Saturday, April 5, 2014

धादिङ, चैत्र २२ गते । धादिङबेसी सदरमुकाम स्थित जीविका होटलमा आयोजित नेकपा–माओवादीको धादिङ जिल्ला सम्मेलन नेतृत्व चयनमा विवाद भएपछि बैशाख ६ गते सम्मलाई स्थगित भएको छ । शुक्रवार नेकपा–माओवादीका पोलिट व्यूरो सदस्य हितमान शाक्यले उद्घाटन गर्नु भएको उक्त सम्मेलनले २५ सदस्यीय जिल्ला समिति गठन गरेपनि जिल्ला सेक्रेटरी छनौटमा एकमत हुन नसकेपछि सम्मेलन स्थगित भएको बताईएको छ ।  जिल्लाको पुरानो र अनुभवी नेता शेरबहादुर भण्डारीलाई पाखा लगाई बाबुराम गजमेर जिल्लामा आएपछि फितलो देखिएको धादिङमा सम्मेलन पनि फितलो नै देखिएको थियो । जिल्लाका पुराना नेता द्वारीका सुवेदी
कार्यक्रमका प्रमुख अतिथि रहनुभएको नेता शाक्यले अहिलेकै अवस्थामा कुनै पनि हालतमा संविधान जारी नहुने बताउनु भयो । संविधानसभाको माग हामीले अगाडी सारेको भन्दै उहाँले संविधान बन्नुपर्छ भन्ने माग हाम्रो पनि हो तर २०४७ सालकै संविधानलाई ब्युँताउने जालझेल भईरहेकोले यसबाट जोगाउनको लागी जस्तो सुकै कदम चाल्न पनि पछि नहट्ने स्पष्ट पार्नुभयो ।
 द्वन्द्व कालिन मुद्वा ब्युँत्याएर बृहत शान्ति सम्झौताको उपहास गरेको भन्दै उहाँले यसले सहि सन्देश नजाने बताउनु भयो । बृहत शान्ति सम्झौता हस्ताक्षर गर्दा द्वन्द्व कालिन मुुद्वाहरु सत्य तथा निरुपण मेलमिलाप आयोगले टुङग्याउने  भन्ने बुंदामा हस्ताक्षर गरेको भन्दै उहाँले षड्यन्त्र मुलक ढङगबाट आफ्नो कार्यकर्ताहरुलाई फसाउन खोजेको आरोप लगाउनु भयो ।
जनयुद्वको समयमा हामिले मात्र बन्दुक उठाएको होईन त्यस बेलामा काँग्रेस एमालेले दमन गर्नको लागि सेना मार्फत बन्दुक उठाएको प्रति प्रश्न गर्दै यसको जिम्मेवारी को हुने बताउनु भयो । त्यो बेलामा पनि काँग्रेस एमालेले पनि बन्दुक उठाएकै हो, त्यसैले एकतर्फी रुपमा एक पक्षलाई मात्र समातेर जेल हाल्दा यसले कस्तो परिस्थिती ल्याउछ यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनु भयो ।
नेकपा माओवादीको निर्वतमान जिल्ला संयोजक बाबुराम गजमेरको अध्यक्षता, नेकपा माओवादीका पोलिट व्युरो सदस्य हिमान शाक्यको प्रमुख आतिथ्य, केन्द्रिय सदस्य सुर्य सुवेदी, अमृता थापा, अनिता शार्माको विषेश आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा धादिङका कम्युनिष्ठ आन्दोलनका संस्थापक नेता बेदनिधि अधिकारी, नेपाली काँग्रेसका जिल्ला सचिव भक्त लामा, नेकपा एमालेका जिल्ला अध्यक्ष खेम लोहनी लगायतको आतिथ्य रहेको थियो ।

Related Posts:

  • धादिङ मैदीमा आएर के भने बाबुरामले सुदिप विश्वकर्मा कार्तिक ५ मैदी । २०६४ सालको निर्वाचनमा आफ्नो पार्टीको स्पष्ट बहुमत नआउँदा जनपक्षिय संविधान निर्माण गर्न नसिकएको एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराईले बताउनुभएको छ … Read More
  • जनताको भोट गनिएन र हा¥यौ मंसिर १२ धादिङ । एकीकृत माओवादी प्रति जनताको अपार माँया पाएको धादिङको तीन वटै निर्वाचन क्षेत्रमा आफ्नो जित सुनिश्चित  हँुदा हँुदै पनि स्थानीय प्रशासन र अन्य दलहरुको रणनीतिमा एमाओवादीलाई हराउनको लागि मतपेटीका साटेक… Read More
  • धादिङ औद्योगीक व्यापार मेलाको तयारी तिव्र  पौष २५, धादिङबेसी । माध १५ गते देखि धादिङबेसीको खुल्ला मञ्चमा हुने बृुहत कुषि पर्यटन तथा धादिङ औद्योगीक व्यापार मेलाको तयारी तिव्र पारीएको छ । मेलालाई भव्य र सव्य रुपमा सम्पन्न गर्नको लागी आज मेला प्रचार प्रसार सम… Read More
  • राजनीतिक स्थिरता र आथिर्क विकास हाम्रो मूल एजेण्डा– धमला ८ कार्तिक नीलकण्ठ । संविधानसभाको निर्वाचन नजिकीदै गर्दा एकीकृत नेकपा माओवादी निर्वाचन क्षेत्र न. २ आफ्नो पक्षमा जनमत जुटाउनको लागी जनताहरुको घरदैलो जाने अभियान अन्तगर आज नीलकण्ठ गाउँ विकास समितिको  पाँचधारेमा अन्तरया… Read More
  • धादिङ क्षेत्र नं.२ मा कल्पना धमलाको स्थिति कस्तो छ ? (यतिबेला चौतर्फी चुनावी सरगर्मी बढेको छ । संविधानसभाको दोस्रो निर्वाचनमा आफुले जित्ने दाबी सबै दलको छ । पहिलोे संविधानसभाको निर्वाचनमा धादिङका तीन वटै क्षेत्रमा एमाओवादीले बिजय भएको ताजै छ । आगामी मंसिर ४ गते हुने संविधानसभ… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts