Monday, April 15, 2013

धादिङ, बैशाख २ । नेताहरुको घर–घर मोटरबाटो पुगेको धादिङ नलाङ गाविसमा चुनावमा मात्र नेताहरु पुग्ने नलाङ कै काम्दी भन्ने ठाउँका स्थानिय बासीहरुले पैसाउठाएर मोटर बाटो खनेका छन् ।
विकास निर्माणको लागि नेताकोे मुख ताक्न थाकेरस्थानिय बासिन्दाहरु अहिले विकास निर्माणको लागि आफै जुट्न थालेका हुन् । सम्बन्धित निकायले कुनै वास्ता नगरेपछी नलाङ गाउँ विकास समिति वडा नं. ६ का स्थानिय वासीन्दाहरुले चन्दा संकलन गरी  कुवापानी देखि काम्दी सडकखण्डको चार किलोमिटर मोटरबाटोको निर्माण कार्य सम्पन्न गरेका छन् । सम्बन्धित निकायलाइ पटक–पटक जानकारी गराउँदा  पनि  कुनै चासो नदेखाएपछी गाउँको विकासको लागि स्थानिय वासिन्दाहरु आफै सकृय भएका हुन् ।
नलाङ गाउँ विकास समितिको २० हजार र स्थानिय ३३ घरधुरीबाट चन्दा संकलन गरी जम्मा एक लाख आठ हजार एक सय रुपैयाँको लागतमा मोटरबाटो निर्माण कार्य सम्पन्न गरिएको निर्माण समितिका अध्यक्ष लुमणीबहादुर सिलवालले बताउनु भयो ।  नेताहरुलाई भेट्न सम्म भेटियो सबै आफ्नै दुनो सोझ्याउने रहेछन् उनीहरुको भर पर्दा यसपाली पनि सडक नखनिने हुनाले हामी आफै तातेको बताउनु हुन्छ मोटरबाटो अनुगमन समितिका संयोजक सान्त बहादुर सिलवाल । स्थानिय बासिन्दाहरु विकास निर्माणको कार्यमा आफै सक्रिय भएको प्रति खुसी ब्यक्त गर्नुहुदै समितिका सचिव रञ्जना अर्याल यस्तो कार्यको सबैले अनुसरण गर्नुपर्ने बताउनु हुन्छ । मोटरबाटो निर्माणको लागि गाविस र जिविसमा धाउँदा पनि कुनै उपाय नलागेपछि प्रतिघरधुरी रकम संकलन गरि स्काभेटरको सहायताले ४७ घण्टा लगाएर मोटोरबाटो निर्माण कार्य सम्पन्न भएको हो ।
मोटरबाटोको निर्माण कार्य पश्चात स्थानीय बासिन्दाहरुलाई आवत(जावतमा सहज हुन निर्माण समितिका सचिव बलराम गिरीले जानकारी दिनुभएको छ ।

Related Posts:

  • धादिङ औद्योगीक व्यापार मेलाको तयारी तिव्र  पौष २५, धादिङबेसी । माध १५ गते देखि धादिङबेसीको खुल्ला मञ्चमा हुने बृुहत कुषि पर्यटन तथा धादिङ औद्योगीक व्यापार मेलाको तयारी तिव्र पारीएको छ । मेलालाई भव्य र सव्य रुपमा सम्पन्न गर्नको लागी आज मेला प्रचार प्रसार सम… Read More
  • गोरखा प्रहरीले खोल्यो फेसबुक पेज धादिङमा खै ? धादिङ माघ ३ । जिल्ला प्रहरी कार्यालय गोरखाले नागरिकका गुनासा सुन्न र अन्तरक्रिया गर्न फेसबुक पेज फेसबुक पेजमा नागरिकका गुनासो संकलन गर्न छुट्टै फारम बनाएर राखिने र सेवाग्राहिले त्यसलाई डाउनलोड गरी फर्म भरेर म्यासेज बक्समा… Read More
  • भूकम्पबाट जोगिन अभ्यासमुलक कार्यक्रम धादिङ ३ माघ । धादिङ जिल्लामा विहिबार १६ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस विविध कार्यक्रम गरि मनाईएको छ । ‘नसोधी–नबोली आउँछ भूकम्पीय विपद्, जागौं–जुटौं बचाउन स्रष्टिको सम्पदा’ भन्ने नाराका साथ सचेतनामूलक विभिन्न कार्यक्रम गर… Read More
  • महोत्सव हाम्रो हो हाम्रो सहभागिता अनिवार्य छ “जिल्लाको शान, मान र उत्सव, प्रथम धादिङ महोत्सव” भन्ने मूल नाराका साथ धादिङ महोत्सव २०६४ माघ २१–२७ गते सम्म भयो । एैतिहासिक महत्व बोकेको उक्त महोत्सव धादिङ उद्योग वाणिज्य संघको आयोजनमा सम्पन्न भएको थियो । हजारौँले अवलोकल … Read More
  • जनताको भोट गनिएन र हा¥यौ मंसिर १२ धादिङ । एकीकृत माओवादी प्रति जनताको अपार माँया पाएको धादिङको तीन वटै निर्वाचन क्षेत्रमा आफ्नो जित सुनिश्चित  हँुदा हँुदै पनि स्थानीय प्रशासन र अन्य दलहरुको रणनीतिमा एमाओवादीलाई हराउनको लागि मतपेटीका साटेक… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts