Monday, April 14, 2014

दिपक विश्वकर्मा
२०७० साल नेपाली इतिहासमा विशेष रह्यो । नेपाली जनताले २००७ साल देखि देखेको संविधान सभाको निर्वाचन पहिलो संविधान सभाको विघटन पछिको अन्यौलतालाई चिर्दै २०७० मंसिर ४ मा सम्पन्न भयो । यसले जनतामा केहि आशा, उत्साह पैदा ग¥यो । यद्यपी यो निर्वाचन संगै राजनीतिक उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङगको समानुपातिक प्रतिनीधित्वको सुनिश्चित गर्ने समानुपातिक निर्वाचन प्रणालीको सही कार्यन्वयनको भन्दा पनि प्रणाली नै वेठिक भएका जस्ता हल्ला, छलफल र वहसहरु भए पहिलो संविधान सभाको तुलनामा दलित, महिला जनजाति, मधेसीको प्रतिनीधित्व घट्न पुग्यो ।

संविधान सभाको एजेण्डाका निमित्त महान् जनयुद्ध र हजारौंको वलीदान गर्दै परिवर्तनको नेतृत्व गर्दै आएको पार्टीको पराजय र समाजमा यथास्थिति र परिवर्तन नचाहाने शक्तिहरुको विजयले संविधान सभाको निर्वाचनले उत्साहित भएता पनि उत्पीडित, जाती, वर्ग, क्षेत्र, लिङग समुदायका परिवर्तनकामी जनतामा खासै उत्साह बनाउन सकेन बरु थप निराशा बनायो । एकल विश्व पूंजीवादी अर्थव्यवस्था यसले विकास गरेको औद्योगिकिकरण र आधुनिकिकरणले बढ्दो सुचना प्रविधिको विकासले हामिमा उपभोगवादी संस्कृति वढ्दै जानु, हाम्रो जस्तो विकासोन्मुख देशहरुका युवाहरु विश्व श्रम बजारमा सस्तो मुल्यमा श्रम बेच्न बाध्य हुनु, रेमिट्यान्सले मुलुक धान्ने र भित्रिएको रेमिट्यान्सले महङगो मुल्यका उपभोगका विदेशी सामाग्री खरिद गर्दै पैसा त्यही विकसित मुलकमा फिर्ता पठाउने अवस्था छ ।
जसले गर्दा उच्च व्यापार घाटा २०७० सालमा पनि कायम रह्यो । सामाजिक विभेदका घट्नाहरु, लैङगितक हिंसाका घट्नाहरु, स्वास्थ्य शिक्षा क्षेत्रमा भएको आर्थिक अपारदर्शीता, अख्तियार दुरुपयोग जस्ता प्रविधिका विरुद्ध डा. गोविन्द केसिको अनसन अभियान पनि देशभरि व्यापक बन्दै सफल भयो । केहिहद सम्म नैतिकताको मुल्य बढ्यो । खेलकुदको क्षेत्रमा यसबर्ष उल्लेखनीय प्रगति ग¥यो । विषेशगरि क्रिकेटको क्षेत्रमा नेपाली क्रिकेट टिमले टि ट्वान्टी विश्कपमा हासिल गरेको सफलताले नेपाल र नेपालीको छाती गर्वले फुलायो, शिर उच्च बनायो र सबैमा साझा खुसि हाँसो छर्न सफल बन्यो ।
    समयको परिवर्तन सँगै मानिसमा बढ्ने परिवर्तन, सुख, सम्बृद्धिको चाहना पनि स्वभाविक हो । आशा गरौँ २०७१ सालले ती काम पुरा गर्ने छ । राजनीतिक हिसाले परिवर्तनका एजेन्डाहरुलाई सम्बोधन गर्दै नेपाली राजनीतिमा तीन पुस्ताको संघर्षबाट प्राप्त गरेको संविधानसभाले यसबर्ष भित्र सहमतिय रुपमा नयाँ संविधान प्रदान गर्न सकोस् ।  उद्योग धन्दा कलकारखानाको विकास, कृषिमा व्यावसायीकरण मार्फत बढ्दो बैदेशीक रोजगारीमा जाने कार्यलार्य न्युनीकरण गर्दै आफ्नै देशमा श्रम गर्ने स्वरोजगारी बनाउने वातावरण सृजना गर्न राज्य लागोस् । औद्यौगिकीकरण र आधुनिकीकरण बढ्दो नीजीकरण, बजारीकरणले नीजि क्षेत्रको लगानि र विकास सँगै शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवश्यकता जनताको पहँुच भन्दा टाढा पुग्दै गएको अवस्थामा नीजि क्षेत्रलाई जनताप्रति उत्तरदायीत्व बनाउंदै राज्यले यस क्षेत्रमा जोड दिई लगानि विकास गर्दै आफ्नो भूमिका बढाउनुपर्दछ । जातिय विभेद, असमानता, लंैगिक समानता, महिला हिंसा जस्ता मुद्धा कुनै विषेश जाति, समुदाय र लिङगको मात्रै चासोको मुद्वा नभएर राज्यले नै यसमा जिम्मेवारी वोध गर्दै राष्ट्रिय अभियानहरु सञ्चालन गरी समतामूलक न्यायपूर्ण समाजको निर्माणमा जोड गर्नुपर्दछ । खेलकुद राष्ट्रको सान, पहिचान र गौरबको क्षेत्रको रुपमा विकास भइरहेको अवस्थामा खेलाडीको संरक्षण, प्रोत्साहन गर्ने कार्यक्रम सहित खेलकुद क्षेत्रको विकासमा ठोस कार्यक्रम ल्याओस् ।
    नयाँ वर्ष संगै नयाँ आशा, नयाँ सोच, प्रतिवद्धताहरु स्वाभाविक रुपमा आउंछ । नयाँ वर्ष संगै व्यक्तिगत हिसाबले मेरा पनि केहि नयाँ प्रतिवद्धताहरु छन् । समाजिक भेदभाव एवं जातिय विभेद रहित दलितपक्षीय संविधान, युवाहरुको मुद्धा सम्बोधन गर्ने नयाँ संविधानका निमित्त छलफल, बहस, पहल गर्ने, दबाब सृजना गर्ने राजनीतिक सबै नीतिहरुको पनि नीति र राज्य सञ्चालनको मेरुदण्ड भएतापनि युवाहरुमा राजनीतिक प्रति बढ्दो निराशालाई अन्त्य गर्न युवाहरुलाई राजनीतिकमा आकर्षण गर्न पहल अभियान गर्ने । नयाँ अध्ययन खोज अनुसन्धान एवम् लेखनलाई अझ व्यवस्थित रुपमा निरन्तरता दिने कृषिमा व्यवसायिकीकरण, आत्मनिर्भर र स्वरोजगार बन्न युवाहरुलाई प्रोत्साहित गर्दै आफ्नै देशमा केहि गरुं भन्ने भावनाको विकासमा जोड दिने प्रयास गर्नेछु । हामी सबैमा सकारात्मक सोचको विकास गरोस्, केहि गरौं भन्ने भावना एवम् इच्छा पैदा गरोस्, समाज र राष्ट्रप्रति जिम्मेदारी वोधको विकास हामी सबैमा गरोस्, सुख, शान्ति, सम्वृद्धि, उत्तरोत्तर प्रगतिद्वारा हाँसो छर्न सफल बनोस् २०७१ साल । नयाँ वर्षको शुभकामना । 

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts