Friday, May 24, 2013

धादिङ । विद्यालय तहमा स्थायी शिक्षक छनोटका लागि शिक्षा सेवा आयोगले लिएको  निम्न माध्यमिक तहको परीक्षा शुक्रवार सम्पन्न भएको छ । तीन दिनसम्म चल्ने परीक्षा अन्तर्गत आयोगले शुक्रवार निम्न माध्यमिक तहको परीक्षा लिएकोे हो ।
शिक्षक सेवा आयोगले १७ बर्षपछि शिक्षक पदका लागि लिएको परिक्षा अन्तरगत हिजो माध्यमिक तहको परिक्षा हिजो सम्पन्न भईसकेको छ ।

नयाँ शिक्षक पदपुर्ति तथा बढुवा गर्ने मुख्य जिम्मेवारी सहित २०५७ सालमा शिक्षक सेवा आयोगको स्थापना भएको थियो । आयोग स्थापना भएको १२ बर्षसम्म नयाँ शिक्षक भर्ना गर्न सकेको थिएन । करीब सात लाख जनालाई शिक्षक अध्यापन अनुमति पत्र बाँडेको आयोगले १२ बर्षमा पहिलो पटक काम थालेको हो । परिक्षा अन्तरगत धादिङ जिल्लाभरमा १ सय ६० वटा कोटाको लागी परिक्षा सञ्चालन भएको छ ।

यसैगरि  आज निम्न माध्यमिक तहको लागी  ३८ वटा कोटामा  २६ सय जना परक्षार्थीको सहभागिता रहेको थियो । भोलि प्राथमिक तहको लागी १ सय २ वटा कोटामा ३८ सय भन्दा बढी परीक्षार्थीहरुको सहभागिता रहने जिल्ला शिक्षा कार्यलय धादिङले जनाएको छ । जिल्लाभरबाट आयोगका लागी ६ हजार ८ सय ५२ जनाले परिक्षा दिने भएका छन् ।

 परिक्षाको लागी धादिङबेशी आसपासमा रहेका १५ वटा विद्यालयहरुमा परिक्षा केन्द्रहरु तोकिएको छ । त्यस्तै प्रत्येक परीक्षा केन्द्रमा एक–एक वटा केन्द्राध्यक्ष, दुई–दुई वटा सहायक केन्द्राध्यक्ष, एक जना व्यावस्थापक तथा आवश्यक मात्रामा कार्यलय सहयोगीहरु खटाईएको जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले जानकारी दिनुभएको छ । परिक्षाको मर्यादा विपरीत क्रियाकलाप गर्नेलाई परिक्षा नै रद्व गर्ने आयोगले यस अधिनै जानकारी गराईसकेको छ

Related Posts:

  • राजनीतिक स्थिरता र आथिर्क विकास हाम्रो मूल एजेण्डा– धमला ८ कार्तिक नीलकण्ठ । संविधानसभाको निर्वाचन नजिकीदै गर्दा एकीकृत नेकपा माओवादी निर्वाचन क्षेत्र न. २ आफ्नो पक्षमा जनमत जुटाउनको लागी जनताहरुको घरदैलो जाने अभियान अन्तगर आज नीलकण्ठ गाउँ विकास समितिको  पाँचधारेमा अन्तरया… Read More
  • एमााले धादिङका जिल्ला नेता काठ तस्करीमा टापबहादुरको गोठमा मकैको घाँसले छोपि राखेको अवस्थामा फेला परेको काठ असोज १३ । एकिकृत नेकपा माओवादीको सहायक संगठन योङ कम्युनिष्ट लिग धादिङले अवैधरुपमा बेच्नको लागि लुकाई राखेको काठ आफ्नो नियन्त्रणमा लिएको छ । जोगिमारा गाउँ… Read More
  • धादिङ क्षेत्र नं.२ मा कल्पना धमलाको स्थिति कस्तो छ ? (यतिबेला चौतर्फी चुनावी सरगर्मी बढेको छ । संविधानसभाको दोस्रो निर्वाचनमा आफुले जित्ने दाबी सबै दलको छ । पहिलोे संविधानसभाको निर्वाचनमा धादिङका तीन वटै क्षेत्रमा एमाओवादीले बिजय भएको ताजै छ । आगामी मंसिर ४ गते हुने संविधानसभ… Read More
  • धादिङ मैदीमा आएर के भने बाबुरामले सुदिप विश्वकर्मा कार्तिक ५ मैदी । २०६४ सालको निर्वाचनमा आफ्नो पार्टीको स्पष्ट बहुमत नआउँदा जनपक्षिय संविधान निर्माण गर्न नसिकएको एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराईले बताउनुभएको छ … Read More
  • प्रत्यक्षतर्फ को–को उठे धादिङमा हुने नै भयो मंसिर ४ मा निर्वाचन धादिङबेसी । पहिलो संविधानसभाले संविधान बनाउन नसके पछि दोस्रो संविधानसभाको निर्वाचन गराउन बनेको खिलराज रेग्मी नेतृत्वका सरकारले अन्ततः मंसिर ४ गते निर्वाचन गराउने पक्का भएको छ । सबै दललाई सहभ… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts