Tuesday, March 26, 2013

आजभोलि सपनिमा धेरै आउछिन् उनि
रामकृष्ण पाठक धादिङबेसी, धादिङ
हालः मलेसिया
हिजो मात्र चिट्ठी लेखे एउटा मैले पनि ।
उसले मलाइ आशु लुकाइ हास्दै बिदा गरि
मैले पनि छोडी आए मुटु गाठो पारि ।
 प्रिय, म यहा आराम छु आरामताको कामना गर्दछु । “प्यारी तिम्रो यादमा हजारौ दिन विताई सकें, मेरो के जिन्दगी होला, सानो उमेर देखि बसेको चोखो माया आज यो बैशमा सधै एक अर्काको साथ बिना बिताउनु पर्ने ।  के गर्ने केटा मान्छे भएर जन्मे पछी आफ्नो खुशी र हासो दबाएर बिदेशिनु पर्दो रहेछ ।  तिमी सँग बिताएका क्षणहरु सम्झेर रोएर भएपनि हिड्नु पर्दो रहेछ । भगवान् साथमा छन् नराम्रो नसोच । हुन त 

तिमीलाई पनि म बिनाको दिनहरु बिताउन गारो भएको होला ।
मेरो जस्तै तिम्रो पनि पोल्छ होला छाती कति
मनको चाहा मनमै मारी दिनु पर्दा दागबत्ती
नियतिले लुट्यो खुशी छुटाएर साथ निश्चल
सम्झनाले जल्दो हो मन ममताले बÔस्थल
छट्पटीमा गल्दै होला चोखो माया“ तन पिरती
मनको चाहा मनमै मारी दिनु पर्दा दागबत्ती
सोचे जस्तो हुन्न रैछ जिन्दगीमा कैले पनि
सम्हाल मन त्यता यता सम्हाल्दै छु मैले पनि

कति अनौठो रहिछ जिन्दगि दुख पिडा लुकाई हास्नु पर्ने 
कति अजिब रहिछ जिन्दगि आशु पियर बाच्नु पर्ने
 अनौठो रहिछ जिन्दगि आफन्तबाट टाढा भयर बस्नु पर्ने 
कसलाई के भनौ खै आङ्खनो पिडा लुकायर हास्नु पर्ने ।
तर के गर्ने म पनि त रहरले बिदेशिएको होइन म पनि बाध्यतामा परि बिदेशिनु परेको हो हुन त यहि होला प्रेम भनेको कहिले मिलनको सागरमा पौडिनु त कहिले बिछोडको पहारामा बजारिनु साहस नै मानिसको जिबन हो । तर साहसको लागि पनि प्रेरणाको खाचो पर्दो रहेछ तिमी नै मेरो प्रेरणा हौ यहा हजारौ साथिको साथमा बसे पनि नजरमा अनगिन्ती समस्याहरु छरि दिन्छ केबल तिमी नै जिन्दगिको बाटो भयौ मेरो मात्र तिमी हुन त म जस्तो हजारौ नेपाली बिदेशिएका छन् सबैको आङ्खनो आफ्नो समस्या हुन्छ र बिदेशिएका सबैको राम्रो नै हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन कसैले एक छाक खाका छन् त कसैले भोकै पनि रात काटेका छन् यो सबै बेरोजगारिको परिणाम हो सायद हाम्रोे देशमा नै रोजगारको सुबिधा भएको भए कोहि पनि नेपालि दुइ छाकको लागि बिदेशिनु पर्दैन थियो होला ।
मन थिएन परदेशी मरुभूमि टेक्नालाई सानु
बिछोडको दुरीले तिम्रो मुहार छेक्नालाई सानु
बाद्यताले तिमीलाई गाउबेशी छोडेर परदेशीए
दुई पैसाको लागि ईमान मेरो फेक्नालई सान
कतिले त आफ्नो सपना चक्नाचुर भएपछी आत्महत्या पनि गरेका छन् कतिले पैसाको लागि आफनै साथिको हत्या पनि गरेका छन् चाइनिजको पेलाइ अनि चर्को घाम त्यो पनि समयमा तलब पाउनु छैन अनि मनभरि हजारौ सपना बोकेका नेपालिले आत्महत्या गर्नु भन्दा अरु के नै गर्न सक्छन्  ।
बिषाधी संग पत्र्येकदिन खेल्नु पर्छ यहॉ
हरेर समस्या पत्र्येकदिन झेल्नु पर्छ यहॉ
पर्देशतिर रमाईलो छ भन्छन् किन सबैले
संघर्षको वेलनोले पत्र्येकदिन वेल्नु पर्छ यहॉ

र म त सम्पुर्ण नेपालिहरुलाइ यहि भन्न चाहान्छु कि बिदेशमा जति दु ःख गरे आङ्खनै देशमा हिरा फल्छ भन्दै यो पत्र बाट बिदा माग्न चाहान्छु अर्को पत्रमा भेट्ने बाचा भयो्
उहि तिम्रो परदेशि कान्छा

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts