Monday, July 8, 2013

धादिङ २५ असार । जिल्ला प्रहरी कार्यालय धादिङले राजमार्ग क्षेत्रमा अपराध नियन्त्रणका लागि सञ्चालन गरेको अभियानको क्रममा प्रहरीले लागु औषध कोरोबाहीहरु, चोरी डकैतीमा संलग्नहुनेहरुलाई पक्राउ गर्न सफल भएको छ ।  असार १४ गतेदखी २३ गते सम्म सञ्चालन भएको अप्रेशनमा राजमार्ग क्षेत्रमा भएको विभिन्न अपराधहरु नियन्त्रण भएको र त्रिशुली नदी किनारबाट अबैध रुपमा निकाल्ने बालुवा गीट्टी ढुङगाा निकासी तथा ओसार पोसारका कार्यहरु पुर्ण रुपमा  नियन्त्रमा आएको आज पत्रकार सम्मेलन गरि प्रहरीले जानकारी दिएको छ ।
 दैनीक व्यस्त रहने राजमार्ग र राजमार्म क्षेत्रमा हुने विभिन्न गतिवधिहरु नियन्त्रण गर्नको लागी जिल्ला प्रहरी कार्यलय धादिङले एक हप्ते फ्लस आउट नामक विषेश अभियान सुरु गरेको थियो । अभियानको क्रममा प्रहरीले  सवारी नियम उलघंन गरेका ३ सय ६३ वटा सवारी साधन चालकलाई गरेबापत १ लाख ८५ हजार ८ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
राजमार्गका होटल र लज खानतलासी गर्ने क्रममा ६ महिला र ५ पुरुषलाई  आपत्तिजनक अवस्थामा पक्राउ गरि नियन्त्रमा लिएको छ । यस्तै सवारी साधनबाट यात्रुहरुको सामान चोर्ने गीरोहको नाईके समेत प्रक्राउ परेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा रुकुमको बिजेश्वरीका तेज बहादुर भण्डारी र धनकुटा पाख्रिवान ४ बस्ने गोपाल बहादुर रहेका छन् ।
 प्रहरीले अभियानको क्रममा अबैध लागु औषध विक्रि वितरण गर्ने, कागजपत्र नभईका पाँच वटा मोटर साईकल, मादक पर्दाथ सेवन गरि सवारी साधन चलाउने २३ जनालाई समेत कारबाही गरेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । राजमार्ग क्षेत्रमा हुने बेश्याबृत्ति, अबैध रुपमा घरेलुमदिरा विक्री वितरण गर्ने बाल शोषण गर्ने जस्ता कामहरु गर्न वा नगराउन सचेत गराएको छ । यस्तै अभियान अविधिभर विभिन्न स्थानबाट बरामद गरेको २ हजार २ सय ४६ लिटर मदिरा नष्ट गरिएको प्रहरीले बताएको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पत्रकार सम्मेलनमा विभिन्न संघ–संस्थाका प्रतिनिध लगायत सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै प्रहरी नायव उपरिक्षक अशोक सिंहले नौदिने अप्रेशन पुर्ण रुपमा सफल भएको जानकारी दिनुभएको थियो । विभिन्न अपराधिक घट्नाहरु राजमार्ग क्षेत्रमा हुने गरेको भन्दै उहाँले यस्तो प्रकारको अप्रेशनलाई आगामी दिनमा पनि जारी राख्ने बताउनु भएको थियो । 
प्रहरीले हाइग्वे क्राइम कन्ट्रोल अपरेशन फ्लस आउट नाम दिइएको उक्त विशेष अपरेशन पृथ्वी लोकमार्गको मौवाखोलादेखि पिपलामोडसम्मको ८६ किलोमिटर सडक खण्डमा र त्रिभुवन लोकमार्गको नौबिसे तसर्पू खण्डको ३३ किलोमिटर आसपासमा सञ्चालन भएको थियो ।
नौ दिने विषेश अप्रेशनबाट १ लाख ८५ हजार ८ सय रुपैयाँ राजस्व संकलन गर्नुको साथै विभिन्न अपराधमा संलग्नहरुलाई नियन्त्रणमा लिएको छ । राजमार्ग क्षेत्र असुरक्षित बन्दै आएको भन्दै जनगुनासो बढ्न थालेपछि प्रहरीले यस्तो प्रकारको अभियान सञ्चालन गरेको हो ।

Related Posts:

  • एड्भान्स एकेडेमीमा चिनिया भाषाको कक्षा सुरु धादिङबेसी जेष्ठ ५ । एड्भान्स एकेडेमी धादिङबेशिमा शैक्षिक सत्र २०७१ बाट चिनिया भाषामा कक्षा संचालन शुरु गरिएको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि चिनिया भाषामा कक्षा संचालनको विषयमा शिक्षक र अविभावकहरु विच अन्तरक्रिय… Read More
  • शिक्षक बलिदानी दिवस मनाईयो रामकुमार थापा बैशाख २९ धादिङबेसी । १० बर्षे जनयुद्धको समयमा धादिङबाट सहादत गर्नुहुने शिक्षकहरुको सम्झनामा आईतबार अखिल नेपाल शिक्षक संगठनले शिक्षक  वलिदानी दिवस मनाएको छ । तात्कालिन शाहि सेनाले नेकपा माओवादीको दश बर्ष… Read More
  • कोरियाबाट चेपाङलाई आर्थिक सहयोग जारी दक्षिण कोरियाको किम्हेबाट संकलन  भएको रकम चितवनको लोथर ६ कान्दामा रहेका चेपाङको घर बनाउन कान्दा रुपान्तरण अभियानमा सकृय रहेको  संस्था लक्ष्मी प्रस्तिस्ठान लाई हस्तान्तरण  गरिएको छ । अगस्ट 15 मा लक्ष्म… Read More
  • काँग्रेस कार्यकर्ताको हत्या धादिङ । नीलकण्ठ नगरपालीका –१३ साँङ्कोष मधुवन निवासी २५ बर्षीय काँग्रेस कार्यकर्ता भरत सारु मगरलाई अज्ञात समुहले धारिलो हतियारको प्रयोग गरी घर नजिकैको कोदो बारीमा मारेर फालिदिएको अवस्थामा भेटिएको  छ । पंन्चकन्या निम्न म… Read More
  • एमाओवादी कार्यकर्ताकोे जिम्मेवारी बाँडफाड कार्यशैली सुधारौं जनता हाम्रै पक्षमा–भण्डारी धादिङबेसी । एकीकृत नेकपा माओवादी धादिङका नवनिर्वाचित अध्यक्ष रामबहादुर भण्डारीले कार्यकर्तालाई कार्यशैलि सुधार्न अनुरोध गर्नुभएको छ ।  हामी आफ्नै कार्यशैलिका कारण वर्गिय … Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts