पुष्पविक्रम मल्ल |
नेपालको राजनीति ईतिहासमा दोस्रो संविधानसभाको चुनाव मंसिर भित्र होला वा भन्ने विषयमा गम्भिर रुपबाट वहस भईरहेको छ । तसर्थ यस बारे संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।
पहिलो परिवर्तनको पक्षधर एकीकृत नेकपा माओवादी सहित पहिचान सहितको संघियता, संविधान सभाबाट नै संविधान जारी गर्ने पक्षमा सम्पुर्ण उतपीडीत वर्ग, मजदुर किसान, महिला, दलित, जनजाति, मधेस र उत्पीडीत क्षेत्रका सबै मंसिरमा कुनै पनि हालतमा संविधान सभाको निर्वाचन गर्ने पक्षमा रहेको छ । किनकी संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिकलाई संवधानसभाबाट नै संस्थागत गर्न चाहन्छ ।
यसको लागि एकीकृत माओवादी सहितका गठवन्धन दलहरुले नै मंसिरमा जसरी पनि संविधानसभाको चुनाव गर्ने पक्षमा छन् । किनकी जनता नै इतिहासका निर्माता हुन् । जनताले नै निर्णय गर्नेछ । यो नै वर्तमान राजनैतिक संक्रमणकालीन संकट निकासको लागि एकमात्र उचित वाटो हो । किनकी जनता नै निर्णायक शक्ति हो भने सबै दलहरुले जनताले दिएको निर्देशनलाई सहज रुपबाट ग्रहण गर्नु पर्दछ । तसर्थ एकीकृत माओवादी कुनै पनि हालतमा संविधान सभाको चुनाव मंसिरभित्र गर्ने पक्षमा छ ।पहिलो परिवर्तनको पक्षधर एकीकृत नेकपा माओवादी सहित पहिचान सहितको संघियता, संविधान सभाबाट नै संविधान जारी गर्ने पक्षमा सम्पुर्ण उतपीडीत वर्ग, मजदुर किसान, महिला, दलित, जनजाति, मधेस र उत्पीडीत क्षेत्रका सबै मंसिरमा कुनै पनि हालतमा संविधान सभाको निर्वाचन गर्ने पक्षमा रहेको छ । किनकी संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिकलाई संवधानसभाबाट नै संस्थागत गर्न चाहन्छ ।
एकीकृत माओवादीको राजनैतिक एजेण्डालाई जनताले अनुमोदन गर्ने निश्चित नै देखिन्छ । दोसो्र एमाले पार्टी संविधानसभाको चुनाव गर्ने पक्षमा देखिन्छ । किनकी एमाले पार्टीले २०६४ सालमा ल्याएको वरावरको प्रत्यक्ष निर्वाचनमा चुनाव जित्ने संभावना छैन । किनकी एमाले पार्टीको विचार राजनैतिक कार्यदिशा स्पष्ट छैन । एमाले न त पूँजीवादी पार्टी हो न त वामपन्थी कम्यनिष्ट पार्टी हो ? विचार बिहिन पार्टी एमाले हो भन्ने कुरा उसको पार्टीको व्यवहार बाट स्पष्ट पारीरहेको छ । जस्तो नेपाली काँगे्रससंग मिल्दा फाईदा पुग्छ भने नेपाली कांगे्रससँग मिल्ने, एकीकृत माओवादीसंग मिल्दा फाइदा हुन्छ भने एकीकृत माओवादी सँग मिल्ने पार्टी हो । तसर्थ एमाले नत पूँजीवादी पार्टी हो नत कम्युनिष्ट पार्टी हो । त्यसैले एमाले विचार विहिन पार्टी बन्न पुगेको छ । त्यसैले अब पूँजीवादी पार्टीमा लाग्ने हो भने नेपाली कांग्रेसमा लाग्ने हो र कम्युनिष्ट पार्टीमा लाग्ने हो भने एकीकृत माओवादीमा लाग्ने हो । यसरी दोबाटोमा उभिन पुगेको एमाले पार्टीको जनअधिकार गुम्दै गएको हँुदा एमाले पार्टीले यो वा त्यो वाहना गर्र्दै मंसिरमा चुनाव गर्ने पक्षमा देखिन्न ।
वैद्य माओवादी कुनैपनि हालतमा संविधान सभाको निर्वाचन गर्न नदिने र देशलााई यो वा त्यो उग्र राजनैतिक नारा दिएर फेरि अस्थिरता अपनाउनु भन्दा अर्को कुनै उद्देश्य छैन । तेस्रो नेपाली कांग्रेस भित्री रुपबाट संविधान सभामा हार्ने निश्चित भएकोले मंसिरमा संविधान सभाको चुनाव गराउने पक्षमा छैन । तर वाह्य रुपमा संविधान सभाको चुनाव गर्न तयारी नै देखिन्छ । तर एमाले वैद्य माओवादीले गर्दा चुनाव गर्न नसकेको भनेर दोष एमाले वैद्य माओवादीलाई दिएर मंसिरमा चुनाव नभए हुन्थ्यो. भन्ने मनासायमा देखिन्छ ।
चौथो प्रतिगमनकारी राजावादी शक्तिहरु धमिलो पानिमा माछा मार्न सकिन्छ भनेर यो वा त्यो गडबड मच्चाएर फेरी नयां रुपमा राजसस्थालाई पुन स्थापित गर्न सकिन्छ भनेर मौका पर्खीराखेको स्थिति देखिन्छ । यसरी देशभित्रका राजनैतिक दलहरुको चार बँुदामा माथि चर्चा गरिएको छ ।
सारमा एकीकृत माओवादी सहित परिवर्तनकारी, राष्ट्रवादी, देशभक्त संघीयताका पक्षधर क्रान्तिकारी कम्युनिष्ट विचार राजनैतिक कार्यदिशा र यथास्थितीवादी प्रतिगमनकारी,संसदवादी, पूँजीवादी विदेशी दलाल विचार प्रवित्ती विचको राजनैतिक संघर्ष हो । यो कुनै पार्टी वा व्यक्ति विशेषलाई आरोप लगाएर हँुदैन । किनकी यतिखेर नत पूँजीवादी सामन्त विदेशी दलाल राष्ट्रिय आत्मसमर्पणवादी हरुले जितेको पनि होइन । हामी क्रान्तिकारी कम्युनिष्टहरु एकीकृत माओवादीले पनि जितेको स्थिती होइन । शक्ति सन्तुलनको स्थितिमा रहेको हँुदा नेकपा एमाले मंसिरमा संविधानसभाको चुनावमा पराजित हुने भएकोले यो वा त्यो वहानमा संविधान सभाको चुनाव मंसिरमा गर्ने पक्षमा छैन । तर एकीकृत माओवादी जनतामा विश्वास गर्ने पार्टी भएकोले दोसो्र संविधानसभाको चुनाव गरि देशलाई अनुगमन तिर लैजान चाहन्छ । वाह्य केहि शक्ति राष्ट्रहरुमा नेपाललाई फेरि अस्थिरतामा राखेर राजावादीहरु र नेपाली कांग्रेसका केही नेताहरु मार्फत यो वा त्यो निहुँ झिकेर संविधान सभाको चुनाव गर्न नदिएर फेरि देशलाई गृहयुद्वतिर लैजान र संविधानबाट संविधान कूनै पनि हालतमा वन्न नदिने स्थितिमा रहेको छ । तसर्थ तिनै साम्राज्यवादी विस्तारवादी शक्तिको आडमा नेपाली जनताको परिवर्तन देख्न नचाहने शक्तिहरुले यो वा त्यो निहु झिकेर संविधान बन्न नदिने गंभिर षड्यन्त्रमा लागीरहेको पनि देखिन्छ । भने अर्कोतर्फ केही शक्ति राष्ट्रहरु नेपालमा संविधानसभाको चुनाव गरि नेपालमा स्थिर सरकार बनोस् भन्ने चाहना पनि छ । गम्भीर र जोखिम पनि छ । संविधानसभाको चुनाव मंसिरमा हुने सम्भावना पनि छ । मंसिरमा संविधान सभाको चुनाव गर्न नदिएर देशलाई गृहयुद्व तिर लैजाने गंभिर खतरा रहेको छ ।
हरेक क्रान्तिको विजय हुनलाई गम्भीर जोखिम नउठाई संसारमा कुनै पनि देशमा परिवर्तन भएको छैन । तसर्थ नेपाको सन्दर्भमा जनताको संगठन र वलबाट संविधान सभाको चुनाव गरी देशलाई अग्रगामी परिवर्तन दिन सक्ने महान अवसर र सम्भावना नेपाली जनताको सामुमा रहेको छ । यदि मंसिरमा विदेशी दलाल, राष्ट्रय आत्मसमर्पण राजावादी लगायत केही दलहरुले संविधानसभाको चुनाव गर्न दिएनन् भने एकीकृत माओवादीको नेतृत्वमा तेश्रो महान जनआन्दोलनको सृष्टी गरि संविधानसभाको चुनाव गर्न बाध्य पार्ने छ र त्यही तेश्रो आन्दोलनको वलबाट फेरि एकीकृत माओवादी सहितको पहिचान पक्षधर लाई संविधान सभामा दुई तिहाई नेपाली जनतालाई विजय गर्नेछ र संघियता सहितको संविधान जारी गर्न सफल हुनेछ । नेपाललाई राष्ट्रय पूँजीवादी विकास गरि समाजवादी क्रान्ति सफल गर्नेछ । आधार तयार गर्नेछ ।
0 comments:
Post a Comment