Thursday, May 23, 2013

धादिङबेसी जेष्ठ १० । धादिङवेसी बिचबजारमा रहेको टिकट काउण्टर हटाउने र बसपार्कबाट मात्र काउन्टर राखेर टिकट काट्ने बसपार्क बासीहरुको र जिल्ला प्रशासन कार्यालयको निर्णयको विरोध गर्दै हिजो धादिङबेसी बिचबजारका स्थानीयले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा बालिएको टायरको धुँवाले हिजो दिनभर जस्तो बजारबासिलाई असर गरेको थियो । यता बीचबजार बासीको विरोधको प्रतिउत्तर जस्तै देखिने गरी पुछार बजार स्थित बसपार्कवासीले आज बसपार्क क्षेत्र बन्द र बसपार्कमा गाडी प्रवेसमा रोक लगाएका छन् । धादिङबेसी विचबजारमा रहेको बस, केही दिनअधि मात्रै माईक्रोबस लगायत सबै प्रकारका यातायातका साधनहरु बसपार्कमा राख्ने र बसपार्कमा संचालित टिकट काउण्टरलाई नै संचालनमा ल्याई पूर्ण रुपमा यातायातको साधनहरु बसपार्कमा केन्द्रित गराउने निर्णय जिल्ला प्रशासन कार्यालय तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुले गरेका थिए । विचबजार चोकबाट मिलनटोल जान लागेको यातायातका साधनलाई प्रहरीले रोक लगाएपछि स्थानीयहरुले त्यसको विरोध गरेका थिए ।

Related Posts:

  • नेपाली काँग्रेसको राहत अभियान धादिङ १४ असार । नेपाली काँग्रेस धादिङ क्षेत्र न. २ ले सुदुर पश्चिम लगाएत देशको विभिन्न ठाउँमा बाढि पहिरोले क्षती पु¥याएको परिवारको लागी राहत संकलन कार्य सुरु गरेको छ । नेपाली काँग्रेस धादिङ क्षेत्र नम्बर दुईको आयोजनामा सुरु… Read More
  • सरस्वती उच्च माविमा अन्तरक्रिया सुमन अधिकारी।धादिङ १४ असार । सरस्वती उच्च माध्यमिक विद्यालय धुवाँकोट धादिङमा विहिवार पुरस्कार वितरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यावस्थापन समितिका सदस्य निम बहादुर गुरुङको अध्यक्षता एकीकृत नेकपा माओ… Read More
  • माध्यमिक तहको परीक्षा सम्पन्न धादिङ जेष्ठ १० ।  विद्यालय तहमा स्थायी शिक्षक छनोटका लागि शिक्षा सेवा आयोगले लिएको माध्यमिक तहको परीक्षा सम्पन्न भएको छ । तीन दिनसम्म चल्ने परीक्षा अन्तर्गत आयोगले हिजो  माध्यमिक तहको परीक्षा लिएकोे हो । शिक्षक से… Read More
  • धादिङ शिक्षा आयोगको परिक्षा धादिङ । विद्यालय तहमा स्थायी शिक्षक छनोटका लागि शिक्षा सेवा आयोगले लिएको  निम्न माध्यमिक तहको परीक्षा शुक्रवार सम्पन्न भएको छ । तीन दिनसम्म चल्ने परीक्षा अन्तर्गत आयोगले शुक्रवार निम्न माध्यमिक तहको परीक्षा लिएकोे हो ।… Read More
  • हिजो बीचबजार बन्द आज बसपार्क बन्द धादिङबेसी जेष्ठ १० । धादिङवेसी बिचबजारमा रहेको टिकट काउण्टर हटाउने र बसपार्कबाट मात्र काउन्टर राखेर टिकट काट्ने बसपार्क बासीहरुको र जिल्ला प्रशासन कार्यालयको निर्णयको विरोध गर्दै हिजो धादिङबेसी बिचबजारका स्थानीयले प्रदर्शन… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts