Monday, April 14, 2014

गंगालाल गुरुङ
आजबाट नेपालमा विक्रम संम्बदको साल फेरीएको छ । हिजो अर्को नै साल थियो तर आज बाट भने पूर्व क्षितिजबाट सूर्यको लालीम किरण धर्तीमा स्पर्श गर्दै गर्दा नेपाल नयाँ जोश जाँगर र उमंगको साथ नयाँ बर्ष २०७१ साल शुरुवात भएको छ । वि.सं २०७० साललाई फर्केर हेर्दा नेपालको इतिहासमा केहि सम्झन लायकका कामहरु पनि भएका छन् । जुन कामहरु भएका छन त्यसलाई सार्थकता दिन सकेमा २०७१ साल फदायी ठानिनेछ ।
२०७० सालमा शुरुवात भएका कामहरु तर पूरा हुन नसकेका कामहरुलाई यो सालले पूरा गर्न सकेमा मात्र यो साललाई नै ऐतिहाँसकि सालको रुपमा चिन्न सकिन्छ । नेपालको बिभिन्न काल खण्डहरुमा भएका बिभिन्न डर लाग्दा र सम्झी रहने घटनाहरु भएका छन । जुन सकारात्मक र नकारात्मक दुबै खाले रहेका छन । नेपालमा वि .स १९० मा भएको कोतपर्व अनि वि. स २००७ सालमा उदय भएको प्रजातन्त्र जस्तै यो सालमा पनि नेपालीले चाहे जस्तै जनसंविधान प्राप्त गर्न सकून ।
    वि.सं २०६४ सालको अन्त्य र २०६५ को आगमनको सँघारमा चैत्र २८ गते नेपालमा भएको ऐतिहाँसिक संविधान सभाको चुनावले नेपालमा जनताको भावना अनुरुप संविधान निर्माण गर्न सकिएन । २ बर्षको लागी भनि तोकिएको संविधान सभाको समयसिमा भित्र काम हुन नसकेपछि ३ महिना ६ महिना गर्दै १ बर्षको म्याद थपिदै गयो हँुदाहँुदै अर्को २ बर्ष पनि बित्यो र संविधान सभाको समय ४ बर्ष सम्म लब्याईएको थियो तर ४ बर्ष सम्ममा पनि संविधान आउन सकेनन् । अन्त्यमा गएर संविधान नै विघठन हुन पुग्यो । करोडौ देशको ढुकुटि खर्चेर गरेको विर्नाचन र सभासदहरुलाई प्रदान गरिएको तलब भत्ता केवल हिडदै छ पाईला मेटदै छ भने जस्तै भयो । देशको ढुकुटि रित्तिएको छ अब त हामि जसरी भए पनि  दिएको जिम्मेवारीलाई वहन गरेर पूरा भन्दा पनि जे हुन्छ हुन्छ भन्ने तर्फ सोच गएकै कारण नेपालमा तोकिएको मितिमा संविधान निर्माण हुन सकेन । वि .सं २०५२ साल फागुनबाट शुरु भएको तत्कालिन माओवादी र सरकार पक्षको द्धन्द १० बर्ष सम्म चलिरह्यो । यस बिचमा निर्दोस १३ हजार नेपालीले अकालमा नै ज्यान गुमाउन प¥यो । वि .सं २०६२ र ०६३ सालमा भएको १९ दिने जनआन्दोलनले नेपालमा कायम रहिआएको राजतन्त्र अन्य भई लोकतन्त्रको स्थापना भएको थियो । बि सं २०६३ साल मंसिर ५मा भएको त्रिपक्षीय विस्तृत शान्ति सम्झौताले नेपालमा चलिरहेको द्धन्द अन्त्य भएको थियो । यसरी हेर्ने हो भने नेपालमा विगतका वर्षहरुमा सम्झन लायकका केहि तीता मिठा घटनाहरु नभएका पनि होईनन । वि सं २०७० साल मंसिर ४ गते नेपालमा भएको दोस्रो संविधान सभाको निर्वाचनले १ वर्ष भित्रमा संविधान पाउने नेपाली जनतामा आश दिलाएको छ । तर हाल आएर संविधान सभा भित्र हुने गरेको ढिला सुस्तीको काम र दलहरु बिचमा हुने खिचतानीले तोकएको समयमा संविधान नआउने हो कि भन्ने चिन्ता पनि थपिन थालेको छ । निर्वाचन सकिएको ४ महिना बितिसक्दा पनि २६ जना मन्त्री परिषदले निर्णय गर्ने सभासदहरु पनि चयन गर्न नसक्नु अहिले भनेको राम्रो संकेत होईन जुन २०७० साल भित्रमा नै हुनु पर्ने काम हो तर त्यो कार्यलाई पनि नयाँ वर्षमा नै गर्नु पर्ने भएको छ । २०७० सालको संविधान सभाको गतिविधिलाई हेर्दा १ बर्षमा नै संविधान बन्छ भनेर ठुक्क भइसक्ने अवस्था रहेको छैन । सानो भन्दा सानो कुरालाई पनि विवादको विषय बनाए निर्धारित समय भित्रमा टुङग्याउन नसक्नु भनेको दलहरुमा भएको आपसी बेमेलको अवस्था हो । २०७० सालमा रोपेको संविधानको बिजलाई २०७१ सालमा फुलाउन सक्नु पर्छ अनि मात्र देश र जनताले अबको नेतृत्वलाई विश्वास गर्ने छ तर त्यो हुन सकेन भने जनताको नजरबाट गिर्नेछ । २०७० सालमा भएको संविधान सभाको चुनावमा ने क पा माअ‍ेवादी लगायत ३३ दललाई चुनावमा सहभागि गराउनुको साटो चुनावको बाटोमा छाडेर जानु पनि एउटा भुल भएको छ नेपाली राजनितीमा । नयाँ आशा र विश्वासका साथै सबै नेपालीका  माझ नयाँ बर्षले प्रबेश गरिसकेको छ । नव वर्ष २०७१ साल सबै नेपालीका लागी सुखद बर्ष हुनेमा कामना गरिएको छ । बर्ष २०७० लेसुम्पिएको संविधान निर्माणको कार्यभार पनि बर्ष २०७१ सालमा पुरा हुने आम नेपालीले विश्वास लिएका छन । नयाँ बर्षलाई स्वागत गर्नका लागी हिजो साँझबाट नै देशका बिभिन्न ठाउँमा भव्य तयारीका साथ आम नेपालीहरुको जमघट भएको थियो । नयाँ बर्ष सुखद बनाउन देशका बिभिन्न ठाउँहरुमा बिभिन्न साङगितिक कार्यक्रमहरुको समेत आयोजना गरिएका थिए । बर्ष २०७०लाई बिदाई गर्दा आम नेपालीले यसबर्षलाई मिश्रीत बर्षका रुपमा हेरेका छन । राजनैतिक दृष्टिबाट बर्ष २०७० उपलब्धी मुलक नै रहेको छ । पहिलो संविधान सभा विघठन भए संगै गन्त्व्य विहिन भएको नेपालको राजनिती मंसिर ४गते भएको दोस्रो संविधान सभाको निर्वाचन संगै ठिक ठाउँमा आएको थियो । बर्ष २०७० राजनितीमा अन्य सम्झन लायक घटनाहरु प्नि भएका छन । त्यसैगरि नेपाली ईतिहाँसमा कहिल्यै नमेटिने एउटा ईतिहाँस वर्ष २०७० मा कोरिएको छ । नेपाल यसै वर्ष पहिलो पटक टि २० विश्वकप क्रिकेटमा सहभागि भएको थियो । अब यसरी नै २०७० सालले नेपाली राजनितिमा दिएको जिम्मेवारीलाई सहज र सहज रुपमा सम्पन्न गर्न सकेमा यो साललाई पनि सबैको लागी स्वणिम वर्ष बन्ने छ ।
नेपालमा नयाँ बर्ष मनाउने प्रचलन त्यति नभएपनि पछिल्लो समय नयाँ बर्षलाई लक्षीत गरेर कार्यक्रमहरु हुन थालेका छन । केहि साङगितिक कार्यक्रम र युवायुवतीको घुमघाम गर्ने बहाना कात्र बन्दै आएको नयाँ बर्षलाई अहिले व्यवसायिकले समेत व्यापार गर्ने अवसरको रुपमा लिन थालेका छन । नेपाललाई विक्रम संवदलाई आधार मानेर कामकाज गरिने भएकोले अंग्रजी नयाँ बर्ष भन्दा यो नयाँ वर्ष नेपालीहरुका लागी महत्व हुनु स्वभाविक  पनि हो । हाल पोखरामा नयाँबर्षको पावन अवसरमा नयाँ बर्ष महोत्सव आयोजना भईरहेको छ । यसरी नै नेपालको बिभिन्न ठाउँहरुमा आजको दिनलाई बिशेष रुपमा मनाउने गर्दछ । वास्तवमा नयाँ बर्षको दिनमा नयाँ कामको थालनी गनुपर्छ यसो गर्न सकेमा  समग्रमा नै बर्ष भरी नै राम्रो हुने विश्वासको साथ नेपाली समाजमा आजको दिनमा  नयाँ कपडा लगाउने  र मिठा परिकार खाने गरिन्छ ।
बिहानीले दिनको संकेत गर्छ भने जस्तै आजको दिनमा आफूले सकारात्मक काम गर्न सकेमा सुरुवात हो राम्रो हुनेछ । देशको राजनैतिकमा पनि आजको दिनमा एक एतिहाँसिहक सहमति हुन सकेमा  प्रशंसा हुनेछ ।दलहरुमा आपसी समझदारीको माध्यमबाट देशलाई निकास दिन सकेमा सम्मान र देशले र सहिदको रगतले पनि सम्मान गर्ने छ । स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा २०७० साल जे जस्तो रहे पनि २०७१ साल फदायी रहोस मेरो तर्फबाट सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा नयाँ बर्ष २०७१ सालको शुभकामना ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts