Thursday, May 23, 2013

धादिङ जेष्ठ १० ।  विद्यालय तहमा स्थायी शिक्षक छनोटका लागि शिक्षा सेवा आयोगले लिएको माध्यमिक तहको परीक्षा सम्पन्न भएको छ । तीन दिनसम्म चल्ने परीक्षा अन्तर्गत आयोगले हिजो  माध्यमिक तहको परीक्षा लिएकोे हो । शिक्षक सेवा आयोगले १७ बर्षपछि शिक्षक पदका लागि लिएको परिक्षा अन्तरगत हिजो माध्यमिक तहका परीक्षा सम्पन्न गरेको छ ।
नयाँ शिक्षक पदपुर्ति तथा बढुवा गर्ने मुख्य जिम्मेवारी सहित २०५७ सालमा शिक्षक सेवा आयोगको स्थापना भएको थियो । आयोग स्थापना भएको १२ बर्षसम्म नयाँ शिक्षक भर्ना गर्न सकेको थिएन । करीब सात लाख जनालाई शिक्षक अध्यापन अनुमति पत्र बाँडेको आयोगले १२ बर्षमा पहिलो पटक आयोगले काम थालेको हो । परिक्षा अन्तरगत धादिङ जिल्लाभरमा १ सय ६० वटा कोटाको लागी परिक्षा सञ्चालन भएको छ ।  परिक्षाको  पहिलो दिन आज माध्यमिक तहको लागी २० वटा कोटामा ५ सय ६५ जनाले प्रतिस्पर्धा गरेका छन् ।
यसैगरि निम्न माध्यमिक तहको लागी  ३८ वटा कोटामा  २६ सय जना परक्षार्थी र प्राथमिक तहको लागी १ सय २ वटा कोटामा ३८ सय भन्दा बढी परीक्षार्थीहरुको सहभागिता रहने जिल्ला शिक्षा कार्यलय धादिङले जनाएको छ । जिल्लाभरबाट आयोगका लागी ६ हजार ८ सय ५२ जनाले परिक्षा दिने भएका छन् ।
 परिक्षाको लागी धादिङबेशी आसपासमा रहेका १५ वटा विद्यालयहरुमा परिक्षा केन्द्रहरु तोकिएको छ । त्यस्तै प्रत्येक परीक्षा केन्द्रमा एक–एक वटा केन्द्राध्यक्ष, दुई–दुई वटा सहायक केन्द्राध्यक्ष, एक जना व्यावस्थापक तथा आवश्यक मात्रामा कार्यलय सहयोगीहरु खटाईएको जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले जानकारी दिनुभएको छ । परिक्षाको मर्यादित विपरीत क्रियाकलाप गर्नेलाई परिक्षा नै रद्व गर्ने आयोगले यसयअधिनै जानकारी गराईसकेको छ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts