Tuesday, June 25, 2013

कुनैपनि पार्टी चाहे पुँजीवादी विचारधारा लिने पार्टी होस्, चाहे सर्वहारा क्रान्तिकारी कम्युनिष्ट पार्टी
पुष्पविक्रम मल्ल
माक्र्सबाद(लेलिनवाद(माओवाद लाई आफ्नो पार्टीको मार्ग निर्देशक पार्टी कार्यदिशा मान्ने पार्टी होस्, ति सबै पार्टीले पार्टी कार्यदिशा र कार्यशैलीबीच रहेको अन्तरविरोधहरुलाई समाधान नगरि पार्टीलाई नयाँ जीवन दिन सक्तैन । तसर्थ यतिखेर महान जयनयुद्ध को नेतृत्व गरेको एकीकृत माओवादी पार्टीको क्रान्तिकारी विचार कार्यदीशा र कार्यशैली बीच देखापरेको गम्भीर अन्तरविरोधलाई सापेक्षीत रुपमा ठीक सँग बुझ्न सजिलो होस भनेर कार्यदिशा र कार्यशैली बीच देखा परेको अन्तरविरोध बारे संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।

हाम्रो पार्टीको एकताकोे साताँै महाधिवेशनको हेटौडाबाट पहिलोः पार्टी भित्र देखा पर्ने विभिन्न विचार र प्रवृत्ति बीचको बिचारधारात्मक संधर्षको बीचबाट मालेमाबादको आधारभुत सिद्धान्तको जगमा पार्टी  कार्यदीशा राजनैतीक कार्यदिशामा एकताबद्ध गर्न सफल भयो । हेटौडा महाधीबेशनबाट  पारीत सर्वहारावर्गीय क्रान्तिकारी कम्युनीष्ट मालेमावादमा नेपाली क्रान्तिको नयाँ शंश्लेषण गरिएको छ ।  पुँजीवादी क्रान्तिको संघीयता, गणतन्त्र, घर्मनिरपक्षता र समानुपातिक जस्ता केहि राजनीतिक कार्य भारलाई दोस्रो संविधानसभाको निर्वाचन मार्फत संस्थागत गर्ने र समाजवादी क्रान्तिको तयार गर्ने सर्वहारावर्गीय माक्र्सवाद(लेनिनबाद(माओवादमा पार्टीको नयाँ कार्यदिशा पारीत गरिएको छ । यसरी सरकार र सडकबाट कार्ययोजना बनाएर  लागु गर्ने पार्टीको नयाँ कार्यदिशा  पारीत गरिएको छ ।
दोस्रोः पार्टी नयाँ कार्यदिशा अनुसार संगठनमा एकतावद्ध हुन सक्छ कि सक्दैन ? पार्टी भित्र गम्भिर चुनौती रहेको छ । पार्टीको योजना अनुसार जनता कार्यकर्ता नेताहरुको भावन बुझ्न पार्टीले प्रशिक्षण जनसभा गरि गाउँसम्म लैजाने काम भयो । मुलभुत रुपमा पार्टीको नयाँ विचार कार्यदिशा बारे नयाँ रक्त सञ्चार गरियो र देशभरबाट विद्रोह गरि एकीकृत माओवादीमा आउने जनलहर पैदा भएको छ । यो एउटा महान उपलब्धी हो । तर पार्टीको नयाँ कार्यदिशा क्रान्तिकारी कम्युनिष्ट हो भनेर आम पार्टी पंक्ति भित्र एकरुपतामा बुझाउन र बुझ्न कठीन भएको छ । किनकी २००६ साल देखी  नयाँ जनवादी क्रान्ति जनयुद्ध सषष्त्र विद्रोहबाट मात्र पुरानो प्रतीक्रीयाबादी राज्यसतालाई ध्वस्त गरी सर्वहारा वर्गीय राज्यसता स्थापना गर्ने  भनि पार्टी पंक्ति भित्र प्रशीक्षण गर्ने काम भयो । तर नयाँ जनवादी क्रान्ति शसत्र विद्धोहको तरीका भन्दा भिन्न नयाँ तरिकाबाट पनि नेपाली क्रान्ती सफल गर्न सकिन्छ भनेर बुझाउन बुझनलाई लामो प्रक्रीयाबाट मात्र बुझाउन सकिन्छ । तर्सथ पार्टीका  मध्यम स्तरका नेता कार्यकर्ताहरुमा विचार एक रुपता भएपनि नेताकार्यकर्ताको  दैनीक कार्यशैलीमा सर्वहारा वर्गको स्थानमा पुजीवादी व्यवहार कार्यशैलीले गर्दा पार्टी संसदवादी बुर्जुवा  भयो भन्ने केहीमा निरासा कुण्ठा पनि देखापरीरहेको छ । तसर्थ पार्टीकेन्द्र देखी गाउँ तहसम्म क्रान्तीकारी सर्वहरा बर्गीय सहि विचार,  सही राजनैतिक कार्यदिशा  अनुसार  नेता कार्यकर्तामा  पुँजीवादी सामन्ती कार्यशैली व्यावहार आचरण बीच भएको गम्भिर अन्तरविरोधलाई समाधान गर्ने पार्टी केन्द्रीय समितिले नयाँ योजनाको साथ समाधान गर्न सक्नु पर्दछ । सर्वहाराबादी व्यावहार आचरणको स्थानमा यतीखेर सामन्ती पुँजीवादी व्यावहार आचरण कार्यशैलीले उच्च स्थान लिएको हुदाँ क्रान्तिकारी बिचार सही  राजनैतिक कार्यदिशालाई ओझेलमा पार्ने काम भएको हुदाँ हाम्रो पार्टी पनि संसदबादी बुजुर्वावादी पार्टी बन्योकी भन्ने भ्रम पार्टी पंक्तिमा देखापरेको छ ।  हाम्रो पार्टीेले नितान्तै नयाँ तरिकाबाट आर्थिक उत्पादन गर्ने र विद्रोह पनि नयाँ तरिकाबाट गर्ने निर्णय गरेको छ ।
हेटौडा महाधिवेशनबाट पारित नेपाली क्रान्तिको नयाँ शंष्लेषण नितान्त नौलो भएको हुदाँ पार्टी नेता कार्यकर्ताले सजिलैसित बुझ्नलाई अत्यन्त कठिन भएको छ । तसर्थ यतिखेर संक्रमणकालिन राजनीतिक स्थितीको यो विशिष्ठ परिस्थितीमा कार्यँदिशा र कार्यशैलीबीचको अन्तरविरोध जुन देखापरिरहेको छ । यसलाई स्वभाविक रुपमा क्रान्तिको नियमको रुपमा बुझ्न जरुरी छ । किनकी नेपाली क्रान्ति पुरा भएको छैन । शान्तिपुर्ण मोर्चामा दुश्मन र विरोधिहरु सँग प्रतिस्पर्धात्मक राजनीतिमा छौँ । यो शान्तिपुर्ण मोर्चाको संधर्षमा सर्वहारा क्रान्तिकारीहरुले श्रेष्ठता हासिल गर्नै पर्छ । बुजुर्वा संसदवादीहरु सँग क्रान्तिकारी कम्युनिष्टहरुले प्रतिस्पर्धा गर्दा संसदवादी, पुँजीवादी आचरण कार्यशैली कतिपय क्रान्तिकारी नेता कार्यकर्ताहरुमा देखा पर्नुलाई  पनि क्रान्तिको नियम हो भनेर बुझ्नु पर्दछ । तैपनि पार्टीले सर्वहरावादी आचरण कार्यशैलीलाई लागु गर्ने प्रयत्न गर्नुपर्छ ।
हेटौँडा महाधिवेशनको दस्तावेजलाई विश्वका देशहरुले गहिरो सँग अध्ययन गरेको छ । त्यसमध्ये अध्यक्ष क. प्रचण्डले राखेको त्रिदेशीय राजनीति साझेदारी बारे चीन र भारतमा सकारात्मक रुपबाट गम्भिर बहस भईरहेको छ । किनकी आजको २१ शताब्दीमा नेपालले यो वा त्यो नाउँममा समर्थन वा विरोध भन्दा पनि नेपालको भौतिक पुर्वधार, पर्यटन, जलविद्युतविकासमा दुवै  छिमेकी चीन र भारतले संयुक्त रुपमा आर्थिक लगानी गरि नेपाली जनताहरुको आर्थिक जिवनस्तर बृद्धि गर्नको लागी प्रस्ताव गरिएको छ ।  हेटाँेडा महाधिवेशले माक्सवार्द(लेलीनवाद(माओवादको  सर्वहारा बर्गीय विचारधारामा नेपाली क्रान्ति सम्पन्न गर्न नयाँ शंष्लेषण गरिएको छ ।
 पुरानो परम्परावादी क्रान्तिको तरिका भन्दा विल्कुल नयाँ नितान्तै नयाँ तरिकाबाट नेपाली क्रान्ति सम्पन्न गर्न सहि विचराधारा सहि राजनीतिक कार्यदिशाको विकास गरेको छ । पार्टीको कार्यदिशा अनुसार बृहत शान्ति सम्झौताको सात बर्षको अवधिमा हाम्रो पार्टी कार्यकर्ताहरुको व्यावहार आचरण कार्यशैली संसदवादी बुजुर्वा एवम् सामन्तावादीको प्रभाव जवरजस्ती परेको छ । तसर्थ बुजुर्वा पुँजीवादी व्याबहार आचरण कार्यशैलीलाई देखेर मध्यम स्तरका पार्टी पंक्तिमा भ्रम पैदा भएर निराशा पैदा भएको छ । किनकी एकीकृत माओवादीको पार्टी कार्यदिशा र कार्यशैली बीचमा देखापरेको अन्तरविरोधलाई बुझाईमा सापेक्षित एकता कायम गरि मुख्य त पुर्णकालिन कार्यकर्ताको व्यवस्थापन सहि ढङगबाट गर्नुपर्दछ । पुर्णकालिन नेता कार्यकर्ताको व्यवस्थापन गर्न पार्टीको उत्पादनमा ध्यान केन्द्रीत गर्ने नीति रहेको छ । तसर्थ असारमा हुने केन्द्रीय समितिबाट उत्पादनको ठोस नीति ल्याएर आर्थिक व्यवस्थापन गर्ने छ ।
यतिखेर नेपालको आफ्नो राष्टिूय स्वार्थको लागी तत्कालिन र दिर्घकालिन रुपमा त्रिदेशीय राजनीतिक साझेदारी र राजनीति भविष्यमा गएर कोशेढुङगा सावित हुने छ । नेपालको आर्थिक विकासमा यसको महत्वपुर्ण भुमिका रहने छ । पार्टीको नयाँ कार्यदिशा र कार्यशैली व्यावहार बीचमा यो संक्रमणकालिन राजनैतिक परिस्थितीमा अन्तरविरोध देखा पर्नुलाई स्वभाविक मान्नु पर्दछ, तर यसलाई सच्याउनको लागी आ(आफ्नो पार्टी समितिमा छलफल गरि कार्यशैलीमा देखापरेको समस्याहरुलाई समाधान गर्न लाग्नु पर्दछ । यसरी मात्र क्रान्तिकारी कार्यभार पुरा गर्न सकिन्छ । कुनैपनि क्रान्ति सफल गर्न पार्टीको आन्तरिक एकता पैदा गर्न सकेको खण्डमा मात्र दुश्मनहरुलाई पराजित गर्न सकिन्छ । तसर्थ यतिखेर पार्टी भित्र देखापरेको कार्यदिशा पार्टी लाईन र कार्यशैली आचरणबीचको समस्याहरुलाई समाधान गर्न सबैले हिजोको गुट(उपगुट पुर्वाग्रही भावना विचारलाई परित्याग गरि हजारौँ शहिदहरुको रगतलाई सम्मान गर्न पार्टीमा एकतावद्ध भएर संगठन निमार्ण र परिचालन गर्न लागाँैँ । यसरी मात्र शहिदको अधुरो सपना पुरा गर्न सक्दछौ, महान शहिदले देखाएको बाटोमा लागीपर्नु नै क्रान्तिको बाँकि कार्यभार पुरा गर्नु हो । अनिमात्र जनताको जित हुने छ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts