डा. टीकाराम पोखरेल |
जनताले नबुझेको गणतन्त्र
जनताले आफूले छानेका प्रतिनिधिहरुद्वारा विधान निर्माण तथा व्यवस्था र न्यायविधि तय गरी त्यसै आधारमा शासन व्यवस्था सञ्चालन गर्ने र प्रतिनिधि निर्वाचन गर्ने राजनैतिक व्यवस्थालाई गणतन्त्र वा जनव्यवस्था भन्ने गरिन्छ । विश्व इतिहासमा जे जति गणतान्त्रिक मुलुकहरु घोषणा भएका छन् ती सबै जनताको अथक संघर्ष र बलिदानी पछि मात्र घोषणा भएका छन् । नेपालमा पनि १० वर्षे माओवादी सशस्त्र द्वन्द्व, १९ दिने जनआन्दोलन–२, जनआन्दोलनको बलमा बनेको अन्तरिम संविधान, २०६३ र सोही संविधानबमोजिम भएको संविधानसभाको निर्वाचनबाट बनेको पहिलो संविधानसभाको पहिलो वैठकबाट नेपाल गणतन्त्रिक मुलुक घोषणा भएको हो । त्यसो त राजनीतिक दलहरुले पहिलो संविधानसभाको निर्वाचन अघि अन्तरिम संविधानमा नेपाल संघीय लोकतान्त्रिक गणराज्य हुनेछ भन्ने कुरा उल्लेख गरिसकेका थिए । तर संविधानसभाको निर्वाचनपश्चात् बसेको संविधानसभाको पहिलो वैठकले अन्तरिम संविधानमा उल्लेख भएबमोजिम २०६५ जेठ १५ गते गणतन्त्र कार्यन्वयनको घोषणा गरेको हो । २५० वर्षे राजतन्त्रको अन्त्य गर्दै संविधानभाले गणतन्त्र कार्यान्वयनको घोषण गरेको यतिबेला ५ वर्ष अवधि पूरा भएको छ । यस बीचमा तत्कालीन राजा ज्ञानेन्द्रले सहजतापूर्वक नारायणहीटी त्याग गरिसकेका छन् । राजतन्त्रको विधिवत् अन्त्य पश्चात् राष्ट्रपतिको निर्वाचन भई गणतन्त्रले कानुनी हिसाबले मूर्त रुप लिइ सकेको छ । जुन नेपालको राजनीतिक इतिहासमा छोटो समयको उच्चतम सुखद उपलब्धि हो ।
तर बिडम्बना नै भन्नु पर्छ गणतन्त्रलाई संस्थागत गर्ने संविधान बन्न सकेन । त्यसैले उपलब्धि दिवसको औपचारिकतामा सीमित हुन पुगेको छ । विगतका वर्षहरुदेखि नै सरकारले गणतन्त्र दिवस मनाउनका लागि समिति गठन गरी गणतन्त्र घोषणा भएको दिन विभिन्न कार्यक्रमहरु गर्दै आइरहेकोछ । यस वर्ष पनि विगतको निरन्तरताको तयारी चलि नै रहेको छ । तर परम्परित रुपमा गर्न लागिएका यस्ता कार्यक्रमप्रति जनताको भने खासै चासो छैन । त्यसो त काम चलाउ चुनावी सरकारको पनि यसमा खासै उत्साह र चासो देखिन्न । आस्था र परिणतिका लागि भन्दा पनि देखाउनका लागि गणतन्त्र दिवस मनाइँदै छ । आफूलाई सबैभन्दा बढी गणतन्त्रवादी देखाउने दौड मात्र प्रदर्शन भैरहेको छ । विगतमा माधवकुमार नेपालको सरकार हुँदा सरकारद्वारा आयोजित गणतन्त्र दिवसलाई बहिष्कार गर्दै एकीकृत माओवादीले भिन्नै गणतन्त्र दिवस मनाएको थियो । त्यसैगरी यसवर्ष चुनावी सरकारसँग असहमतहरुले पनि भिन्नै गणतन्त्र दिवस मनाउने कसरत गरिरहेका छन् । आफू सबैभन्दा ठूलो गणतन्त्रवादी देखिनका लागि गर्न लागिएका यस्ता दिवसहरुले औपचारिकता निर्वाह गर्नु सिवाय खासै अर्थ राख्नेवाला छैन । गणतन्त्रपश्चात पनि जनतको जीवनस्तरमा कुनै सुधार आएको छैन त्यसैले गणतन्त्र जनताको लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात भएको छ । यो सबैको कारकतत्व भनेका राजनीतिक दलहरु नै हुन् । जसले गणतन्त्रलाई आफ्नो स्वार्थ साँध्ने साधन मात्र बनाएका छन् ।
आमजनताका दुःख पीडाहरुलाई एकातिर थाती राख्दै कानमा तेल हालेर पञ्चायती ढर्रामा मनाउन लागिएको गणतन्त्र दिवसको औचित्य के हुन्छ ? के गणतन्त्र दिवस मनाउने सन्दर्भमा सार्वजनिक गरिएका कार्यक्रमहरु कुनै जनमुखी कार्यक्रम छन् ? गणतन्त्र दिवसका दिन वितरण गर्न लागिएका ठूला ठूला विभूषणहरु सबै ठूला बडा र पहुँचवालाले नै पाउने हुन् । भरिएका पेटहरुलाई ती विभूषणको पनि मतलब होला, पाउने खुसी होलान्, पाउने संभावितमा परेर पछि नपाएकाहरु बेखुसी होलान् तर आमजनतालाई यो विभूषणसँग कुनै लेनादेना छैन । न त खुलामञ्चमा मनाइने औपचारिक कार्यक्रमसँग नै कुनै मतलब छ । मतलब होस् पनि कसरी ? जनताको नाममा मनाउन लागिएको गणतन्त्र दिवसका दिनमा पनि गरिब जनताले दिनभरि पाखुरी खियाएन भने भने बेलुका उसका बालबच्चा भोकै रहन्छन् ।
चिसो चूलो र भोको पेटमा लादिएको गणतन्त्र कस्तो हुन्छ ? त्यसको नमूना हेर्ने हो भने नेपालको गणतन्त्रलाई हेरे पुग्छ । गणतन्त्रको घोषणापछि केही राजनीतिक दलका आसेपासे बाहेक आमजनताले गणतन्त्रको अनुभूति गर्न नपाएका मात्र होइन दुर्गम र पिछडिएका समुदायका जनतालाई देशमा कुन चाहिँ तन्त्रले राज गरेको छ भन्नेसम्म थाहा छैन । उनीहरु जान्दछन् भने माओवादी आन्दोलनमा भोगेको १० वर्षे पीडा मात्र जान्दछन् । तर के का लागि द्वन्द्व भयो त्यो उनीहरुलाई थाहा छै । आफूले द्वन्द्वमा भोगको पीडाको मूल्य के हो ती भोका पेटहरु जान्दैनन् ।
केही जानेबुझेका जनता गणतन्त्रसँगै शान्ति र विकासको आसा गरेर बसेका थिए । तर जनताको शान्ति र विकासको आसा निराशामा परिणत भएको छ नै । सत्ता हानाथापले गर्दा देशको राजनीतिक अवस्था पनि अन्यौलपूर्ण छ । सत्ता भागवण्डा नमिलेर गैरदलीय सरकार बनाउने सम्मको अभ्यास भएको छ । गणतन्त्र ल्याउने क्रममा बलिदानी गरेका सहिदहरुलाई दलहरुले यति छिटै बिर्सिसकेका छन् । आन्दोलनका घाइतेहरुको पीडा पनि सरकार र राजनीतिक दलको कानमा पर्न सकेको छैन । सत्ताको लोभी पापी बनेर राजनीतिक दलहरुले आफ्नो मानसिकतामा चरम गरिबी भित्र्याएका छन् । देशमा अशान्तिको कालो बादल मडारिइरहेको छ । यसले कुनै पनि राजनीतिक दललाई फाइदा पु¥याएको छैन, प्रतिगामीहरुलाई शिवाय ।
संविधानसभा संविधान नै नबनाइ विघटन भएको मात्र होइन, अर्को संविधानसभाको निर्वाचन पनि हुने नहुने अन्यौलमा छ । अरु दलको त कुरै छाडौँ रेग्मी सरकारको गठन र दोस्रो संविधानसभाको निर्वाचनका लागि कुरो मिल्यो भनेका चार दल समेत चारदिशातिर फर्केर कुरा गर्न थालिसकेका छन् । देशमा शान्तिसुरक्षाको स्थिति यति नाजुक छ कि निवर्तमान संविधानसभाका सदस्य नै मारिएका छन् भने सर्वसाधारणको हालत के होला ? उपभोग्य वस्तुको मूल्य अकासिएर आकाश छुन पुगेको छ । सर्वसाधारण अभाव, बन्द, हड्ताल र चक्काजामको मारमा परेका परेकै छन् । राजनीतिक खिचातानीका कारण जनताका गास, बास र कपासका समस्या ओझेलमा परेका छन् । अहिले पनि बाँच्न पाउने अधिकार तथा अभिव्यक्ति स्वतन्त्रता धरापमा परेको छ । मानव अधिकारको प्रत्याभूति हुन सकेको छैन । दण्डहीनताले प्रश्रय पाइरहेको छ, दिनदहाडै सञ्चारकर्मीहरु मारिएका छन्, कुटिएका छन् र धम्क्याइएका छन् । दलहरुमा आफूहरु सत्तामा पुगे मात्र गणतन्त्र सबल हुने अन्यथा दुर्बल हुने भन्ने मानसिक रोग लागेको छ । राजनीतिक दलका गतिविधिहरुलाई कानुनी शासनका सिद्धान्तहरुले खिल्ली उडाइरहेको छ । जनता मालिक हुनुपर्ने ठाउँमा अहिले पनि दासको जस्तो जीवन बिताउन बाध्य छन् । अन्याय, अत्याचार र भ्रष्टाचार नेपालको पर्यायवाची भएको छ ।
देशभित्रका यतिसम्मका गतिविधिहरुलाई त शासकहरुले सजिलै पचाइसकेका छन् । तर सबैभन्दा बिडम्बनाको कुरा त देशमा गणतन्त्र अर्थात् जनव्यवस्था आयो भनेर नाक ठूलो पार्ने नेताहरुले सरकार बनाउन र ढलाउन पनि जनताको भर पर्न छाडिसकेका छन् । सरकार विदेशीले ढलाइदिनुपर्ने, बनाइदिनुपर्ने र चलाइदिनुपर्ने स्थितिलाई सहज रुपमा लिन थालिएको छ । अब त संवैधानिक अंगका पदाधिकारीको नियुक्तिसम्ममा पनि विदेशीको नाम जोडिन थालेको छ । विदेशी शक्ति नेपालको सत्ता राजनीतिको अभिन्न अंग बनेको छ । राजनीतिक दलहरुलाई सत्ताको भोक लाग्यो कि दक्षिणतिर धाउने, सत्ता खतरामा प¥यो कि उतै गुहार्ने र आफू सत्तामा पुग्न पाएपछि उतैको गुणगान गर्ने र नपाएमा सत्तोसराप गर्ने लत बसेको छ । नेपालमा यो कस्तो खालको गणतन्त्र आएको हो ? जनताले बुझ्न सकेका छैनन् ।
प्रश्न उठेको छ, नेपालको गणतन्त्रको जग कहाँ छ ? विदेशीमा कि नेपाली जनतामा ? अब आमजनताको यो प्रश्नको उत्तर दलका नेताहरुले दिनुपर्नेछ । जनतालाई राज्यसत्ताको स्राते मान्ने तर विदेशी शक्तिकै भरमा राज्यसत्ता सञ्चालन गरिरहने हो भने यो गणतन्त्र भन्ने नाटक किन गर्छन् दलका नेताहरु ? विपक्षीमा रहँदा सधैँ जनताका कुरा गर्ने सत्तामा पुग्नेबित्तिकै विदेशीको शरण परिहाल्ने कस्तो प्रकारको गणतन्त्र हो ? जुन गणतन्त्र आमजनताले बुझेका छैनन् ।

0 comments:
Post a Comment