Monday, March 17, 2014

बिवादपछि एमालेको क्षेत्रीय भेला स्थगित

धादिङबेसी चैत्र ४ । पार्टीको आन्तरिक तयारी नपुगेको भन्दै नेकपा एमाले धादिङ १ नम्बरको  क्षेत्रीय अधिवेशन चैत्र २२ गते सम्मको लागि स्थगित गरिएको छ ।
तीन वटा हेलीकप्तर प्रयोग गर्दै तामझामको साथ चैत्र १ गते उद्घाटन गरिएको अधिवेशनमा अध्यक्ष पदको लागि विवाद भएपछि  सहमति जुटाउनको लागी चैत्र २२ गते सम्म स्थगित गरिएको बताईएको छ ।
चैत्र १ गते नेकपा एमालेका नेता तथा गृहमन्त्री वामदेव गौतमले उद्घाटन गर्नुभएको अधिवेशनमा तीन गते सम्म सहमति जुट्न नसकेपछि   अधिवशनै स्थगित गरिएको हो । सल्यानकोट गाविस वडा न. १ रिङनेमा तीन वटा हेलिकप्टर चार्टर गरेर दलको ठुला नेता ल्याए पनि धादिङ क्षेत्र नं. १ मा एमाले कार्यकर्ता जिल्ला नेतृत्व प्रति आक्रोस पोखि रहेका छन् । हिजो कार्यकर्ता घाईते हुँदा गाडी समेत व्यावस्था नगर्ने   जिल्ला नेतृत्व आज क्षेत्रिय अधिवेशनमा ३ वटा हेलिकप्टर चार्टर गर्छ यस्तो नि हुन्छ एक कार्यकर्ताले आक्रोस पोखे ।  सदरमुकामबाट नजिकै रहेको सल्यानकोट गाविसमा  मोटरबाटो हुदै दुई घण्टामा पुग्न सकिन्छ । एमाले नेता एवं सभाषद राजेन्द्र पाण्डे सहित एमाले नेता तथा अन्य अतिथिहरु फरक–फरक हेलिकप्टर चार्टर गरेर कार्यक्रम स्थल पुगेका थिए । अघिल्लो दिन साँझ सम्म धादिङ भएका पाण्डे भोलि पल्ट हेलिकप्टर चडेर अधिवेशन स्थाल आउदा कार्यकताहरु दङ्ग परेका थिए ।

Related Posts:

  • आगलागी बाट सत्तरी लाख नोक्सान भरत रेग्मी ,कृषि रेडियो धादिङधादिङको थाँक्रे गाविस वडा नम्बर ९ चिनिमेलमा आगलागीमा दुई वटा घर नस्ट हुँदा सत्तरी लाख नोक्सानआगलागीवाट हरिबंश अधिकारीले सञ्चालन गरेको मट्टीतेल डिलर, किराना पसल तथा मुक्तीनाथ अधिकारीले सञ्चालन गर… Read More
  • माध्यमिक तहको परीक्षा सम्पन्न धादिङ जेष्ठ १० ।  विद्यालय तहमा स्थायी शिक्षक छनोटका लागि शिक्षा सेवा आयोगले लिएको माध्यमिक तहको परीक्षा सम्पन्न भएको छ । तीन दिनसम्म चल्ने परीक्षा अन्तर्गत आयोगले हिजो  माध्यमिक तहको परीक्षा लिएकोे हो । शिक्षक से… Read More
  • विद्यालयलाई शैक्षिक सामाग्री प्रदान धादिङ ।  टुकी नेपाल समाजले नलाङ–८ काम्दीमा रहेको सयपत्री प्राविलाई शैक्षिक सामाग्री वितरण गरेको छ । शिक्षक विद्यार्थी र अविभावकको उपस्थितिमा रेडियो विहानीका सह–स्टेशन म्यानेजर नारायण सिलवाल र प्रत्यूष दैनिकका सम्पादक… Read More
  • नलाङ काम्दीमा स्थानिय बासिन्दाको सकृयतामा मोटरबाटो निर्माण धादिङ, बैशाख २ । नेताहरुको घर–घर मोटरबाटो पुगेको धादिङ नलाङ गाविसमा चुनावमा मात्र नेताहरु पुग्ने नलाङ कै काम्दी भन्ने ठाउँका स्थानिय बासीहरुले पैसाउठाएर मोटर बाटो खनेका छन् । विकास निर्माणको लागि नेताकोे मुख ताक्न थाकेरस्थ… Read More
  • दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकियो अर्जुन खतिवडा चैत्र २८, धादिङवेसी । ‘राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद’ भन्ने नारासहित जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा सोमबारदेखी शुरु गरिएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०६९ बुधबार सकिएक… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts