Sunday, December 8, 2013

नारायण सिलवाल
संविधान सभा निर्वाचन २०६४मा धादिङको तीनवटै सिट जित्न सफल एमाओवादीले यो दोश्रो संविधान सभको निर्वाचमा तीनवटै क्षेत्र गुमाएको छ । एमाओवादीले धाँधलीका कारण आफुलाई हराईयो बताउँदै आएको छ भने काँग्रेस एमाले जीतको खुसियाली सँगै सत्ता लुछाचुडीतर्फ अग्रसर भइसकेका छन् । निर्वाचन आयोग धाँधलीरहित चुनाव भएकोमा गर्व गरिररहेको छ । एमाओवादीले लगाएको धाँधली प्रमुख कारण होला या नहोला यो पंत्तिकारलाई भने एमाओवादीले हार्नुमा धाँधली मात्र ठान्दैन ।
पार्टी संगठित गर्न एमाओवादी गाउँ गएन । माथि माथि रुमलियो, पार्टी फुटले पनि यो सारा कुरामा प्रभाव परेको देखियो । उम्मेदवारी दर्ता गर्दा नै गुटमा बाँडफाड गरिनु वस्तुगत धरातल र स्थानिय कार्यकर्ताको माग भन्दा बाहिर गएर उम्मेदवारी दिएपछि अन्तरघातले पनि यो चुनावमा मज्जैले स्थान पाएको देखिन्छ ।
‘पार्टीभित्र सम्पन्न र विपन्नका अलग—अलग वर्ग बन्न थालेका छन् । माथिदेखि तलसम्मका केही पदाधिकारी र टाठा वाठाहरुको दिन प्रतिदिन वर्ग उत्थान हु“दैजाने र कार्यकर्ताहरुको विशाल पङित, बेरोजगारी, अभाव र उत्पीडनको सिकार बन्दै जाने गम्भीर स्थितिको विकास भएको छ । यतिमात्र हैन, पार्टीमा आर्थिक अराजकता व्याप्त छ र भ्रष्टाचार, तस्करी र जवर्जस्ती प्रवृत्तिका भयानक विकृतिहरुले टाउको उठाइरहेछन् ।’  यो ०६७  पौष २१ गते एमाओवादी केन्द्रीय समितिले निस्कर्ष हो । यो बुँदा ०७० सम्म आउँदा पनि ज्यूँदै रह्यो फलस्वरुप यसको नतिजा त होईन यो मत परिणाम ?
धादिङमा किन हा¥यो ?
माओवादी आन्दोलनको उद्धगम भुमि मध्य धादिङ पनि पर्छ । प्रत्यक्ष रुपले यहाँका जनताहरुले प्रत्यक्ष जनयुद्धको अनुभुति संगालेका छन् जनयुद्धको समयमा राज्यपक्षबाट मात्र माओवादीको नाममा १०६ भन्दा बढीले ज्यान गुमाएका छन् । युद्धकालिन नारा एकातिर, अहिलेको व्यवहारमा अर्को तिर, आधार क्षेत्र र सहिद तथा बेपत्ता परिवारलाई गरिएको वेवास्था र आन्तरिक कलहका कारण एमाओवादी धादिङले यो संविधान सभाको निर्वानमा नराम्रो पराजय भोग्नु परेको हो । युद्धकालदेखिको धादिङमा विद्यमान अस्वस्थ प्रतिस्पर्दा नेतृत्वमा अहिले पनि जस्ताको तस्तै देखिन्छ माओवादी भित्र, पुराना र युद्धको साथमा विचारबाट खारिएर आएका कार्यकर्ता भन्दा नव आगन्तुक पैसे कार्यकर्ताहरु नेतृत्व अवरीपरि देखियो र नेतृत्व पंक्ति सहर केन्द्रित बन्दै जानु र उम्मेदवारी छनौट प्रक्रिया देखिनै जिल्ला पार्टीमा एकमत नदेखिनु, संगठन परिचालन होस् या आर्थिक व्यवस्थापन व्यक्ति केन्द्रत भएर चल्नु, चुनावमा समेत आर्थिक परिचालन कमिटी बनाईएन फलस्वरुप चुनावी गतिविधिमा प्रत्यक्ष असर परेको देखिन्थ्यो ।
अर्को त नेपाली जनसमुदायले नेपालमा फेरि अर्को एमाले पार्टीेको परिकल्पना गरेका छैनन् । एमाओवादीको पछिल्लो व्यावहारिक गतिवीधि हेर्दा एमाले भन्दा फरक पाईएन । अनि किन जिताउने ? यो निश्कर्ष पनि त हुन सक्छ यो चुनाव, समिक्षा एमाओवादीले गर्नैपर्छ । आन्दोलनको स्वरुप फेरिएको उद्घोष गर्ने माओवादी कार्यकर्ताका दिनचर्याहरु पृथक बने हिजो जाँड रक्सी पोख्दै हिड्ने नेताहरु आज दिनदहाडै भट्टिमा भेटिन थाले, हिजो तासमा प्रतिबन्ध लाउनेहरु आज दोबाटोमा फिटी रहेको देखिन थाले, बहुबिवाहमा जनकार्वाही गर्नेहरु आज.....यस्ता हजारौ उदाहरणको पात्र बन्दै गयो एमाओवादी । हिजो युद्धमा स्कुल कलेज जाँदै गरेका युवाहरुलाई  स्कुल छाड्न लगाएर युद्धमा हिडाईयो कतिले आफ्नो ज्यान गुमाए भने बाँचेका पनि घर्कोन घाटको बनेका छन् । हिजो आफुले समालेको मोर्चा आज नव आगन्तुकले सम्हालेको छ ।
पार्टीमा पुरानालाई पाखा र नव आगन्तुक (जसलाई पार्टी सदस्यको मुल्यमान्यता समेत थाहा छैन)को रजाई“ बन्दै जानु पनि हारको कारण हुनसक्छ । समग्र जीवन पर्टी र क्रान्तिलाई होम्न तयार कार्यकर्ताको रक्षा नगर्ने अनि आफ्नो वर्गिय धरातललाई विर्षदै आन्तरिक कलहमा रुमल्लिएर चुनावी मैदानमा होमिनुको लक्षण धादिङमा पनि देखियो । अहिले पनि धादिङ जिल्ला नेतृत्वमा चुनावी हारबाट समेत चेत आएको देखिदैन । ज्यूँदा सहिदका रुपमा स्थापित दुईछोरा गुमाएका रामबहादुर भण्डारी एमाओवादी चुनावी प्रक्रियालाई मानेर जाने स्थिति आयो भने सभाषद बन्ने निश्चित जस्तै बनेका थिए तर जिल्ला नेतृत्वतहका कतिपय नेता नै भण्डारीलाई सभाषद बनाउन नहुने  वकालत गर्दै हिडेका देखिन्छन् । यसले पनि के देखिन्छ भने धादिङमा अस्वस्थ प्रतिस्पर्धा चरम रुपमा मौलाएको छ, नेतृत्व टकरावमा कार्यकर्ता नेतृत्वविहिन जस्ता । बाबुराम भट्टराई प्रधान मन्त्री हुँदा राजनीतिक नियूक्ति लिएर नेपाल खाद्य सस्थानका अध्यक्ष बनेका तामसालिङ राज्य सामिति सदस्य उत्तम कंडेल निर्वाचन भोट माग्न हिडेनन्, झार्लाङमा पार्टी सदस्य मात्र १२० भन्दा बढी छन् तर एमाओवादीको पक्षमा जम्मा २२ मत खस्यो किन यस्तो भयो ? यो एउटा उदाहरण मात्र हो । कार्यकताहरुको कानेखुसी सुन्दा हारेको ठिक भो अब सुध्रन्छन् कि ? भन्दै हुन्छन् । यसले धादिङमा एमाओवादी आफै“मा विचलित देखिन्छ । यो नै माओवादीको हारको प्रमुख कारण हुन सक्छ । यसतर्फ एमाओवादीले तत्काल समिक्षा गरि साँङगठनिक रुपमा अगाडी बढ्नुपर्छ ।
हटौडा महादिवेशनले लिएको सहि कार्यदिशा हुँदा–हुँदै पनि व्यवहारगत र आन्तरिक कारणले गर्दा देशै भरिको परिणामसँगै धादिङ पनि प¥यो । त्यसो त चुनावमा एमाओवादीलाई हराउन बाहिरि चलखेल नभएको होईन, नलाङमा निर्वाचनको अघिल्लो दिन एमाले पार्टीका जिल्ला सदस्यहरुबाटै एमाओवादी नेता कार्यकर्ताको घर परिवारमा फोन गरी मतदान  प्रक्रियामा सामेल भए हातखुट्टा काटिने समेत धक्की आए, मलेखुमा स्वयम् राजेन्द्र पाण्डे उपस्थित भएर एमाओवादी कार्यकर्तामाथि गोलि हानियो । मार्पाकमा मतदान प्रक्रिया चलिरहँदा सेनाले मतदाता लखेट्दा ३ बजे देखिनै मतदान प्रक्रियामा अवरोध भयोे । गोगनपानीमा मोटर जलाईयो भने ज्यामरुङ, मुरलीभञ्ज्याङ र खाल्टेमा एमाओवादी कार्यकर्ता पिटिए जसले गर्दा एमाओवादी सुभचिन्तकहरु र स्वतन्त्र जनताहरु चुनावी प्रक्रियामा सामेल हुने वातवरण बन्न सकेन उता नलाङमा माओवादी कार्यकर्ताबाट सामान्य व्यक्ति आक्रमणमा परे जसले गर्दा चुनावी प्रक्रिया प्रभावित बन्न पुग्यो । जिल्लाका विभिन्न ठाउँहरु कल्लेरीमा कुल खसेको मतमा १६६ मत हराउनु, चैनपूर, सलाङ, बैरेनी, बसेरी लगाएतका ठाउँहरुमा मतपेटिकाका शिल गर्ने लकरहरु भेटिनुले पनि धेरै आसङकाहरु त जन्माउला तर आन्तरिक तयारी र एकता नहँुदा बाह््य गतिविधिहरुले स्थान पायो र चुनावी परिणाम एमाओवादी अनुकुल आउन सकेन ।
अग्रगामी संबिधान निर्माणको निम्ति एकीकृत माओवादीले देखाएको लचकताको फाइदा उठाउँदै  जुन किसिमले एमाओवादीको पक्षमा चुनावी नतिजा आउन सकेन जसले पहिचानसहितको संघियता र संघियतासहितको संबिधान निर्माण हुन नदिने स्पष्ट संकेत हरु देखिकिएको छ । यसका साथै प्रतिगमनकारीहरु एकातिर र परिबर्तनकारीहरु अर्कोतिर हुने देखिन्छ । प्रतिगमनकारीहरु ०४७ को संविधान बिउँताउन चाहन्छन् भने परिवर्तनकारीहरुलाई त्यो मान्य हुने अवस्था छैन् । अब पनि एमाओवादी नेताहरुले चेतेनन् र जनताको भोट गनिएन बाकस साटियो भनेर बसे भने झनै डरलाग्दो हार ब्यहोर्नुपर्ने दिन टाढा छैन ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts