Wednesday, July 10, 2013

धादिङ असार २६ । समग्र जिल्लाको विकासको लागी आफु प्रतिवद्ध रहेको केहि समय अगाडी कार्यभार सम्हाल्नु भएका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोख्रेलले बताउनु भएको छ । जिल्लामा शान्ति सुव्यावस्था कायम गर्नको लागी  सबैको महत्वपुर्ण भुमिका रहने भन्दै पोख्रेलले सहयोग गर्नको लागी पत्रकारहरुलाई आग्रह गर्नुभएको थियो । कार्यभार सम्हालेपछि जिल्लामा क्रियाशील सञ्चारकर्मी सँगको परिचयात्मक कार्यक्रममा बुधवार बोल्दै उहाँले धादिङ अनेकतामा एकताले भरिपुर्ण जिल्ला हुदाँ हुदैँ पनि विकास निर्माणको क्षेत्रमा पछि परेको उल्लेख गर्नुभयो ।

जिल्ला प्रशासन कार्यलमा भएको परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पोख्रलले विकासको लागी सुचना र सञ्चारको महत्वपुर्ण भुमिका रहने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सिताराम प्रसाद बर्मा, प्रहरी नायव उपरिक्षक अशोक सिंह लगायत जिल्लामा क्रियाशील  सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
 सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघका सभापति सिताराम प्रसाद बर्माले केहिसमय अगाडी मात्र कार्यभार सम्हाल्नु भएको प्रमुख जिल्ला अधिकारीलाई स्वागत गर्दै जिल्लाको समसामयिक विषयबस्तुमा माथि प्रकाश पार्नुभएको थियो ।
 जिल्लाको विकासको लागी सबै एकजुट हुनुपर्ने भन्दै उहाँले विकास निर्माणको क्षेत्रमा पत्रकार महासंघले गर्ने जति सक्दो सहयोग गर्ने बताउनु भयो । यस्तै परिचयात्मक कार्यक्रममा बोल्दै पत्रकारहरुले पृथ्वीराजमार्ग क्षेत्रमा अनुगमन गर्नुपर्ने र त्रिशुली नदीमा भएको उत्खलन तत्काल रोक्नुपर्ने सुझाव दिएका थिए । धादिङ जिल्लालाई नै बद्नाम गर्ने गतिविधी राजमार्ग क्षेत्रको होटलहरुमा भएको भन्दै तत्काल अनुगमन गर्नै वातावरण बनाउनको लागी आग्रह गरेका थिए ।
 सरकारी कार्यलबाट प्रदान गरिने सेवाहरु प्रभावकारी नभएको सेवाग्राहीको गुनासो आईरहेको भन्दै  सरकारी कार्यलयबाट प्रदान गर्ने सेवाहरु चुस्त–दुरुस्त पार्नु पर्ने तर्क राखेका थिए । सो अवसरमा बोल्दै प्रहरी नायव उपरिक्षक अशोक सिंहले जिल्लामा हुने अपराधिक गतिविधीहरु रोक्नको लागी जिल्ला प्रहरी कार्यलयले कुनै कसुर नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । जिल्ला सदरमुकाममा शान्ति सुव्यावस्था कामय गर्नको लागी धादिङबेशीमा रहेको प्रत्येक चोक–चोकमा सिसि क्यामेरा जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको बताउनु भयो । राजमार्ग क्षेत्रमा हुने अपराध न्युनीकरणको लागी चलाएको फ्लस आउट नामक विषेश अप्रेशनबाट चर्चा बटुल्नु भएको डिसपि सिंहले आफु धादिङमा रहुञ्जेल अपराधको घट्नाहरु न्युनीकरण को लागी तद्रुपताको साथ अगाडी बढ्ने बताउनु भएकोव थियो । उहाँले कसैको प्रलोभन र धम्किको भरमा काम नगर्ने पनि स्पष्ट पार्नुभएको थियो ।  

Related Posts:

  • एड्भान्स एकेडेमीमा चिनिया भाषाको कक्षा सुरु धादिङबेसी जेष्ठ ५ । एड्भान्स एकेडेमी धादिङबेशिमा शैक्षिक सत्र २०७१ बाट चिनिया भाषामा कक्षा संचालन शुरु गरिएको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि चिनिया भाषामा कक्षा संचालनको विषयमा शिक्षक र अविभावकहरु विच अन्तरक्रिय… Read More
  • शिक्षक बलिदानी दिवस मनाईयो रामकुमार थापा बैशाख २९ धादिङबेसी । १० बर्षे जनयुद्धको समयमा धादिङबाट सहादत गर्नुहुने शिक्षकहरुको सम्झनामा आईतबार अखिल नेपाल शिक्षक संगठनले शिक्षक  वलिदानी दिवस मनाएको छ । तात्कालिन शाहि सेनाले नेकपा माओवादीको दश बर्ष… Read More
  • एमाओवादी कार्यकर्ताकोे जिम्मेवारी बाँडफाड कार्यशैली सुधारौं जनता हाम्रै पक्षमा–भण्डारी धादिङबेसी । एकीकृत नेकपा माओवादी धादिङका नवनिर्वाचित अध्यक्ष रामबहादुर भण्डारीले कार्यकर्तालाई कार्यशैलि सुधार्न अनुरोध गर्नुभएको छ ।  हामी आफ्नै कार्यशैलिका कारण वर्गिय … Read More
  • कोरियाबाट चेपाङलाई आर्थिक सहयोग जारी दक्षिण कोरियाको किम्हेबाट संकलन  भएको रकम चितवनको लोथर ६ कान्दामा रहेका चेपाङको घर बनाउन कान्दा रुपान्तरण अभियानमा सकृय रहेको  संस्था लक्ष्मी प्रस्तिस्ठान लाई हस्तान्तरण  गरिएको छ । अगस्ट 15 मा लक्ष्म… Read More
  • चट्याङबाट कृषि रेडियोको प्रसारण अबरुद्ध  भरत रेग्मी कृषि रेडियो धादिङ बैशाख १९ धादिङ   । आज बिहान परेको चट्याङबाट धादिङको जिवनपुरमा संचालन भईरहेको कृषि रेडियो को प्रसारण अबरुद्ध भएको छ ।  चट्याङबाट रेडियोको प्रसारणमा रहेको दुईथान कम्प्युटर… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts