो भने यो समाज वर्गीय समाज छ र मानिसले आफ्नो वर्गको हित र रक्षा गर्न सक्छ ।
जब मानिस कुनै वर्गबाट बाट च्युत हुनजान्छ उसले त्यो वर्गको ख्याल गर्न सक्दैन । यस क्षेत्रका सबैजसो जनता गरिब, मजदुर र किसान बर्गको जनता रहेको हुनाले हामीलाई त्यही वर्ग र चरित्रको प्रतिनिधीको आवश्यकता रहेको छ । र त्यस्तो प्रतिनिधी दशौँ लाख मजदुरको प्रतिनिधीत्व गर्दै गरिब जनताको रक्षाको लागि आफ्नो निजि जीवनलाई तीलाञ्जली दिँदै जनयुद्धमा होमिएर आएको गरिब किसानको सन्तान  शालिकराम जमकट्टेल बाहेक अरु हुनै सक्दैन । बिसौँ वर्ष जनताको नाममा शासन सत्ताको बागडोर समातेर सत्ताउन्माद लागेका र वर्गच्युत भएकाहरुले गरिब किसानको प्रतिनिधीत्व गर्ने कुरा झुटको खेती मात्रै हुन जान्छ । हामी गरिबको हितको लागि छानिने प्रतिनिधी हाम्रै वर्गबाट चुनिनु पर्छ जसले हामी गरिबको हितानुकुलको संविधान बनाओस । शालिकराम जम्कटेल बाहेक गरिब जनताको हित हुन सक्दैन यस क्षेत्रमा ।  यसरी हेर्दा शालिकराम जम्कटेल बाहेक अर्को निर्वाचित हुने र जनप्रतिनिधी बन्ने कुरा कुनै पनि हिसाबले तार्किक र तथ्यसंगत छैन र कुनै पनि मानेमा यथार्थ र सत्य सावित हुन सक्दैन यस निर्वाचन क्षेत्रको हकमा ।

नेपालले देशको समग्र भविष्य निर्धारण गर्ने संविधान निर्माणको लागि गरिने संविधानसभाको चुनाव लगातार दुई पटक गर्नुपर्ने बाध्यात्मक परिस्थितिको निर्माण भएको छ । पहिलो संविधानसभाको असफलता पछि विविध असहमति, जटिलता, निराशा र आशंकाहरु छिचोल्दै दोस्रो संविधानसभाको सन्निकट घडीमा देश आइपुगेको छ अहिले । संविधानसभा भाग १ को समाप्तिसँगै नेपाली जनतामा छाएको निराशाको घाउ विस्तारै निको हुँदै छ भने निर्वाचनको वातावरण पनि तिव्र रुपमा विकसित हुँदै गएको छ । एकातिर निर्वाचन आयोगले गर्ने प्राविधिक तयारी र अर्कोतिर राजनैतिक दलले गर्ने राजनैतिक तयारीहरु आ(आफ्नै तरीका र रफ्तारमा अघि बढेको छ । यसैबीच गत असोज १७ गते प्रत्यक्ष तर्फको उम्मेद्वारी दर्ता भयो र देशै भरि झैँ धादिङ निर्वाचन क्षेत्र नं ३ मा पनि मुख्य तीन राजनैतिक दल सहितका दलहरुले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गर्ने क्रममा एकीकृत नेकपा(माओवदी)को तर्फबाट शालिकराम जम्कटेल, नेपाली कांग्रेसको तर्फबाट बुद्धलक्ष्मी लामा, नेकपा (एमाले)को तर्फबाट राजेन्द्र प्रसाद पाण्डे लगायत अन्य राजनैतिक दलहरुबाट पनि मनोनयन दर्ता भएको छ । उम्मेद्वारी दर्तासँगै यस क्षेत्रका जनता दोस्रो संविधानसभा निर्वाचनको लागि तयार भइसकेका छन् र निर्वाचन क्षेत्र चुनावमय भएको छ । लेखकः उद्वव कार्की किराञ्चोक धादिङ मिति ०७० कार्तिक ३

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts