Tuesday, July 30, 2013

धादिङ श्रावण १६ । एकीकृत नेकपा (माओवादी)ले संविधानसभाको निर्वाचनलाई कन्द्रित गरेर देशव्यापीरूपमा एक महिने जनपरिचालन अभियान सञ्चालन गरि रहेको छ । साउन १० देखि सुरु भएको यस अभियानका क्रममा धादिङमा तीन केन्द्रीय नेता आएका छन् ।
एकीकृत नेकपा माओवादीको विस्तारित बैठकले  निर्णय गरि निर्वाचन लक्षित अभियान संविधानसभा निर्वाचनका लागि २४० क्षेत्रमा विशेष अभियान गरि रहेको छ ।
नेकपा एमालेका  पूर्व अध्यक्ष माधव नेपाललाई चुनावमा हराई चर्चामा आएका एमाओवादीका केन्द्रीय सदस्य झक्कु प्रसाद सुवेदीले धादिङ क्षेत्र नं. ३ को अभियानको नेतृत्व गर्नु भएको छ । जस्मा एमाओवादी तामसालिङ राज्य समिति सदस्यहरु उत्तमराज कडेल, रामहादुर तामाङ ‘सृजन’, दिपक लामिछाने ‘सुवोध’, राजन रेग्मी ‘निशान’, धुर्व सुवेदी ‘अरुण’ र वाईसिएल धादिङका अध्यक्ष चन्द्रबहादुर सिलवाल ‘मिलन’ लगायतका नेताहरु सहभागी छन् ।
त्यसैगरि  केन्द्रिय सदस्य शशी श्रेष्ठले क्षेत्र न. २ मा चलेको अभियानको नेतृत्व गर्नु भएको छ, जस्मा तामसालीङ राज्य सम्मेलन आयोजक समिति सदस्यहरु धनबहादुर बुर्लाकोटी ‘विजय’, मनराज भण्डारी ‘शैलेस’, गणेस तिवारी ‘श्याम’, सृजना रिजाल ‘प्रभा’, दिपा सिंखडा, विनोदबाबु रिमाल, दिपक विश्वकर्मा लगायतका नेताहरु सहभागी छन् ।
यस्तै श्रीकृष्ण अधिकारी विवेकले क्षेत्र नं. १ मा चलेको अभियानको नेतृत्व गरि रहनु भएको एकिकृत नेकपा माओवादी धादिङले जानकारी दिएको छ । जस्मा जिउँदा सहिदका रुपमा स्थापित एमाओवादी नेता तथा तामसालिङ राज्य सम्मेलन आयोजक समिति सदस्य रामबहादुर भण्डारी, राजु नेपाल ‘विकास’, रामबहादुर थापा ‘पहाडं, शुसिला थापा, वीरबहादुर तामाङ ‘चम्पासिंङ्’, सोम्बोले तामाङ, रामसिंङ् तमाङ, लगायतका नेताहरुको सहभागिता रहेको छ । अभियानले भदौ ११ गते बस्ने एमाओवादीको केन्द्रीय समिति बैठकमा निर्वाचन क्षेत्रगत प्रतिवेदन पेस गर्नू पर्ने र त्यसै प्रतिवेदनका आधारमा निर्वाचनबारे पार्टी रणनीति तय गर्ने बताईएको छ । अभियानका क्रममा कार्यकर्ता र मतदातास“ग भेटघाट गर्र्ने, गाउ“ स्तरीय भेला र छलफल आयोजना गरिने राय, सल्लाह लिने मंसिरमा हुनलागेको संविधान सभाको निर्वाचनमा उम्मेद्वार कस्लाई बनाउने भन्ने सम्मका छलफल हुने हुनाले सहभागिहुन समेत सबैलाई अग्रह गरिएको एमाओवादी धादिङ कार्यलय सचिव विनोदबाबु रिमालले बताउनु भयो ।

Related Posts:

  • धादिङको विकासको लागी प्रतिवद्ध छु– प्रजिअ पोख्रेल धादिङ असार २६ । समग्र जिल्लाको विकासको लागी आफु प्रतिवद्ध रहेको केहि समय अगाडी कार्यभार सम्हाल्नु भएका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोख्रेलले बताउनु भएको छ । जिल्लामा शान्ति सुव्यावस्था कायम गर्नको लागी  सबैको म… Read More
  • उम्मेद्वारी दर्ताको मिति नजिकियो धादिङका तीन ठुलादलले केन्द्रमा पठाए उम्मेदवारको नाम धादिङ । मंसिर ४ गते चुनाव हुन्छ, हुँदैन भईहाले पनि भए रहित वातावरणमा मतदान गर्न पाईन्छ पाईदैन, ढुक्क हुन नसकि रहेको अवस्थामा ठुला ४ दलले भने मंसिर ४ गते जसरी नी चुनावहु… Read More
  • चुनावको तयारीमा एमाओवादी धादिङले १८ जनाको नाम  छनौटको लागि केन्द्रमा पठायो धादिङ । एकीकृत नेकपा माओवादीले धादिङले आगामी संविधानसभा निर्वाचनको लागि प्रत्येक्ष र शनिबार जिल्ला समिति सदस्यहरुको बैठकले प्रत्येक निर्वाचन क्षेत्रबाट प्रत्यक्ष ३… Read More
  • एमाओवादीको जनसम्बन्ध अभियान सकियो धादिङको तीन क्षेत्रमा नै चुनाव जित्ने दावी भाद्र ५ ।धादिङ । एनेकपा माओवादी धादिङले श्रावण १० गतेवाट “पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानसभावाटै संविधान”  को मूल नारासहित संविधानसभाको निर्वाचनको तयारी… Read More
  • झक्कु सुवेदी सहित तीन केन्द्रीय सदस्य धादिङमा धादिङ श्रावण १६ । एकीकृत नेकपा (माओवादी)ले संविधानसभाको निर्वाचनलाई कन्द्रित गरेर देशव्यापीरूपमा एक महिने जनपरिचालन अभियान सञ्चालन गरि रहेको छ । साउन १० देखि सुरु भएको यस अभियानका क्रममा धादिङमा तीन केन्द्रीय नेता आएका छन् … Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts