Wednesday, May 15, 2013

यात्रा–संस्मरण
नारायण सिलवाल ।
साउन १२ गते बिहानै धादिङबेसीबाट स्थानीय शान्ति समितिको अध्ययन अवलोकन भ्रमणको लागि इलाम हिँडियो । जीवनमा पहिलो पटक  इलाम भ्रमण जना लागिएकोले मनमा छुट्टै उमङ्ग थियो । हुनपनि अपेक्ष अनुसार नै भ्रमणमा निकै रमाइलो र धेरै कुरा सिक्न तथा देख्न पाइयो । भ्रमणको सिलसिलामा टोली दार्जलिङ र सिक्किम गाकन्तोक समेत पुगेको थियो ।
व्यस्ततालाई क्रमभंग गरेर यसो बेलामौकामा आफूलाई नचियाए जिउनुको सार के हुन्छ र ? हामी नेपालीहरुमा पनि पछिल्लो समयमा घुमफिर गर्नु पर्छ भन्ने सोचको विकास हुँदैछ । आफैंलाई ताजगी तुल्याउन र मुलुकको साथै जनजिविका बुझ्न अमेरिका देखि जापानसम्म भ्रमणको योजना बजाउने कति नेपालीहरुलाई नेपाल भित्र र नेपालकै आसपासमा घुम्न लायक ठाउँहरु रहेको बारे थाहा छैन ।
थाहा भए पनि ती ठाउँमा उनीहरुलाई घुम्न मन लाग्दैन । घुम्नु कुनै बेलामा समय र पैसाको बर्बादी मान्थे नेपालीहरु । हामीलाई नै पनि कतिले शान्ति समितिको दाम भ्याउन हिंडेका समेत भनेर आरोप लगाए । तर, घुमघामबाट बटुलिने ज्ञान र आनन्द कुनै बन्द कोठामा पुस्तक पढेर टेलिभिजन, सिनेमन हेरेर वा रेडियो सुनेर पाउँन सकिँदैन । त्यस्तै सोचले हामी अध्ययन अनुगमन भ्रमणमा निस्किएका थियाँै ।  संयोजक एवं नेपाली काँग्रस धादिङका सभापति रामनाथ अधिकारी, एकिकृत नेकपा माओवादी धादिङका सह–इञ्चार्ज रामबहादुर भण्डारी, नेकपा एमालेका धादिङ अध्यक्ष गुरुप्रसाद बुर्लाकोटी, सभासद कल्पना धमला र वीरबहादुर तामाङ लगायत ३१ जनाको टोलीसहित इलाम यात्राको ५ दिनमा देखेका कुरा र भोगेका क्षणहरुलाई यहाँ उतार्दै छु ।
पहिलो दिन (साउन १२, २०६८)
मुगलिङ पारगरेपछि टाकुरा, पखेराहरु अनि तराईका हरियाली जंगल निगाल्दै खाना खानको लागि हेटौँडा पुगेका थियौँ । हेटौंडामा खाना खएर सुरुभएको यात्रा विभिन्न जिल्लाहरु पार गर्दै रौतहटमा पुग्यो । रौतहट चन्द्रनिगाहपुरमा पुग्दा एउटी चेली बिहे गरेको २० दिन पार गर्न नपाउँदै ससुराको हातबाट मृत्यूबरण गर्न बाध्यभएको घटनाको विरोधमा त्यहाँका बासिन्दाले रौतहटमा चक्काजाम गरेका रहेछन् । माइती पक्षबाट दाइजो स्वरुप साढे २ लाख दिने सहमति भएको तर १ लाख मात्र पाएपछि ससुराले बुहारीको हत्या गरेका रहेछन् । स्थानीय बासिन्दाको सहयोगमा अर्कै बाटो भएर हामीले रौतहटको चक्काजाम क्षेत्र पार ग¥यौ । सो दिनको यात्रा इटहरीसम्म मात्र भएको  संयोजक रामनाथ अधिकारीले हामीलाई जानकारी गराइसक्नु भएको थियोे । सो बेलसम्म लामो यात्रा भएकाले होला अधिकांश साथीहरु गाडीमा झुलिरहेका थिए । केहि साथीहरुले भने बाजेको पेडा खान संयोजक अधिकारीलाई अनुरोध गर्दै थिए ।
साँझपख मानिसको चहलपहल पनि विस्तारै घट्दै जाँदा हामी बाजेको पेडा पसल सप्तरी पुगेछौं । त्यहाँबाट इटहरी पुग्न २ घण्टाको यात्रा तय गर्नुपर्ने थाहाभयो । समयको पावन्दीका कारणपनि एक–एक वटा पेडा हामीले गाडीमै बसेर खायौँ । बल्ल–बल्ल जुरेको घुमघामको मेसो, त्यसमा पनि इलामको चिया बगान घुम्ने पूरानै रहर साँच्चै मन फुरुङ्ग थियो । यात्राको क्रममा शान्ति समिति सदस्य एवम् एकीकृत नेकपा माओवादी धादिका सह–इञ्चार्ज रामबहादुर भण्डारी र म संगै थियौँ । सो क्रममा उहाँले मलाई गाडीबाट देखिएका डाँडा–काँडा, सुन्दर वनपाखा अनि पार गरिँदै गरेका  खोला नालाहरु चिनउँदै हुनुहुन्थ्यो । हामी इटहरी पुग्दा हामीलाई सिमसिम पानीले स्वागत गरिरहेको थियो । इटहरी नगरपालीका सँगै जोडिएको रोहित होटलमा हामीले पहिलो रात कटायौँ ।
दाश्रो दिन (साउन १३, २०६८)
बिहानको ७ बजे चिसा समेत बीच बाटोमा पुगेर खानेगरी ४ घण्टे इलामा यात्रा शुरुभयो । इलामको स्थानीय शान्ति समितिको पदाधिकारीहरु सँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेकाले दलका प्रतिनीधिहरु यात्राको क्रममा गाडीमै तयारी गर्दै हुनुहुन्थ्यो । झापाको विर्तामोड पुगेपछि खाजा खाने निधोगरेर गाडी साइड लगाइयो । बिर्तामोडको मुक्तिचोक जहाँ एकपटक पुग्नै पर्ने चोक रहेछ । चोकमा राखिएको शालिक हेर्दा जो सुकैमा पनि देश भक्तिको भवाना पलाउने म ठान्छु । त्यहाँ हामीले खाजाको लागि एक घण्टा बितायाँै ।   शान्ति समिति सदस्य द्वय संगिता श्रेष्ठ र लक्ष्मी थापाले व्यबस्था गर्नु भँुइकटहरको स्वादलिँदै हामी इलामको पिछा गर्न थाल्यौँ । इलाम प्रवेश गर्दा देखिनै इलामे सुन्दरताको सुगन्ध सुरु भैसकेको थियो । तर, कुइरोले बदममासी गरिरहेको भानहुन्थ्यो । मैले इलामलाई ८ ‘अ’ को जिल्ला भनेर सुनेको थिए वास्तवमा साँच्चै रहेछ । जमिन कहिँकतै खालि थिएन । पखेरामा अम्रिसो झाङ्गिरहेका थिए भने खाँेचहरु अलैँचीले ।  यात्राको बेदा दिनभर गाडीमा निदाउने साथीहरु पनि सोदिन  बिहान देखि नै जागा देखिन्थे । इलामको सुन्दरताले साथीहरुलाई झुल्न समेत दिइरहेको थिएन । बिहानको साँढे ११ बजे इलामको कन्याम चिया बगान पुगियो । साथीहरु कोही चिया टिप्दै फोटो खिच्न त कोही चिया बगानको बारे चिया टिप्ने स्थानीयबासीहरु सँग गफ गर्न थाले । मैले पनि साथीहरुको फोटो खिचेर एकजना महिला सँग गफ गर्ने मौका मिलाएँ । कमला राई कति मिजासिलो स्वाभाव, जस्तो इलाम त्यस्तै बोलि, चिया बगानको बारे उनले मलाई सबै प्रष्ट पारिन् ।
    चिया बगानका कारण हरियो बनेको  पखेरा पारगर्दै हामी दिउँसो २ बजे इलाम बजार पुग्यौं ।  बसपार्क नजिकै एक होटलमा खाना खाएर शान्ति समिति सदस्यहरु संग भेटघाट र अन्तरक्रियाको लागि हामी शान्ति समितिको कार्यालय तर्फ लाग्यौ ।
त्यहाँको शान्ति समिति सँग अन्तरक्रिया गर्ने हामी ४३ औ शान्ति समिति रहेछौँ । इलामको शान्ति समितिका पूर्व संयोजक भक्त केसीको संयोजकत्वमा भएको कार्यक्रममा इलाम शान्ति समितिको तर्फबाट  एकिकृत नेकपा माओवादीका डिल्ली चेम्जोङ र शन्ति समिति धादिङको तर्फबाट संयोजक रामनाथ अधिकारी तथा सभासद कल्पना धमलाले आफ्नो भनाई राख्नु भएको थियो । तत्ः पश्चात इलाम शान्ति समितिले इलाम घोषणपत्र पढेर सुनाउँदै यस अघिका समितिले पनि हस्ताक्षर गरिसकेको भन्दै धादिङलाई पनि हस्ताक्षर गर्न गनुरोध ग¥यो । सभासद कल्पना धमला र संयोजक रामनाथ अधिकारीले तालि पड्काएर समर्थन जनाउदै गर्दा एकिकृत माओवादी धादिङका सह–इञ्चार्ज रामबहादुर भण्डारीले पढेर सुनाएको घोषण पत्र छलफल नै नगरि कुनै पनि हालतमा धादिङको शान्ति समितिले हस्ताक्षर नगर्ने बताए पछि उक्त इलाम घोषणापत्रमा  हस्ताक्षर हुन सकेन ।
 अन्तरक्रियामा इलामबाट द्वन्दको क्रममा १४६ र  धादिङबाट २०४ जनाले ज्यान गुमाएको,  इलाममा ३५० जना भन्दा माथि  र धादिङमा १२०० जनाको हाराहारीमा विस्तापित भएको,  इलाममा ५०००  भन्दा माथि द्वन्द पीडित रहेको र धादिङमा अहिलेसम्म ५० भन्दा बढी द्वण्द पीडितको निवेदन परेको जानकारी गराइएको थियो । करिव २ घण्टा चलेको अन्तरक्रिया कार्यक्रम पछि केहि साथिहरुले इलाम घुम्ने र इलामबजार नै बस्ने कुरा गर्नु हुन्थ्यो भने केहि साथीहरुले  पशुपतिनगर बस्ने र भोलि बिहानै दार्जलिङ घुम्ने कुरा गर्नुभयो । आफू पत्रकार भएको नाताले बाटोमा पर्ने इलाम एफ.एम. छिर्न पनि भ्याएँ । धेरै गफगाफ गर्न नभ्याए पनि इलाममा २ वटा रेडियो प्रसारण भैसकेको र पर्यटन विकास सञ्चार सहकारीले थप एउटा रेडियो छिट्टै प्रसारण गर्ने अन्तिम तयारी गरीरहेको थाहाभयो । अन्ततः एमाले नेता तथा पूर्व जिविस पभापति खेमप्रसाद लोहनीको सल्लाह बमोजिम पशुपति नगरमा बास बस्नेगरी इलामा बजारलाई बिदाइका हात हल्लायौँ ।
तेश्रो दिन (साउन १४, २०६८)
बिहान ७ बजेनै दार्जलिङ यात्राको लागि ३ वटा गाडी बुक गरियो । हामीले यतावाट लगेको बसको रुट परमिट इलामसम्म मात्र भएएकाले हामी नयाँ गाडीको सहायतामा अनौपचारिक भ्रमण लागि दार्जलिङ प्रथान ग¥यौ । नेपाल र भारतको नाका तथा दार्जलिङमा भैरहेको गोर्खा ल्याण्ड आन्दोलनका बारेमा शान्ति समिति सदस्य रामबहादुरभण्डारीले मलाई भरपुर जानकारी गराउँदै हुनुहुन्थ्यो ।
 दार्जलिङमा हामीले करिब २ घण्टा बितायौ । त्यहाँको विशेषता कानुनलाई अत्यन्त इमान्दारिताका साथ पालना गर्नुपर्ने रहेछ ।  साँगुरो र भिरालो जमिनको पनि प्रयाप्त उपयोग भएको पाइयो । विशेषतः बजार सफा राख्न त्यहाँ कानुन बनाइ राख्नु नपर्ने रहेछ ।गाडीमा जति सिट त्यति यात्रु बसपार्क त घरको छतमा । दार्जलिङ आफैँमा रमणिय बजार र विकसित नेपाली बसेको  एउटा पृथक ठाउँका रुपमा मैले परिभाषित गरेँ । घुम्दै गर्दा अनौपचारिक भ्रमण लम्ब्याउने निर्णय गरियो र दार्जलिङमा केहि समय बिताएर सिक्कमको गान्तोक प्रस्थान ग¥यौँ ।
 हामीले कक्षा ४ को नेपाली किताबमै पुर्वमा टिस्टाको बारे थाहा पाएका थियौ । नेपालीले कहिल्यै नविर्सने टिस्टा नदी हेर्न पाउँदाको क्षणको जति बर्णन गरेपनि कमिनै हुन्छ । टिस्टाले पनि लमतन्न परेर आफूलाई कहिल्यै नविर्सने नोपालीहरु आए भनेर होला सुसाएको लवजमा हामीलाई स्वागत गरिरहेको थियो ।
दार्जलिङ देखिनै बाटोमा देखिएको एउटा दृष्य सिक्किम आइपुग्दा झनै बाक्लीएको थियो । त्यो दृष्य हो जंगल । त्यहाँ जव रुखका विरुवा उम्रन्छन् काट्न त परै जाओस् प्रकृतिक सुन्दरता नष्डट हुन्छ भनेर गोडमेल गर्न समेत पाइँदो रहेनछ । आफ्नो बारीको विरुवा काट्न समेत सरकारको अनुमति चाहिने र काटिसके पछि एक बोट बराबर १० वटा बिरुवा रोप्नु पर्ने नियम रहेछ । यो कुरा थाहा पाए पछि गाडी मा रहेका साथीहरुले अझ नेपालमा यी रुखहरु भएको भए दलहरुले सहमति गरेर काट्थे होलान् भन्दा एकछिन सबै हाँस्न बाध्यभएका थिए । हामी गान्तोक पुग्दा राति ८ बजिसकेको थियो । त्यो दिन हामीले त्यहिँ वितायौं ।
चाँैथो दिन (साउन १५, २०६८) 
चौंथोदिन बिहानै हामी जो जता घुम्न गएपनि ११ बजे सोहि ठाउँमा भेट्ने सर्तमा आफूखुसी घुम्न हिँड्यौँ । म आफुलाई चाहि सँगै घुम्न पाएको त्यो ठाउँको बारेमा अझ धेरै जानकारी प्राप्त गर्न पाइन्थ्यो जस्तो लागेको थियो । आँखाले जति देख्न भ्याइयो त्यतिमात्र दार्जलिङ र सिक्किमको राजधानी गान्तोक चिनियो वास्तविकता भने अध्ययन गर्न केहि घण्टाको भ्रमण समय पर्याप्त थिएन । लगभग ५० हजार जनसंख्या रहेको गान्तोक सहरमा रामेछाप, दोलखा, स्याङ्जा लगायतका जिल्लाबाट ज्यामीकाम गर्न गएकाहरु प्रसस्तै भेटिए बिहान सितलताको मौसम सँगै डुल्डा–डुल्दै ११ बजेको पत्तै भएन ।  त्यसपछि खाना खाएर सिक्किम बासीसामु समय र मौका मिले फेरी घुम्न आउने प्रतिबद्धता जनाउँदै काँकडभिट्टाको लागि प्रस्थान गरियो ।
पाँचौ दिन (साउन १६, २०६८)
पाँचौंदिन बिहानै हामी कोशी ब्यारेज अवलोकल गर्न हिँड्यौ ।  भारतले व्यारेज बन्द गरिदिँदा गर्दा कटान भएको नेपाली भुमि हेर्दा भारतिय ज्यादतिको विरुद्ध मुठ्ठी कसिन्थ्यो र पखुरामा बल भरिएको अनुभूति हुन्थ्यो । भ्रमणको अन्तिम दिन त्यसमाथि पनि समयमा घर आइपुग्नु पर्ने बाध्यताका कारण छिट्टै हामीले यात्रा सुरु ग¥यौँ । त्यसपछि बसले बसले आफ्नो गति सुरु ग¥यो ३ दिन देखि फोन सम्पर्क बिहिन बनेका साथिहरु काँकडभिट्टाबाटै फोनमा व्यस्त थिए । तर मलाई भने सदरमुकाम धादिङबेसी र आसपासको क्षेत्रलाई हामी सिक्किम जस्तै बातावरिणय रुपमा सुन्दर र भरिपुर्ण बनाउन सक्दैनौ ? भन्ने लागिरहेको थियो । हामीसँग श्रोत र साधनको के कमि छ ? दार्जलिङ र सिक्किममा प्लाटिकका पोलिथिन झोला निषेध गर्न सक्ने हामी किन नसक्ने ? यी कुराहरु मनमा खेल्दा खेल्दै धादिङबेसी आइपुग्दा रातको १० बज्न लागि सकेको थियो ।


0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts