Wednesday, April 10, 2013

अर्जुन खतिवडा
चैत्र २८, धादिङवेसी । ‘राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद’ भन्ने नारासहित जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा सोमबारदेखी शुरु गरिएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०६९ बुधबार सकिएको छ ।
जिल्ला सदरमुृकाम स्थित खुल्ला मंचमा सम्पन्न प्रतियोगिताबाट पहिलो वर्ष राष्ट्रपति रनिङ सिल्ड् हात पार्न सफल भएको रानीपौवा उच्च माध्यमिक विद्यालयले १सय ९६ अंक जोडेर प्रथम स्थान हात पारेको छ । उसले लगातार दोस्रो वर्ष पनि आफ्नो यथा स्थान कायम गर्न सफल भएको हो । बुधबार बेलुकी सम्पन्न भएको फाईनल खेलपछि पहिलो स्थान हासिल गर्दै रानीपौवा उमाविले लगातार दोस्रो पटक पनि राष्ट्रपति रनिङ शिल्ड हात पारेको हो । पहिलो स्थान हासिल गरेको उक्त विद्यालयले नगद दश हजार, कप, मेडल र प्रमाणपत्र सहित शिल्ड उचालेको हो । यसैगरी प्रतियोगिताबाट मण्डली उमावि फूलखर्कले १ सय ७० अंक सहित दोस्रो स्थान हासिल गरेको छ । दोस्रो भएको उक्त विद्यालयले नगद सात हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी १ सय ६३ अंक जोड्दै तृतीय स्थान हासिल गरेको सल्यानटार उमाविले नगद् पाँच हजार, कप, मेडल र प्रमाणपत्र प्रांप्त गरेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा छात्र तर्फको १ सय मिटर रिले दौडमा सल्यानटार उमाविका समून्द्र कुमाल प्रथम, मण्डली उमाविका कुमार नेपाल द्धितीय, रानीपौवा उमाविका जोसन खड्का तीतृय भएको थिए । त्यसैगरी छात्रा तर्फको १ सय मिटरको रिले दौडमा रानीपौवा उमाविकी सर्मिला कुमाल प्रथम, सल्यानटार उमाविकी सिर्मला वि.क. द्धितीय र मण्डली उमाविकी सिर्जना अधिकारी तृतिय भएकी थिईन् । त्यसैगरी ४ सय मिटरको छात्रतर्फको रिले दौडमा रानीपौवा उमाविका विजय बसौला प्रथम, मण्डली उमाविका कुमार नेपाल द्धितीय र निरन्जना उमाविका रामबहादुर तामाङ तृतीय भए । त्यसैगरी छात्रातर्फ रानीपौवा उमाविकी कमला कुमाल प्रथम, सल्यानटार उमाविकी सिर्मला वि.क. द्धितीय र मण्डली उमाविकी प्रमिला पन्त तृतीय भएकी थिईन् ।
प्रतियोगिताको १सय मिटर दौड छात्रतर्फ आदर्श उमावि गजुरीका अतुल मिया प्रथम, सल्यानटार उमाविका सुनिल भण्डारी द्धितीय र सलयनटार उमाविकै सुमन पाठक तृतीय भएका थिए । उता छात्रा १ सय मिटर तर्फ रानीपौपा उमाविकी गोमा उप्रेती प्रथम, सल्यानटार उमाविकी लिला कुमाल द्धितीय र मण्डली उमाविकी सर्जुना अधिकारी तृतीय भईन् । त्यस्तै २ सय मिटर छात्रतर्फ रानीपौवाका केशव रिजाल प्रथम, आदर्श उमाविका अतुल मिया द्धितीय, र चन्द्रोदय उमाविका विकास अधिकारी तृतीय र छात्रातर्फ सलयनटार उमाविकी लिला कुमाल प्रथम, रानीपौवाकी सर्मिला कुमाल द्धितीय र सलयनटारकी सिर्मला वि.क. तृतीय भईन् । ४ सय मिटर छात्रतर्फको दौडमा रानीपौवा उमाविका जोसन खड्का प्रथम, सल्यनटार उमाविका समुन्द्र कुमाल द्धितीय र मण्डली उमाविका विजय थापा तृतीय भए भने छात्रातर्फ रानीपौवाकी सर्मिला कुमाल प्रथम, रानीपौवाकै अन्जु खनाल द्धितीय र सल्यानटार उमाविकी रश्मा उपाध्याय तृतीय भइन् । दौड ८ सय मिटर छात्रमा रानीपौवाका जोसन् खड्का प्रथम, सल्यानटार उमाविका समुन्द्र कुमाल द्धितीय र रानीपौवाका गणेश श्रेष्ठ तृतीय भए भने छात्रा तर्फमा रानीपौवाकी अन्जु खनाल प्रथमर रानीपौवाकै कमला कुमाल द्धितीय र मण्डली उमाविकी सर्जुना अधिकारी तृतीय भईन । दैडकै १५ सय मिटरमा रानीपौवा उमाविका होमनाथ गिरीले (५मिनेट २३ सेकेन्डमा निर्धारित दुरी पार गर्दै प्रथम भए भने, रानीपौवाकै विजय वसौला द्धितीय र निरन्जनाका अर्जुन तामाङ तृतीय भएका थिए । १५ सय मिटर छात्रातर्फको दौडमा रानीपौवा माविकी अम्बिका उप्रेतीले (६मिनेट २८ सेकेन्डमा) प्रथम, सलयनटार उमाविकी सम्झना कुमाल द्धितीय र रानीपौवाकी कमला कुमाल तृतीय भईन् । त्यसैगरी लामो दौड ५ हजार मिटर छात्रतर्फ निरन्जना उमाविका अर्जुन तामाङले (१६ मिनेट ४० सेकेण्ड) सहित प्रथम, नीलकण्ठ उमाविका पदम तामाङ द्धितीय र मण्डली उमाविका होमनाथ गिरी तृतीय भए भने छात्रा ५ हजारतर्फ रानीपौवा उमाविकी अम्बिका उप्रेतीले (२५ मिनेट ३ सेकेण्ड) सहित प्रथम, रानीपौवाकी गोमा उप्रेती द्धितीय र मण्डली उमाविकी रविना अधिकारी तृतीय भईन् ।
प्रतियोगिताको अर्को खेल पुरुष लङजम्पतर्फ सल्यानटार उमाविका ईन्द्रराज सिंखडाले ५.१३ मिटर सहित प्रथम, मण्डलीका सुरज वि.क. द्धितीय र चन्द्रोदयका अर्जुन गुरुङ तृतीय भए त्यस्तै महिलातर्फ सलयनटार उमाविकी लिला कुमाल (३.८ मिटर) सहित प्रथम, चन्द्रोदयकी मनिता विसुराल द्धितीय र मण्डली उमाविकी सर्जुना अधिकारी तृतीय भईन् । ट्रिपल जम्प छात्रमा रानीपौपा उमाविका सोमराज सिलपाल प्रथम, सल्यनटारका उद्धब कुमाल द्धितीय र मण्डलीका सुरज वि.क. तृतीय भए । त्यसैगरी महिला हाई जम्पतर्फ मण्डली उमाविकी रेणुका नेपाल प्रथम, रानीपौवाकी रश्मि श्रेष्ठ द्धितीय र चन्द्रोदयकी मनिता विसुराल तृतीय भईन भने पुरुष हाईजम्पमा नीलकण्ठ गणेश भट्ट प्रथम, रानीपौवाका शिवराज दराई द्धितीय र सलयनटारका नारायण थपलिया तृतीय भए । त्यसैगरी पुरुष ज्यावलिङ थ्रो तर्फ सल्यानटारमा सुरेन्द्र भण्डारी (३५.०४मिटर) सहित प्रथम सलयनटारकै उद्धब कुमाल द्धितीय र मण्डलीका विजय थापा तृतीय भए उता महिला तर्फ भने मण्डलीकी मलिना थापा(१८.१२मिटर) सहित प्रथम, सल्यानटारकी विपना कुमाल द्धितीय र आदर्शकी सिता मगर तृतीय भईन् । त्यसैगरी सर्ट पुट पुरुषमा वसेरी उमाविका सन्तकुमार गुरुङ (८.४७) सहित प्रथम, रि गाउँ उमाविका यसु तामाङ द्धितीय र रि गाउँकै यसा तामाङ तृतीय भएका थिए । सर्ट पुट महिलातर्फ धादिङ बोर्डिङकी पासाङ लामा(५.६६मि) सहित प्रथम, आदर्शकी प्रमिला श्रेष्ठ द्धितीय र चन्द्रोदयकी सूर्यकुमारी गुरुङ तृतीय भईन् ।
प्रतियोगितामा महिला भलिवलतर्फ आदर्श उमावि प्रथमm चन्द्रोदय उमावि द्धितीय र मण्डली उमावि तृतीय भए त्यसैगरी पुरुष भलिबलतर्फ रि गाउँ उमावि प्रथम, मण्डली उमावि द्धितीय र नीलकण्ठ उमावि तृतीय भएका थिए ।
धादिङ जिल्लाको उच्च माध्यमिक विद्यालयहरुमा अध्यायरत विद्यार्थीहरुको प्रतिभाहरुलाई खेलकूदको माध्यामबाट प्रस्फुटित गर्न जिल्ला स्तरिय राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिताको आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनराज भण्डारीले बताउनुभएको छ । खेलकुदको समापनका क्रममा एकीकृत माओवादी धादिङका नेता पूर्व सभासद पुष्पविक्रम मल्ल, प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, एकीकृत माओवपादी नेता रामबहादुर भण्डारी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनराज भण्डारी लगायतले विजयी खेलाडी तथा विद्यालयहरुलाई पुरस्कृत गरेका थिए ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts