Tuesday, November 26, 2013

मंसिर १२ धादिङ । एकीकृत माओवादी प्रति जनताको अपार माँया पाएको धादिङको तीन वटै निर्वाचन क्षेत्रमा आफ्नो जित सुनिश्चित  हँुदा हँुदै पनि स्थानीय प्रशासन र अन्य दलहरुको रणनीतिमा एमाओवादीलाई हराउनको लागि मतपेटीका साटेकोले आफुले हारेको बताएको छ । एमाओवादीका तीन वटै निर्वाचन क्षेत्रका उम्मेद्वारहरुले छुट्टा–छुट्टै प्रेस वक्तव्य प्रकाशित गरि यस्तो बताएका हुन् । क्षेत्र नंं १ का उम्मेदवार पुष्पविक्रम मल्ल, २ बाट कल्पना धमला र ३ बाट शालिकराम जमरकट्टेलले आफु र आफ्नो पार्टीलाई उत्साहपूर्ण मतदान गर्नूहुने सबैलाई धन्यवाद पनि वक्तव्य मार्फत दिनुभएको छ ।  दोस्रो संविधानसभाको निर्वाचनमा धादिङको क्षेत्र नं. १, २ र ३ मा हाम्रो पार्टीको विजय सुनिश्चित भएपछि निर्वाचनको मतदान प्रक्रिया सकिएपछि मतगणना शुरु हुने क्रमको बीचमा प्रशासनको मिलेमतोमा देशव्यापीरुपमा एमाओवादीको धेरै मत रहेका मतपेटिकाहरु साटफेर गरेर एकीकृत माओवादीलाई हराउने गम्भीर षड्यन्त्र गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । षडयन्त्र पूवर्क ढङगबाट एमाओवादीलाई हराएको भन्दै उनीहरुले परिवर्तनको पक्षमा रहेका जनताहरु र कार्यकर्ताहरुलाई संयमित रहन आग्रह गरिएको छ ।

Related Posts:

  • दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकियो अर्जुन खतिवडा चैत्र २८, धादिङवेसी । ‘राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद’ भन्ने नारासहित जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा सोमबारदेखी शुरु गरिएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०६९ बुधबार सकिएक… Read More
  • एमाओवादी धादिङको सम्मेलन सकियो धादिङ । एकीकृत नेकपा माओवादी धादिङको दोस्रो जिल्ला सम्मेलन आईतबार सम्पन्न भएको छ । माघ २० गतेदेखि हेटौडामा हुन गईरहेको राष्ट्रिय महादिवेशनमा पठाउने प्रतिनिधि÷प्रर्यवेक्षकहरुको छनौट गर्दै सम्मेलन सम्पन्न भएको हो । करिब ५००… Read More
  • एमाओवादी धादिङको सम्मेलन माघ १३गते हुँदै धादिङ । एकीकृत नेकपा माओवादी धादिङले जिल्ला समितिको दोस्रो सम्मेलन यही माघ १३ गते गर्ने भएको छ । एनेकपा माओवादी धादिङको राज्य समिति सदस्यहरुको बिहीबार धादिङबेसीमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । एकताको दोस्रो जिल्ला स… Read More
  • एमाओवादी धादिङको सम्मेलन २२ वर्ष पछि भोली हुँदै धादिङ १२ माघ । एकीकृत नेकपा माओवादी धादिङको भोलि हुने एकताको दोस्रो जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सम्मलेन आयोजक मूल समितिका संयोजक पुष्पविक्रम मल्लले बताउनुभएको छ । सम्मेलन २२ वर्ष पछि भोली हुने भएको हो । मल्ल… Read More
  • आजबाट राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता चैत्र २६ धादिङ । ं,धादिङ जिल्लाको उच्चमाविहरुमा अध्यायरत विद्यार्थीहरुको प्रतिभाहरुलाई खेलकूदको माध्यामबाट प्रस्फुटित गर्न आज देखि धादिङबेसीमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । जिल्लाका उ… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts