Monday, October 28, 2013

राजु स्याङ्तान
सम्पुर्ण नेपाली यति बेला आफ्नो भाग्य र भविष्यको फैसला आफैगर्न चुनावी माहौलमा होमिएका छन् । युगिनमहत्वको यस घडीमा आम नेपालीहरु चिल्ला भाषणको पछि नलागी सजकतापुर्वक सही र गलत के हो ? छानिरहेका छन् । यस क्रममा जनवादीकलाकारहरु पनि आफ्नो सांगितिक प्रस्तुति, सांस्कृतिक-साहित्यिक गतिविधी मार्फत जनतालाई सत्य तथ्य चिनाउन सहजकर्ताको भूमिका निर्वाह गरिरहेका छन् । जनतालाई सत्य चिन्न सहजहोस् भन्ने हेतुले जनवादी कलाकारहरुले १७ वटा क्रान्तिकारी गीतहरुको संगालो “फेरी आयो माओवादी”भर्खरै बजार माल्याएको छ ।  
वरिष्ठ जनवादीगायक खुशीराम पाख्रिन, जे.वी. टुहुरे देखि जन सांस्कृतिक कर्मीहरु वलराम तिमल्सिना, रमेश रन्जनझा, हिसन समाल, राजु स्याङतान, डम्बर रोकाया, जागृत रायमाझी, सुवर्ण हमालका शव्द रचनाहरु गिती संगालोमा संग्रहित छन् भने, चेतन सापकोटा, चन्दु गोर्खाली, सुनिलप्रवेश, धनु ग्याङ्मी मगर, भरत सारु मगरका संगीतहरु समाविष्ट छन् । त्यस्तै गीति संगालोमा प्रदिप देवान, नविन खड्का, संगित क्षेत्री, मनिस पि.यम., ललित, नेहा, केवल विनावी, शिशिर, कला राई, सरला राई, धर्म गन्र्धव, टिका पुनशारदा लिम्बुले स्वर दिएका छन् ।
“यसपाली त जितेरै छाड्ने हो
देशै भरि लाल झण्डा गाड्ने हो”

बलराम तिमल्सिनाद्धारा रचित यस गीतमा संगीत चेतन सापकोटाको रहेको छ । लोकलय माआधारित यस गीतमाशब्द, संगित र स्वरको उचितदातम्यता देखिन्छ । सरल शब्दलाई जनताको घर आगनमागुञ्जिने लय दिएर संगितकारले शब्दलाई न्यायदिएका छन् भने नविन खड्का र प्रगति हिङमाङले सुमधुर स्वर दिएका छन् । नेपाली राजनितिको उदयमान पक्षले संविधान सभाको निर्वाचनमा जितेरै छाड्ने र विजयको रक्त रंजित झण्डा देशै भरि गाड्ने अग्रिम उद्धोष तिमल्सिनाको शब्दमा पाइन्छ ।
    सुदुरपञ्चिमाञ्चलको जन सुस्केला डेउडा भाकामा, जनकलाकार डम्बर रोकायाले क्रान्तिकारी परिवर्तनका शब्दहरु उनेर जनतालाई सचेत गराएका छन् । उनि आफ्नो शब्दमार्फत भन्छन् –
    “गोलो घेरा भित्र, हँसियाहथौडा चिन्ह
    त्यही छ देशको चित्र, छाप लगाउँ है यसै भित्र”

गोलो घेरा भित्रको हँसियाहथौडा चिन्हमामात्रै सिङ्गो राष्ट्रको चित्रअन्तर निहित छ र यसले मात्र नेपाललाई सम्बृद्ध बनाउन सक्छ भन्ने भावलाई रोकायाले जनवोलीको शब्दमा सुन्दर ढंगले प्रस्तुत गरेका छन् ।     बरिष्ठ जनवादीगायक जे.वी. टुहुरे आफ्नो गलामार्फत आमाबुवा, दाजु भाई तथा दिदी, बहीनी सबैलाई जनसंविधान निमार्णका लागि जुट्न आवह्वान गर्छन् । उनि आफ्नो स्वर मार्फत भन्छन् –
    “उठभाई उठ छोरा उठ नातीहरु
    उठ मजदुर किसान अनि जनजातिहरु
    उठ महिला उठ दलित मधेस पहाड सारा
    नयाँ नेपाल बनाउने हाम्रो अभिभारा”

चेतन सापकोटाको शब्द, संगीत रहेको यस गीत मार्फत जनगायक जे.वी. टुहुरे सम्पुर्ण न्यायप्रेमि जनताहरुलाई आफ्नो भाग्यको फैसलाआफै गर्न आ–आफ्नो ठाउँबाट जुट्न आवह्वान गर्छन् ।
    जनवादी संगीत क्षेत्रकै अर्का मुर्धन्य श्रष्टा खुशीराम पाख्रिन आफ्नो शब्द संगीत मार्फत यसरी जनसंगीत कर्म प्रस्तुत गर्छन्–
    “थोत्रिएका एकात्मकता शासनलाई तोड्न
    केन्द्रीकृत राज्य शक्ति गाउँसम्म बाँड्न
    विभेद र असमानताका जरा सबै काट्न
    राज्यका तिअंगहरु जनतासम्मजोड्न
आयो आयो माओवादी आयो
जनतालाई अधिकार दिलाउन ............

    सदियौंको पुरानो सामन्ति एकात्मक राज्य ब्यवस्थाको विरुद्ध संघीय राज्य, जातिय, वर्गिय, क्षेत्रिय, लिङगिय उत्पिडनका विरुद्ध राज्यको हरेक तहमा जनताको समान सहभागिता र यस्तै जनसंविधान निमार्ण गर्न माओवादी आयो भन्दै जनगायक पाख्रिन सम्पुर्ण जनतालाई गोलाकार भित्रको हसिया हथौथा अंकित झण्डा मुनि गोलबन्द हुन आवह्वान गर्छन् ।    अर्का जनसंगित कर्मी हिसन समाल आफ्नो शब्द÷संगित मार्फत सम्पुर्ण क्रान्तिकारी युवाहरुलाई जागै बस्न आवह्वान गर्छन् ।
    “जागै बस युवामोर्चा कस
    हसिया हथौडा जित्नै पर्छ
    ए माओवादीले जित्नै पर्छ”

गोलाकार भित्रको हसिया हथौडाको जित नै सम्पुर्ण नेपालीको जितभएको र प्रतिगामीहरु छद्म भेषधारण गरेर जनताको बस्तिमा घुस्न सक्छन् । जागै बसि नेपालको जिम्मेवारी युवाहरुले लिनु पर्छ भन्ने भाव सशक्त रुपमा उनका शब्दमा पाइन्छ ।
    गीतकार तथा सांस्कृतिक कर्मी रमेश रन्जन झाले आफ्नो मैथली भाषाको गीत मार्फत यदि जनयुद्ध नभएको भएमुक्तिको सपना सपनै रहने र सामन्तिको किल्लाहरु ढल्ने थिएन भन्ने भाव सुन्दर ढंगले गीतमा प्रस्तुत गरेका छन् ।
“मुक्तिक सपना सपने रहितै
न हँतोइतै जनयुद्ध
सामान्ति सत्ता क किल्ला के
ढहितै नइ जनयुद्ध”

नेपाली जनता शोषण उत्पिडनको सिकार भएको छ । युगौंदेखि अत्याचारको जाँतोमा पिल्सिएर बन्न विवस छ । जनयुद्धले सामन्तको जराहरु काटे पनि मुक्तिको सपना अझै विपनामा साकार भएको छैन । आफ्नो अधिकारका लागि अझै लड्नु पर्छ भन्ने मर्मस्पर्शी भावगीतमा पाइन्छ ।
    जन सांस्कृतिक कर्मी तथावरिष्ट जनवादी गीतकार बलराम तिमल्सिना आफ्नो शब्दमार्फत इतिहासको परिघटनाले पुष्टी गरिसकेको तत्थहरुलाई पुर्नस्मरण गरि समाजको दुष्टहरुलाई जनताले अवबढार्ने बेलाआएको भन्छन् ।
    “दुधको दुधपानीको पानी
    सत्य कुरा भएनन जानी
  
    तिनै हिजो ज्ञानेन्द्रको पाउमा पैसा राख्ने
    तिनै हिजो पैसासँग हाम्रो टाउको साट्ने
    तिनै हिजो संघियता सँग डराउने
    गणतन्त्रआउनै हुन्नभनि कराउने

    सुन र पित्तल नचिनी भएन
    नत्र हाम्रो दुर्दशा गएन ”


नेपाली राजनितिको रंगमञ्चमा धेरै अनौठा परिघटनाहरु नेपाली जनताले देखि सकेका छन् । दाम राखि ढोक्नेहरु, टाउको मोल तोक्नेहरु, मेची काली बचेर खानेहरु, नेपाललाई कंगाल बनाएर ब्रम्हलुट गर्नेहरु, आज पनि जनतालाई लुट्ने नयाँ प्रपञ्चहरु रच्दै जनताको आगनमा भोट माग्न आइरहेका छन् । त्यस्ता राष्ट्रका कुलंघारहरुले आँखामा भ्रमको छारो हाल्न सक्छ । सुन र पित्तल, दुध र पानी छुट्याउने बेला आएको भन्दै सत्यताको पक्षमा उभिन गीतकार सम्पुर्ण नेपाली जनतालाई आवह्वान गर्छन् ।
    मध्यमाञ्चलको तामाङ समुदायको ढुकढुकी तामाङ सेलो पनि यस गीती संगालोमा संग्रहित छ । बरिष्ठ जन गायक खुशीराम पाख्रीन आफ्नो शब्द संगित मार्फत तामाङ समुदायलाई यसरी सम्बोधनगर्छन् –
    “उठ न ज्यो ज्यो कुखुरा बास्यो त्यो पारी गाँउमा
    नाची खेली बस्ने बेला छ हाम्रो जन्मेको ठाँउमा
    ह्लास्सोले आङाकुखुरा बास्यो त्यो पारी गाँउमा
    ताम्सालिङ बनाइ नाचौंला हामी जन्मेको ठाँउमा ”

एकात्मक हिन्दु वर्णाश्रम ब्यवस्थाले थोपरेको शासन ब्यवस्थाको विरुद्ध आफ्नो पहिचान सहितको ताम्सालिङ राज्यबनाएर सँगै सँगै डम्फू बजाइ तामाङ सेलोमा नाचौंला गाउँला भन्ने भावगीतमा पाइन्छ  । अभिजात वर्गले थोपरेको असमानताको जुवालाई कसरी हटाउने भन्दै ज्यो ज्यो र आङा सल्लाह गरिरहेको मर्मस्पर्शी भाव पाख्रिनको शब्दमा पाइन्छ । पश्चिमाञ्चलको पखेरीहरुमा गुञ्जिने जनभाका टप्पालाई जनकलाकार सुर्वण हमालले यसरी उनेका छन् ।
    ”पूर्वको मेची देखि पश्चिम महाकाली
    एउटै तन मन बोकी जुटौं नेपाली
    देश भक्त क्रान्तिकारी हिडौं हामी सँग सँगै
    हुने छ जितहाम्रो रंक्तिम झण्डा फहराउँदै”

टप्पाको जनलयमा सम्पुर्ण नेपालीलाई एउटै तन मन बोकी जुट्न आवह्वान गरिएको छ । देशलाई मायागर्ने परिवर्तनका पक्षधर सम्पुर्ण जनताहरुअव एउटै मोर्चामागोल बन्दभएर अघि बढ्न गीतले आह्वान गरेको छ ।
जनसांस्कृतिक कर्मी राजु स्याङ्तानले आफ्नो शब्दमार्फत माआवादी पार्टी नै जनताको एक मात्र पार्टी भएको प्रस्ट्याएका छन् । उनिआफ्नो शब्दमार्फत भन्छन्–  
    “जनताले यो देशमा शासन गर्न पाउने
    सबै जातिवर्गलाई मिठो प्रितलाउने
    नजन्मिदै रिनको भारी बोक्ननपर्ने
    न्याय पाउन दाम राखी ढोग्ननपर्ने
    यस्तै कानुन बनाउन आयो माओवादी ......

सम्पुर्ण उत्पिडित जाति, वर्ग, क्षेत्र, लिङ्गको एक मात्र मुक्तिदाता एकीकृत माआवादी भएको र एमाओवादी भ्रष्टचार मुक्त सुशासन ,आत्मनिर्भर अर्थतन्त्रको पक्षधर भएकोले जनताले एमाओवादी नै छान्नु पर्ने जिकिर रचनाकारको रहेकोछ । एमाओवादीले जिते पछि जनताले न्यायपाउन दाम राखी ढोग्ननपर्ने र आम नेपाली जनताले नजन्मिदै ऋणको भारी बोक्न नपर्नेभाव सरल र सुन्दर ढंगले  स्याङतानले प्रस्तुत गरेका छन् । भरत सारु मगरको राधात्मक संगित, लोक गायिका टिका पुन र नविन खड्काको सुमधुर स्वरमा सजिएको गीतसुन्दर र श्रवण योग्यमान्न सकिन्छ  । 
    एकीकृत अखिल नेपाल जनसांस्कृतिक सङ्घको केन्द्रीय समितिले प्रकाशन गरेको उक्त गीतिसंगालो केही कमिकमजोरीका बावजुत सुन्दर गीतहरुको संगालो मान्न सकिन्छ । प्रगतिवादी गीत संगित क्षेत्रमा एउटा नयाँ सिर्जनाको रुपमा“फेरी आयो माओवादी”लाई लिन सकिन्छ ।
  

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts