Monday, July 15, 2013

एनेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले अहिले पार्टीमा पदत्यागपत्र बुझाएका छन् । उनकै
पछिल्लो समय राजनीतिक मैदानमा भएका अरु घटनालाई भट्टराईको राजिनामाले छायाँमा पारिदिएको छ । राजिनामा किन आयो भन्ने विषयमा पनि अनेकन अड्कलबाजी भैरहेका छन् । भट्टराईले राजिनामा दिनुको पछाडि के(के कारण छन् ? उनले कसको सल्लाहमा राजिनामा दिए ? के अब भट्टराईले आफ्नो राजिनामाको औचित्य पुष्टि गर्न सक्लान् त ? के उनी आफ्नो राजिनामा फिर्ता नलिने कुरामा अडान राख्न सक्लान् त ? यस्ता थुप्रै प्रश्नहरु आमनागरिकमा छन् ।
पार्टीभित्रका उनका समथर्कहरु भट्टराईलाई त्यागको महान् नमूना देख्छन् र भन्छन्( ‘भट्टराईले आफूले त्याग गरेर अरुलाई पनि त्याग गर्न पाठ सिकाएका हुन् ।’ उनका विपक्षीहरु भन्छन्( ‘भट्टराई ढाेंगी छन्, यो राजिनामाको अस्त्र उनको पहिलो प्रहार होइन, विगतकै निरन्तरता हो । उनको राजिनामा राजनीति चलिरहन्छ ।’
राजनीति बुझ्न धेरै गारो । राजनीतिभित्रको राजनीति बुझ्न त झनै गारो । त्यसमाथि नेपालको राजनीतिक हावा त अनुमानभन्दा ठीक विपरीत दिशातिर चल्छ । त्यसमा पनि राजिनामा राजनीति त झन बुझ्नै सकिँदैन । किन राजिनामा गर्छन् ? राजिनामा नैतिकताको लडाईँ हो कि महाभारतको पासा । थकाइको परिणति को कि आफूलाई फरक देखाउने महत्वाकांक्षा । दबाबमा हो कि स्वच्छिक । चेपुवामा परेर हो वा स्वतस्फूर्त । राजिनामापश्चात् यस्ता थुप्रै प्रश्नहरु जन्मिन्छन् । जे भए पनि नेपालको सन्दर्भमा राजिनामा राजनीतिलाई सामान्य अर्थमा लिइँदैन । कुनै न कुनै रुपमा त्यसभित्र गम्भीर अर्थ लुकेको हुन्छ । फरक यति हो कि ती अर्थहरु कति ज्ञात हुन्छन् कति अज्ञात । कति बाहिर देखिने एउटा र भित्री लुकाइने चाहिँ फरक पनि हुन्छन् ।
राजिनामा राजनीतिभित्रको एउटा खेल हो । तर नेपालको राजनीतिमा राजिनामा राजनीति नौलो खेल चाहिँ होइन । बेलाबेलामा चल्ने मौसमी खेल हो यो । यो खेलमा केहीले हारे पनि धेरैले जितेका छन् । विगतमा पनि त्याग भन्दै राजिनामा गर्नेहरुले अझ नयाँ(नयाँ पासा पल्टाएको देखिएकोले पनि अहिले बाबुराम भटरार्ईको राजिनामालाई शंकास्पद आँखाले हेरिएको छ । जुन स्वाभाविक पनि छ ।
पञ्चायती कालमा दुई राजिनामाहरु निकै चर्चामा आए । सिंहदरबार जल्दा तत्कालीन प्रधानमन्त्री कार्तिनिधि विष्टले दिएको राजिनामा र दशरथ रङ्गशाला काण्डमा तत्कालीन खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका केशरबहादुर विष्टको राजिनामा । ती राजिनामाहरुलाई धेरैले नैतिकताको राजिनामा भने । धेरैले पाठको रुपमा उपमा पनि दिए । बहुदल कालमा नेताहरुले नैतिकता देखाउन नसक्ता यदाकता यिनै पञ्चायतकालका राजिनामाका कुरालाई उदाहरण दिने पनि गरियो । भनिन्थ्यो, नेताहरुमा पञ्चायतको जति पनि नैतिकता भएन । तर बिडम्बना नैतिकताकै लागि राजिनामा गरेका भनिएका ती पञ्चायती नेताहरुको त्यसपछाडिका क्रियाकलाप हेर्दा त्यो राजिनामा त जनतालाई देखाउने हात्तिको दाँत मात्र रहेछ भन्ने कुरा साबित भयो । देशको सबैभन्दा उच्च प्रशासनिक केन्द्र आगलागी हुँदा नैतिकताको लागि भन्दै प्रधानमन्त्री पदबाट राजिनामा दिएका कीर्तिनिधि विष्ट पदकै लागि पछि ज्ञानेन्द्रको ‘कु’को मोहरासम्म बने । अर्का नैतिकवान् भनिएका केशरबहादुर विष्ट पद र प्रतिष्ठाको लागि यो पार्टी र त्यो पार्टी चहार्दा चहार्दै अस्तित्वहीन बने ।
पछिल्लो संविधानसभाको निर्वाचनामा आफू २÷२ ठाउँबाट पराजित भएपछि सोही झोकमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले महासचिव पदबाट राजिनामा गरे । आफूले हारेको मात्र नभएर आफूले नेतृत्व गरेको पार्टीले अपेक्षाकृत परिणाम हात पार्न असफल भएपछि उनले राजिनामा दिनुलाई राजनीतिकवृत्तमा नैतिक जिम्मेवारी बोध भन्ने बुझियो । तर माधव नेपालले फालेको राजिनामारुपी यो भ्रमको जालो लामो समय रहन पाएन । संविधानसभाले छ महिना पूरा नगर्दै भ्रमको जालो फुट्यो । जुन संविधानसभाको चुनावमा हारेका कारण नेपालले महासचिव पदबाट राजिनामा गरे त्यही संविधानसभामा समानुपातिकबाट प्रतिनिधित्व गर्दै संवैधानिक समितिको सभापति मात्र बनेनन् पछि देशकै प्रधानमन्त्रीसम्म बने । २÷२ ठाँउबाट हारेको मान्छे देशको प्रधानमन्त्री बने भनेर नेता नेपालले निकै आलोचना खेप्नु प¥यो तर नेपालले आलोचकहरुलाई टेरपुच्छर लगाएनन् । विपक्षीले उनको राजिनामा माग गर्दै आन्दोलन चर्काउँदा पनि जब उनी सत्ताबाट टसमस भएनन् तब उनको महासचिव पदको राजिनामा भित्रको गुह्य कुरा खुल्यो । सानो जिम्मेवारी छाडेर ठूलो जिम्मेवारी बोक्ने रहर पो रहेछ राजिनामा त । अर्को  शब्दमा भन्दा घुर्की ।
त्यसो त पछिल्ला समय एमाओवादीको उपाध्यक्ष पदबाट राजिनामा गरेका डा. भट्टराईको पनि यो पहिलो राजिनामा होइन । उनले यस अगाडि पनि दुईपटक आफ्नो पदबाट राजिनामा दिइसकेका छन् तर दुवै पटकको राजिनामा उनको उच्च राजनीतिक महत्वाकांक्षा पूरा गर्ने हतियार शिवाय केही भएन । पद त्याग गरेको भनेका भट्टराई पार्टीमा एकपछि अर्को खुड्किलो उक्लँदै पार्टीभित्र माथि मात्र पुगेनन् आफ्नै दलका अध्यक्ष प्रचण्डलाई पाखा लगाएर प्रधानमन्त्री पद समेत हात पार्न सफल भए ।
विगतमा जति पटक भट्टराईले पदत्याग गरे त्यति पटक भट्टराईलाई रणनीतिक रुपमा फाइदा पुगेको छ । जति पटक त्याग हुन्छ त्यतिपटक त्याग भन्दा बढी प्राप्ति हुन्छ । विगतको त्यागबाट प्राप्त भएको फलको स्वाद भट्टराईले चाखेकै होलान् त्यसैले त यसपटक पनि अस्त्रको रुपमा पदत्याग पत्र फालेका हुन् भन्नेहरुको राजनीतिक बजारमा कमी छैन ।  विगतका उनका राजिनामा र त्यसपछाछिको पुनर्वहाली हेर्दा भटराईको राजिनामामा माथि गरिएका त्यस्ता अनुमानहरुलाई पूर्ण रुपमा नकार्ने अवस्था पनि छैन ।
राजनीतिमा स्वच्छिक राजिनामा नैतिकताका लागि गरिन्छ । आफ्नो नैतिक उचाई उच्च राख्न गरिएका राजिनामाहरु विश्व राजनीतिमा प्रसस्तै छन् । ‘पदमा बसिदेऊ न’ भन्दा पनि ‘म पदमा बस्दिन’ भनेका धेरै घटना छन् । नेल्सन मण्डेलाले एकपटक बाहेक दोस्रोपटक राष्टूपति बन्न अनिच्छा व्यक्त गरेका उदाहरण छन् । भारतमा सोनिया गान्धीले आफू प्रधानमन्त्री नबनेर मनमोहन सिंहलाई प्रधानमन्त्री बनाएका उदाहरण पनि छन् । नेपालमा पनि जनआन्दोलन २०४६ को सफलतासँगै जनआन्दोलनका तत्कालीन कमाण्डर गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गर्दा उनले प्रधानमन्त्रीमा कृष्णप्रसाद
भट्टराईको नाम सिफारिस गरेर आफ्नो कद उच्च बनाएको उदाहरण नभएको होइन । तर नेपालको सन्दर्भमा यो अपवाद मात्र हो ।
यस्ता केही अपवादलाई छोडेर हामीकहाँ नैतिकताका लागि राजिनामा गर्ने वा पदत्याग गर्ने भेटिँदैनन् । तर घुर्की दिन राजिनामा गर्नेको यहाँ कमी पनि छैन । भट्टराईको राजिनामा पछाडि धेरैले घुर्की देखे पनि यो निष्ठाको राजनीतिको सुरुवाती हो कि भनेर आस गर्नेहरु पनि धेरै छन् । यस्ता सकारात्मक आशा गर्नेहरुलाई भट्टराईले निराश नपारुन् । अहिलेलाई अपवाद नै सही उनी निष्ठा अर्थात् पदलोलुपताविहिन राजनीतिका प्रतीक बनुन् । पदत्यागमा अडान राख्न सके भने भविष्यमा उनी आफूले बन्न नचाहे पनि ठूलो नेता हुनेछन् । कुनै पार्टी विशेषले मात्र होइन सिंगो मुलुकले उनलाई नेता मान्नेछ ।
तष्पबचबm।उयपजबचभ२िनmबष्।िअयm
भाषामा राजिनामा होइन पदत्याग रे । पदत्याग र राजिनामामा के फरक छ कुन्नि विद्वान् भट्टराई नै जान्लान्  । पदत्याग होस् वा राजिनामा जे भए पनि बाबुराम भट्टराईको यो पछिल्लो कदमको एनेकपा माओवादी भित्र मात्र नभएर सिङ्गो राजनीतिक बजारमा ठूलै चर्चा छ । एमाओवादीभित्रका युवा जमात जो ‘स्पेस’को खोजिमा छन् उनीहरु भट्टरार्ईको राजिनामाबाट उत्साहित छन् । त्यसो त भट्टरार्ईबाट आफ्ना दलका नेताहरुले पनि पाठ सिक्लान् कि भनी आस गर्ने अन्य दलका युवाहरु पनि नभएका होइनन् । उनीहरु भट्टराईको कदमलाई ‘वा ! वा !’ गरिरहेका छन् । तर भटरार्ईका आसेपासेहरु जो उनको माध्यमबाट कुनै न कुनै लाभ लिइरहेका छन् उनीहरु भने निरास भएका छन् । पार्टीभित्र अलि बढी नै गुटबन्दीको राजनीति गर्नेहरु भट्टराईको अवसानसँगै कतै आफ्नो राजनीतिक भविष्य पनि समाप्त हुने त होइन भनेर सशंकित पनि छन् ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts