राजु स्याङ्तान |
कपाल आधा फुलीसकेको । झट्ट हेर्दा पैंसठ्ठी वटाजतिहिउँद त काटे बुढाले जस्तो लाग्ने । पूर्वकोझापाली बुढा । सानैमाआमाबुवाबिते पछि ईन्डियामा टूकको खलासी बसेछन् । नेपालमा जनयुद्ध सुरु भए पछि बाँकीउमेर नेपाल र नेपालीको लागिअर्पण गर्ने भन्दै बुढा होमिए जनयुद्धमा । जनयुद्धमा साईलादाईको उपनामपाए । घरको कुनचाँहीभाई हो उनैजानुन् । तर सबैले उनलाई साईलादाई भनेर बोलाउँनथाले । यहाँसम्मकीउनिभन्दादशबर्ष जेठो उमेरका साथीहरुले पनिउनलाई साईलादाई भनेर बोलाउनथाले । जनमुक्ति सेनाको ब्यवस्थापकियजिम्मेवारी समाल्थे बुढा ।बुढाको ठट्यौलीबानी, मिजासिलो, मिलनसार स्वभावले सबैलाई आफ्नो वरीपरि तानिहाल्थे । जनताको घरमापुग्ने वित्तिकै सबै भन्दापहिलात्यो घरको वातावरण, बालबच्चाको स्वास्थ, शिक्षाको अवस्था, त्यो घरको आयश्रोतकोबारेमाजानकारी लिएर आफ्नो सिद्धान्तलाई मिसाएर पारिवारिक समस्याहलगर्ने मेसो सुझाई हाल्थे । लडाई हार्दाको क्षण होस् या जित्दाको क्षण, जस्तै कठिन घडीमा पनि साईलादाईको मुहारमा मैले कहिल्यै दुःख देखिन । जुनगाँउमापुग्यो त्यो गाँउमाआधारातसम्म बुढापाकासँग रमाईलो गफचलाउँथे साईलादाई । लडाईको कथा सुनाउँदै जुनगाँउमा साईलादाई पुग्थे त्यो गाँउबाट कोही न कोही जनयुद्धमा हिडेकै हुन्थे । गाउँमा एउटा वर्ग बुढा देखि आतंकितपनिथिए ।
२०५८ सालको वार्ताकोअन्ततिर बुढा जेल परे । पूर्वि पहाडी क्षेत्रहरुमासाईलादाईको अभाव खड्कियो । बुढालाईकहाँलग्यो ?मा¥यो किजिउँदै छ ? केहीपत्तो भएन । पहिलो शान्तिवार्ता भाँडियो । शाहीसेनासँगको युद्ध घमासान भयो । शाहीसेनाले मुडभेडकोनाममानिर्दोष हलीगोठालो मार्ने क्रम बढायो । मेरो कार्यक्षेत्र पूर्वि नेपालबाट मध्यमाञ्चलमा स¥यो । साईलादाईलाई धेरै सम्झिएँ । सेनाले मारे सायद भन्नेमापुगें म ।
गएको पालुङटार बैठकमा मेरो आँखा अगाडी एउटा मुखाकृतिविगतको धमिलो यादबोकेर अडियो । कतै देखे जस्तो, कतै भेटे जस्तो, कहाँ देखें ?कहाँ भेटें ? यस्तै अन्यौलतामा धेरै बेरउनैलाई हेरिरहें । नजिकै गएर बोलाउने हिम्मतपनिआएन । बाहिर बेच्न राखेको कम्युनिष्ट पार्टीको झण्डा भएको सानो सानो तक्मा छातीमा टाँस्दै खोल्दै थिएउनि । सेतैफुलेकाकपाल, अस्वभाविक बढेको दारीजुङ्गा, ख्याउटे गाला, खुट्टामा चप्पल, एउटा मैलो झोला, एक जनाअपरिचित बृद्धको नजिकपुगें म । अगाडीबाट नियालेर हेरें । बुढाफिस्स हाँसे । “अमरभाई तिमीपनियहाँ? के हेरेको ?मलाई चिनेनौं ?म के त साईलादाई” । बुढालाई मैले बल्लचिने । “ साईलादाई तपाई यहाँ?यतिकावर्ष कहाँ हराउँनु भएको ? जेलबाट कहिले छुट्नु भयो ?अनिअहिले कहाँहो निकार्यक्षेत्र? मेरो प्रश्नको बाढीले साईलादाई खैनीले लगेको दाँत देखाउँदै फेरीहाँस्नथाल्नु भयो ।साईलादाईले हातमिलाएर अंगालोमा कस्नु भयो ।करिव नौवर्ष पछिको अकस्मात भेटमा कुरा गर्ने मेसो नै पाईन ।गफगाफचल्दाचल्दै कार्यक्रम शुरु भयो । त्यस पछि पालुङटारको बसाई अवधि भरि दाजुभाईको जोडी खुवजम्यो।बसाई भरि बुढाले खासै रमाईलो कुरा गरेनन् । अन्तिमदिन घुम्नलिगलिगकोटजाने भयौं ।बुढाले खोले नौवर्षको काहानी ।
“ अमर भाई, साँझपखम त जनमुक्तिसेनाले दाङमाहतियार लुटेको कथा सुनाउँदै थिएँ । शाहीसेनाले घेरा हालि सकेछ । खानाखानेबेलामा समायो । रात भरि चुरेको जंगल हिडाँयो । विहानपखतल दोभानमाल्याएर एउटा गाउँको मधेसीमुलको डाक्टरलाई मा¥यो । एउटा गाउँकी मास्टरनीथिई । उनलाई कसरी मा¥यो खै म कसरी भनौं, चार जनालाई त्यहीमारे पछि हामीलाई तल राजविराजको जेलमाल्यायो । याताना धेरै दियो । मेरो दाईने आँखाले राम्रोसँग देख्दैन, दुबै कानकम सुन्छु । छातिमा गहिरो चोटलागेको छ । यी हेर ! हातमापिन ठोकेको दाग ।मानवअधिकारवादीहरुलाई भेट्नै दिदैन थिए । दिनहुँबन्दीहरुलाई अन्तै साथ्र्यो । मलाई मार्छ,भन्नेमापुगें म । २०६० सालको युद्ध विराममाम सगैकाप्रायः साथीहरु छुटे । मेरो त भनसुन गरिदिने मान्छे को नै थियो र ।संविधानसभाको चुनावताकानिस्किएँ । पार्टीचुनावको अभियानमा रहेछ । सक्दो सहयोग गरें । त्यसपछि यि भाईसँग भेट भयो” ।
साईलादाईले कथा सुनाईसक्दाहामीलिगलिगकोट डाँडा पुगी सकेकाथियौं । अग्लो अग्लो सल्लाको रुखहरु । तल बेसीमा पालुङटारगाँउ, गाँउको पुछारमा बैठकको लागिबनाईएको टहराहरु । साँच्चै रमाईलो थियो । लिगलिगकोट दरवारको भग्नावशेषमा बसेर बुढाले लामो स्वास फेरे ।“अमरभाई ल हेर यहिबाट द्रब्यशाहको सेनाले तोप पड्काउँथ्यो रे । सायद यहिबाट सुरु भयो कि? नेपालमा सोझाजातिहरु ठुलाबडाको भ¥याङ बन्ने प्रचलन”?हिजो “क्रान्तिकारी कहिले थाक्दैन”भन्दै अहोरात्र खट्न सम्झाउँने साईलादाई आजयसो भन्दै गर्दा मलाई अनौठो लागिरहेको थियो ।“अँ साँच्ची साईलादाई जेल परेकाहरुलाई सरकारले राहत दिन्छ नितपाईले लिनु भयो ? मैले बुढाको एकाग्रता भङ्ग गर्ने प्रयास गरें । ”कहाँलिनु अमरभाई मेरो नागरिकता नै बनाको थिईन, बनाउँनखोज्दाखोज्दै पहिलोको जिल्ला सचिव सुरेन्द्र, त्यसले मेरो नाममा पैसा लिएर खाएछ” । बुढाको गलेको आवाजझनै भाँसियो ।गहिरो गरि खोके बुढा ।सोचें, यो भन्दा धेरै बुढालाई दुःखनदिउँ। घाम ढल्कँदै थियो । लिगलिगकोटको सुन्तलाकिनेर ओरालो लाग्यौं । बुढाले एकपटक पनिपहिलाको जस्तो ख्यालठट्टा गरेन ।
अस्तिविहान काठमाण्डौंको लोकललाईनबाट फोन आयो । “तपाई अमरबोल्नु भाहो ?तपाई तुरुन्तै महाराजगंजशिक्षण अस्पताल आईहाल्नु त” । म अकमक्क परें । काठमाण्डौंमाएक्लै बस्छु । कोहीपनिविरामीभएको छैन । कार्यालयमाबुझें । कोही कसैलाई केहीभा छैन । महतार हतार महाराजगंजपुगें । केहीपुलिसहरु थिए । एक जना डाक्टरलाई पच्छाउँदै गएँ । डाक्टरले बेवारिसे लास राख्ने ठाउँ तिर लिएर गयो । मन छट्पटीन थाल्यो । वरिपरि चिनेकाकोहीपनिथिएन । बेवारिसे शवगृहमापुगें । पल्लो पट्टी कुनाको एउटा लास बाहिर निकाल्यो । “नडराउनुुस्
हामीअपराध अनुसंधानआयोगकापुलिसहरु हौं । हामीले तपाईको नम्बर यो लासको पकेटबाट फेलापा¥यौं । प्लिजहामीलाई सहयोग गर्नुस् । यो मान्छे चिन्नु हुन्छ ? सेतो कपडा हट्यो । त्यो ब्यवारिसे लास उनैको थियो, एकजना टुहुरो,खलासी पेशा छोडेर देशको खलासीबन्न मैदानमाहोमिएको थियो ।सिविलमा रहेको पुलिसहरु के के सोध्दै थिए। केहीपनि सुनिन । न त चिच्याउन नै सकें । न कराउँन नै सकें ।किंकर्तव्यविमुढ भएर उभिरहें । आँखामाविस्तारै कालो बादल छायो । साईलादाईको लासमाथीदुईथोपाआँशुखस्यो । पुलिसहरुले मलाई बाहिर ल्याए । ”बोल्नुस् न प्लिज, तपाई यो मान्छेलाई चिन्नु हुन्छ ?पत्तालगाउँनु छ यो मान्छेको मृत्युको कारण” ।मैले टाउको हल्लाएँ । वरिपरि एकहुल मान्छे जम्माभए । मान्छेहरुको बिचमाउत्तर दिनउभ्याईयो ।पुलिसहरुलेएकोहोरो प्रश्नबर्साउनथाल्यो । यो बुढा तपाईको आफन्तहो?लास दुई हप्ता देखि बेवारिसे छ ।तपाईकहाँजानु भएको थियो ?बुढाकोजिउमागहिरो खत छ उसको कसैसँग दुश्मनीथियो ?के कामगथ्र्यो बुढाले ?म चुपचापउभिरहें । मुखबाट कुनै शब्दनिस्किरहेको थिएन ।नजिकैकसैको सवारीको साईरन चर्को चर्को बज्नथाल्यो ।सडकको दायाँबायाँअवरोध पन्छाउँदैै एकहुलचिल्लो गाडीहरु मेरो सामुन्नेमाआई पुग्यो । साईरन झनचर्को चर्को बज्नथाल्यो । पुलिसकाप्रश्नहरु केहीपनि सुनिएन । झण्डा हल्लाउँदै सबारी दक्षिण तिर सोधियो । साईरनको चर्को आवाज परपरसम्मआईरहयो ।मलाई तिप्रश्नहरु तिनै साईरनको आवाजलाई सोध्न मन लाग्यो ।साईरन !भनि देउ यीप्रश्नकर्ताहरुलाई के हो मृत्युको कारण ? Syangtanraju2010@gmail.com जनमुक्तिमार्ग साप्ताहिकबाट साभार गरिएको
0 comments:
Post a Comment