Wednesday, July 10, 2013

 धादिङ असार २६ गते । सुनौला बजार गाउँ विकास समिति वडा न. ३ मा आफ्नै जेठाजुले जवरजस्ती
करणी गरेको भन्दै बुहारी न्याएको लागी  जिल्ला प्रहरी कार्यलय सम्म आईपुगेकी छिन् । मंगलवार अपराह्रन बारीमा कोदोको विउ गोड्न गएको समयमा आफ्नै जेठाजु हरी बहादुर श्रेष्ठले  आफुलाई जवरजस्ती गरेको  आरोप लगाएकी छिन् । बारीमा गएको श्रीमती घर नफर्केपछि श्रीमान बारीमा जादा आफ्नै दाजुले  जवरजस्ती गरिरहेको अवस्थामा देखेपछि श्रीमानले गाउँको अन्य व्यक्तिहरुलाई बोलाएर घट्नाको बारेमा जानकारी गराएका थिए ।

 आज बिहान स्थानीय गाउँका बुद्धिजीवि र सुनौला बजार प्रहरी चौकीबाट गएको प्रहरीले घट्नाको अध्ययन गरि घट्नामा दोषि भनिएकालाई प्रहरीले यिन्त्रणमा लिई सोधपुछ गर्दा महिलाले आफुलाई जवरजस्ती गरेको   र पुरुषले पनि स्विकार गरेपछि थप अनुसन्धानको लागी  जिल्ला प्रहरी कार्यलय धादिङमा पठाएको सुनौबजारबाट धु्रर्व श्रेष्ठले जानकारी दिनुभएको छ । 
 जिल्ला प्रहरी कार्यलयमा बुझ्दाखेरी घट्ना बारे अनुसन्धान भईरहेको जानकारी दिएको छ । आज साँझमात्र उजुरी दर्ता गराउन आएकोले घट्ना बारे थप अनुसन्धान नगरिकन अहिले नै यसैभन्न नसकीने बताएको छ । उता  गाउँका स्थानीय व्यक्तिहरुसँग घट्ना बारे बुझ्दा जेठाजुले स्विकार गरिसकेको र बुहारीले पनि आफुलाई बलात्कार गरेको भनेकोले दोषि उपर कारबाही गर्नुपर्ने माग गरेका छन् ।  

Related Posts:

  • फ्लस आउट अप्रेशन सम्पन्न धादिङ २५ असार । जिल्ला प्रहरी कार्यालय धादिङले राजमार्ग क्षेत्रमा अपराध नियन्त्रणका लागि सञ्चालन गरेको अभियानको क्रममा प्रहरीले लागु औषध कोरोबाहीहरु, चोरी डकैतीमा संलग्नहुनेहरुलाई पक्राउ गर्न सफल भएको छ ।  असार १४ गत… Read More
  • राजमार्गमा प्रहरीको एक हप्ते विशेष अपरेशन सुरु धादिङ १४ असार । जिल्ला प्रहरी कार्यालय धादिङले राजमार्ग क्षेत्रका अपराध नियन्त्रणका लागि धादिङका राजमार्गका सडक खण्डहरुमा एक हप्ते फ्लस आउट नामक विशेष अपरेशन आजबाट सुरु हुँदैछ । आजबाट शुरु हुने उक्त विशेष अपरेशन असार २१ गते… Read More
  • लोकतन्त्रवादी बाटै लोकतन्त्र सुरक्षित हुन सक्छ- केसी धादिङ १५ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले मंसीर ४ मा जुनसुकै हालतमा पनि संविधान सभाको निर्वाचन हुने विश्वास व्यक्त गर्नुभएको छ । देश संक्रमण कालिमा गुज्रिरहेको भन्दै केसीले निर्वाचनै निकासको उत्… Read More
  • आफ्नै भाईबुहारीलाई करणी गर्ने प्रहरी फन्दामा  धादिङ असार २६ गते । सुनौला बजार गाउँ विकास समिति वडा न. ३ मा आफ्नै जेठाजुले जवरजस्ती करणी गरेको भन्दै बुहारी न्याएको लागी  जिल्ला प्रहरी कार्यलय सम्म आईपुगेकी छिन् । मंगलवार अपराह्रन बारीमा कोदोको विउ गोड्न गए… Read More
  • धादिङका दश खेलाडी सम्मानित धादिङ १५ असार । जिल्ला खेलकदु विकास समिति धादिङले  शनिबार एक कार्यक्रमको आयोजना गरि  नुवाकोटमा सम्पन्न भएको नेपाल–भारत आमन्त्रित मैत्रीपुर्ण अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिताका बिजयी दश जना खेलाडीहरुलाई सम्मान … Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts