Sunday, April 7, 2013

चैत्र २६ धादिङ । ं,धादिङ जिल्लाको उच्चमाविहरुमा अध्यायरत विद्यार्थीहरुको प्रतिभाहरुलाई खेलकूदको माध्यामबाट प्रस्फुटित गर्न आज देखि धादिङबेसीमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता सुरु हुने
भएको छ । जिल्लाका उच्च माध्यामिक विद्यालय स्तरको प्रतियोगितामा भलिबल, एथलेक्टिस, हाईजम्प, लङ्जम्प, ज्याभालिङ् लगायतका खेलहरु संचालन गरिने जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष मनराज भण्डारीले जानकारी दिनु भयो ।
धादिङको चिनारी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म पु¥याउन आज दिउसो १ बजे उद्घाटन गरिने दोश्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०६९ मा पुरुष भलिबल तर्फ नीरन्जना उमावि मार्पाक, धादिङ अवासिय उमावि नीलकण्ठ, मण्डली उमावि फुलखर्क, रानीपौवा उमावि, रि गाउँ उमावि रि, चन्द्रोदय उमावि बेनिघाट त्रिपुुरासुन्दरी उमावि खरी, बसेरी उमावि बसेरी, बृचेत उमावि दार्खा, शिङ्लादेवि उमावि, आदर्श उमावि गजुरी, सल्यानटार उमावि सल्यानटार, चन्द्रोदय उमावि बेनिघाट प्रतिस्पर्धा गर्ने र महिला भलिवल तर्फ नीरन्जना उमावि, चन्द्रोदय उमावि बेनिघाट, मण्डली उमावि फुलखक, धादिङ अवासिय उमावि नीलकण्ठ, आदर्श उमावि गजुरी, रानीपौवा उमावि, सल्यानटार उमावि सल्यानटार बीच प्रतिपर्धा हुने समेत अध्यक्ष भण्डारीले बताउनु भयो ।

Related Posts:

  • धादिङ औद्योगीक व्यापार मेलाको तयारी तिव्र  पौष २५, धादिङबेसी । माध १५ गते देखि धादिङबेसीको खुल्ला मञ्चमा हुने बृुहत कुषि पर्यटन तथा धादिङ औद्योगीक व्यापार मेलाको तयारी तिव्र पारीएको छ । मेलालाई भव्य र सव्य रुपमा सम्पन्न गर्नको लागी आज मेला प्रचार प्रसार सम… Read More
  • धादिङ मैदीमा आएर के भने बाबुरामले सुदिप विश्वकर्मा कार्तिक ५ मैदी । २०६४ सालको निर्वाचनमा आफ्नो पार्टीको स्पष्ट बहुमत नआउँदा जनपक्षिय संविधान निर्माण गर्न नसिकएको एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराईले बताउनुभएको छ … Read More
  • धादिङ क्षेत्र नं.२ मा कल्पना धमलाको स्थिति कस्तो छ ? (यतिबेला चौतर्फी चुनावी सरगर्मी बढेको छ । संविधानसभाको दोस्रो निर्वाचनमा आफुले जित्ने दाबी सबै दलको छ । पहिलोे संविधानसभाको निर्वाचनमा धादिङका तीन वटै क्षेत्रमा एमाओवादीले बिजय भएको ताजै छ । आगामी मंसिर ४ गते हुने संविधानसभ… Read More
  • राजनीतिक स्थिरता र आथिर्क विकास हाम्रो मूल एजेण्डा– धमला ८ कार्तिक नीलकण्ठ । संविधानसभाको निर्वाचन नजिकीदै गर्दा एकीकृत नेकपा माओवादी निर्वाचन क्षेत्र न. २ आफ्नो पक्षमा जनमत जुटाउनको लागी जनताहरुको घरदैलो जाने अभियान अन्तगर आज नीलकण्ठ गाउँ विकास समितिको  पाँचधारेमा अन्तरया… Read More
  • जनताको भोट गनिएन र हा¥यौ मंसिर १२ धादिङ । एकीकृत माओवादी प्रति जनताको अपार माँया पाएको धादिङको तीन वटै निर्वाचन क्षेत्रमा आफ्नो जित सुनिश्चित  हँुदा हँुदै पनि स्थानीय प्रशासन र अन्य दलहरुको रणनीतिमा एमाओवादीलाई हराउनको लागि मतपेटीका साटेक… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts