सागर कु“वर |
विविध आशंका, अन्योल र अनिश्चितताका वाफजुद संविधानसभाको निर्वाचन २०७० सम्पन्न भएको छ । निर्वाचनको सम्पन्नता स“गस“गै अनेक प्रकारका प्रतिक्रियाहरु आएका छन । फरक फरक मानिसहरुका फरक फरक धारणाहरु आउने क्रम रोकिएको छैन । त्यसका साथसाथै निर्वाचन पश्चात अब देशमा संविधान बन्नेछ वा छैन, त्यस खालका अड्कलवाजीहरु पनी हुन थालेका छन । संविधानसभाको निर्वाचन सम्पन्न भए पनि संविधानसभाको गठन हुन बा“की नै रहदाको समयमा आएका यसप्रकारका अड्कलवाजीहरु वजार हल्लाका रुपमा निकै रमाइला भएका छन ।
चुनाव जित्नेहरु संसार नै जिते जस्तै मातेका छन भने हार्नेहरु संसार नै हारे जसरी विलौना पनी गरीरहेका छन । चुनावमा हार जितका समिक्षाका समाचारहरुले पत्रपत्रिकाहरु रंगिएका छन । चुनाव हार्नेहरु कतै अन्तरघात भएको त कतै उम्मेदवार सही नभएको निश्कर्ष निकालेका छन भने जित्नेहरु पार्टी एक ढिक्का भएको, जनताले जिताएको, विचारको जित भएको निश्कर्षहरु निकालेका छन । चुनाव जित्ने पार्टीका कार्यकर्ताहरु गल्लि, चोक, शैक्षिक संस्थाहरुमा निकै फुर्तिका साथ गफ चुटिरहेका छन भने चुनाव हार्नेका कार्यकर्ताहरु चुनाव अगाडि जसतो हर्षित देखिंदैनन् । यि संसदीय पार्टीका कार्यकर्ताको रफाव हो । एउटा प्रतिक्रियावादी व्यवस्था भित्र हुने चुनाव चाहे त्यो संसदको चुनाव होस चाहे त्यो संविधानसभाको चुनाव होस, त्यो फोहोरी खेल नै हो । दाम, सामm दण्ड, भेद सबै प्रकारका अस्त्रहरुको प्रायोग गर्ने गर्दछन प्रतिक्रियावादी, पु“जिवादी, अवसरवादी राजनीतिक दलहरुले । त्यसकारण उनीहरु चुनावमा सफल हुन्छन । एउटा अकाट्य सत्य के हो भने चुनावी जित क्षणीक जित हो त्यो कुनै दिर्घकालिन जित होइन । नेपालको संसदीय इतिहासमा जसले चुनावमा विजय हासिल गरेर सरकारको संचालन गरे, उनीहरुले सत्ताको दुरुपयोग गर्दै राष्ट्रघात र जनघात गरे । तर पनी तिनै राष्ट्रघाती तथा जनघाती शक्तिहरुले नै अहिलेको चुनावमा पनी सफलता हात पारे । त्यसो हुनको पछाडि उनहिरु प्रतिक्रियावादी व्यवस्था भित्रका शक्तिहरु हुन, उनीहरु यही व्यवस्थामा रमाउन चाहान्छन र यही व्यवस्थाको अन्त्यस“गै उनीहरुको पनी अन्त्य हुनेछ ।
नेपालमा पटक पटक हुने चुनावमा राजनीतिक दलहरुले उठाएका मुद्दामा खासै छलफल भएको पाइदैन । पैसाको भरमा चुनाव लड्ने र जित्ने प्रतिसपर्धाले विचारहरुलाई ओझेलमा पार्ने गरेको छ । पैसा, सत्ताको पहु“चको आधारमा निर्वाचनमा धा“धली गर्ने र चुनाव जित्ने परम्पराको अन्त्य भएको छैन, त्यो परम्परा हाले सम्पन्न संविधानसभाको निर्वाचनमा पनी कायम रह्यो । जनताले आफ्नो अमुल्य मत आफुले चाहेको उम्मेदवार भन्दा पनी दबाबमा हालेका छन । जनताको घरदैलोमा मत माग्न जा“दा उनीहरुले बा“डेका आस्वासन केवल चुनाव जित्नको लागि मात्र थिए, चुनाव पछि ति सबै हरायर जानेछन । त्यस प्रकारका आस्वासन अहिले मात्र होइन पहिला पहिला हुने चुनावमा पनि बा“डिएका हुन्थे । चुनावमा जनतालाई गलत आस्वासन दिएर चुनावमा विजयी हुने उम्मेदवारले मतदाताको पक्ष्ँमा काम गर्न सक्छन भन्ने आधार देखिदैन । जुन उम्मेदवारले करोडौं रुपया“ खर्च गरेर चुनाव जित्छन उनहिरुले निर्वाचनमा जिते पछाडि त्यो खर्च गरेको रकम जम्मा गर्न तर्फ लाग्दछन । त्यसकारण विचार र सिद्दान्तको आधारमा नभइ पैसाको आधारमा चुनाव जित्नेहरुले गरीब जनताको पक्ष्ँमा होइन कि त्यही पु“जिवादी प्रतिक्रियावादी दलालहरुको पक्ष्ँमा नै काम गर्दछन । यो ऐतिहासिक अकाट्य सत्य हो । नेपालको संसदीय इतिहासमा यस प्रकारका क्रियाकलापहरु वारम्बार दोहोरीयका छन ।
अहिले सम्पन्न चुनावले एउटा महत्वपूण कार्य गरेको छ कि देशमा जातिवाद र क्षेत्रीयतावादको पराजय भएको छ । तर संघीयताको पराजय भने भएको छैन ।संघीयताको खारेज पनी नेपालको सन्र्दभमा अनिवार्य छ । जातिवादी र क्षेत्रीयतावादी संविधान बन्ने सम्भावाना नभए पनी संघीयताको कारणले विखण्डनकारी संविधान बन्ने खतरा भने छ । नोपलमा वहु पहिचान सहितको संघीय प्रदेशको निर्माण भयो भने पनी त्यसलाई नेपालको आर्थिक स्रोत र साधनले धान्न सक्ने छैन भने नेपालको वस्तुगत आवश्यकता स“ग कुनै प्रकारको संघीयता मेल खादैन । संविधानसभाको चुनावले जातिवाद र क्षेत्रीयतावादको हार भए पनी संघीयताका विरुद्धको लडाई झन मजवुद बनाएर लैजानु पर्ने अनिवार्य छ ।
यहा“ यो महत्वको विषय हो कि प्रतिक्रियावादी व्यवस्था अन्तरगतको चुनावमा भएको हारमा एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ता तथा नेताले हार मान्नु कहा“ सम्मको सही हो ? स्पस्ट छ कि चुनावी हारले सम्पूर्ण जित र हारको फैसला गर्दैन । एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीको लागी चुनाव कार्यनितिक महत्वको विषय हो र त्यो चुनावलाई कम्युनिष्ट पाटीले वर्ग संघर्षको रुपमा नै प्रयोग गर्दछ । परिस्थिति अनुसार उपयोग र वहिस्कारको निति अवलम्बन गर्ने कम्युनिष्ट पार्टीका कार्यकर्ता तथा नेता चुनावी हारमा हार मान्नु पर्ने कुनै कारण देखिदैन । वुजुर्वाहरु चुनावलाई रणनैतिक रुपमा प्योग गर्दछन भने क्रान्तिकारी चुनावलाई कार्यनितिक रुपमा मात्र । नया“ जनवादी क्रान्ति पश्चात नै जनताका समस्याहरुको समाधान गर्न सकिनेछ । सामान्ति शाशनको अन्त्य गरेर नै वुजुर्वाहरुलाई परारस्त गर्न सकिन्छ । सामान्ति शाशनको अन्त्यको लागि एउटा क्रान्तिकारी पार्टीले उच्च प्रकारको लामो क्रान्तिकारी संघर्षको संचालन गर्नु पर्दछ । त्यस प्रकारको उच्च लामो क्रान्किारी संघर्षले नै जनताका पक्ष्ँमा अधिकतम कार्यहरु गर्न सकिनेछ र दलाल प्रतिक्रियावादी समान्ति शाशल व्यवस्थालाई ढाल्न सकिनेछ । त्यसकारण भोलिको दिर्घकालिन लक्ष्य प्राप्तिको लागि हामलिे हाम्रा कार्यक्रमहरुलाई निरन्तर नया“ र क्रान्तिकारी जोस जा“गरमा अगाडि बढाउनु पदर्छ ।
आज कतिपय ठा“उहरुमा यो पनि सुन्ने गरिएको छ कि राष्ट्रिय जनमोर्चाले जितेन हार्यो, अब जनमोर्चा सकियो । यि यसप्रकारका हवलाहरु सबै भ्रमाक हुन । यि हल्लाहरुको पछाडि कुनै नैतिक आधारहरु देखदिैन । हाम्रो पार्टीले संविधानसभाको निर्वाचनमा कति क्षेत्रमा जित्यो र हा¥यो भन्दा पनी हाम्रो पार्टीको मुख्य उद्देश्य के हो र हाम्रो पार्टीले बोकेको बिचार कति सहि छ भन्ने प्रमुख हो । चुनावी हार र जितले अन्तिम जित र हारको फैसला आज सम्मको दुनिया“मा कहि“ कतै भएको छैन । नेपाल कै राजनीतिक इतिहास हेर्ने हो भने पनी देशमा पञ्चेहरुले ३० वर्ष सम्म शाशन गरेका थिए, राणहरुले १०४ वर्ष सम्म एक छत्र राज गरेका थिए । वहुदल आए पछि पनी नेपाली कांग्र्ेसले वहुमतको सरकार बनायको थियो । एमालेले पनी देशमा ३ पटक सम्म सरकारको नेतृत्व गरेकै हो, एमाओवादी पनी २०६४ सालको संविधानसभाको चुनावमा पहिलो पार्टी बनेको थियो र २ पटक सम्म सरकारको नेतृत्व गरेको थियो । आखिर जनताको पक्ष्ँमा कुनै उल्येखनिय काम यि सरकारहरुले गर्न सकेनन् र उनीहरुले जनताका समस्याहरुको समाधानको लागि काम गर्ने भ्रम छरेर नै चुनावमा जित हासिल गरेका थिए । तर उनीहरुले जनताको पक्ष्ँमा होइन कि विदेशी शक्तिको पक्ष्ँमा काम गरे र नेपाली जनता माथि वज्र प्रहार गरे । पुनः त्यसप्रकारको खेल देशमा शुरु भएको छ । त्यसकारण चुनावी नतिजाको आधारमा कुनै निराशा शुनु पर्ने कारण छैन ।
यो सत्य हो कि सयौं हारले एउटा सुनौले जितको आधार तयार पर्दछ । हजारौं घुम्तिहरु चढेर शिखरमा पुग्न सकिन्छ । हामिले संगठनलाई मजवुत बनाउदै मिलिटेन्ट, अनुसाशित, क्रान्तिकारी पार्टी निर्माण गर्न सक्यौ भने हाम्रो जित त्यती नजिक आउनेछ । अन्तिम जित जनता कै हुनेछ ।
२०७० मंसिर २२
बागलुङ
0 comments:
Post a Comment