Tuesday, May 20, 2014

 सेक्रेटरी बन्न धेरै गारो धो नि हैन ?
पदाधिकारी र नेतृत्व चयन सम्बन्धि विषय व्यापक छलफल भएकै हो जिल्ला सम्मेलन भनिसके पछि छलफल हुने नै भयो । नेताहरुको कार्यव्यस्तताको कारणले सहमति जुटाउन नसक्दा जिल्ला सम्मेलन पटक–पटक सारिएको चाहिँ सत्य हो ।
. युद्धकालिन नेता तपाईं विरुद्ध ठुलै मोर्चा बन्दी देखियो नि सम्मेलनमा ?
सम्मेलनमा आकांक्षीहरु सामान्यतया हुने कुरा नै भयो । मुख्य रुपले विधिवत रुपमा निर्वाचन मण्डल गठन गरेर दरखास्त कसैको पनि परेको थिएन तर बजार हल्ला चाहि धेरै भयो । हिजो जेष्ठ २ गते मात्रै हाम्रो नेतृत्व र जिल्ला कमिटिको सयुक्त बैठकले सर्वसम्मतिले जिल्ला कमिटि चयन भयो । मेरो विरुद्ध कोही उभिनु भएको थिएन । म सर्वसहमतिले नै सेक्रेटरी बनेको हुँ । 
अन्य दलसगँको सम्बन्ध तपाईंहरुको आपसी जुन व्यक्तिगत रुपमा हुनुपर्ने कुराकानीहरु कस्तो छ ?
ड अन्य राजनैतिक पार्टीहरुसँग आफ्नो विचार राजनीतिक कार्यदिशाको हिसाबले त छँदै छ र नेपालको राजिनीतिक अन्य पार्टी र हाम्रो पार्टीको ठ्याक्कै भिन्नता छ । उहाँहरुको  जनताको मुक्तिको कार्यदिशा र त्यसको बाटो अलि फरक ढँगले व्याख्या विश्लेषण गर्नुभाको छ भने हामीले फरक ढंगबाट त्यसको व्याख्या विश्लेषण गरिराखेका छौँ । त्यसकारणले धादिङकै राजनितिक पार्टी संगको सम्बन्धको कुरा गर्दा हामी टाढा छैनौँ ।
धादिङ जिल्लाको परिवेशमा हेर्ने हो भने नेकपा–माओवादीको अवस्था कस्तो रहेको छ अहिले ?
हामीले नेकपा एमाले नेपाली काँगे्रस र एकीकृत माओवादीको र हाम्रो संगठन र शक्तिको हिसाबले हामी उस्तै छौँ ।
नेकपा–माओवादीको उपस्थिति अलि कम नै छ भन्ने कुराहरु पनि छ नि ?
भन्ने कुरा त छुट्टै कुरा भो तर जनताले गरेको आस्था विश्वासको आधारमा अब अन्य पार्टी होइन  बास्तविक नेपाली जनताको मुक्ति भनेको नेकपा–माओवादी नै हो यसको अरु विकल्प छैन जस्तो लाग्छ मलाई ।
नेकपा माओवादीलाई त शान्ति र संविधानको विरोधि भन्छन् नि के साँचो हो ?
ड वास्तविक शान्ति र संविधाको पक्षधर नेकपा– माओवादी हो । हिजो पनि हामीले सरकार निर्माणदेखि  लिएर शान्ति र संविधान निर्माणको विषयलाई लिएर वृहत गोलमेच सम्मेलनको एजेण्डा ल्याएका थियौँ । विकल्प दिएका थियौँ र त्यसलाई संसदवादी पार्टीहरुले लत्याएर जनताको आवजहरुलाई नसुन्न कामहरु भयो त्यसको लागी अब नेपाली जनताको थप द्धन्द्धको सिर्जना चाहिँ उनीहरुले गर्ने वातावरण बनाइ राखेको छ । विभिन्न द्धन्द्धकालिन मुद्धाहरु ब्युँताउने कोशिस गरिराखेको छ त्यसले नेपालीको जनताको शान्तिको र परिवर्तनको आकाँक्षा माथि कुठाराघात भएको छ । जनताले देखाएको त्याग र बलिदानी माथि कुठाराघात अझैँ हुन सक्ने सम्भावनाहरु देखिन्छ ।
तपाईंहरुको चाहना शान्ति र संविधान नै हो तर तपाईंहरुले भनेको जस्तो शान्ति र संविधान चाहिँ कस्तो हो ?
हामीले भनेको समाजमा भइरहेको विभेदको अन्त्य, समानताको एउटै परिभाषा, समाजमा अब वर्ग नहुने, धनी गरिब नहुने, सबै मजदुर किसानहरुको मुक्ति भएको र प्रगति भएको समाजको निर्माण गर्नु र समाजमा कुनै पनि विषयमा जनतामा अभाव नहोस् । जनताको शिक्षा स्वास्थ्य रोजगारीको व्यवस्था हुनप¥यो । जसले द्धन्द्धको समाधान पनि हुन्छ जस्तो लाग्छ ।
हिजो जनयुद्धमा त तपार्इंहरु सफल हुनुभएको मान्न सकिएला अबको कार्यदिशा खै क ?
पहिला त विश्वास भन्ने कुरा पार्टीको लिडरसीपको जिवन शैली र आचरणमा पनि हेर्ने कुरा हुन्छ । त्यसकारण नेपाली क्रान्तिमा नेपाली जनताले आन्दोलन गरिराखेकै छन् तर आन्दोलन सम्झौतामा टुङ्गिएका छन् । नेताहरुले धोका दिएका छन् । त्यसकारणले नेकपा माओवादीले धोका दिन्छ भन्ने कुरा होइन । केहि नेताहरु फेरिपनि विग्रन सक्छन् । समाज विकासको लागी पार्टी भित्र चलाइने अन्तरसंघर्ष र जनता संघ गर्ने जनसम्बन्धलाई मिलाउन सकियो भने नेकपा–माओवादीको नेतृत्वमा जनताले मुक्ति पाउँछन् ।
 नेकपा –माओवादीको आगामी योजनाहरु के–के हुन् ?
नेकपा माओवादीको आगामी योजना असार १० गतेबाट हुने राष्ट्रिय सम्मेलनबाट थाहा हुन्छ । जिल्ला सम्मेलन देशभरि सम्पन्न भइसकेको छ । हामी आफ्नो सांगठानिक राजनीतिक वैचारिक तयारीमा नै छौँ । त्यसपछि जनताको पक्षमा संविधान निमार्णको निम्ति सडक संघर्षको बाटोमा अगाडी बढ्छौँ ।
जनता विकास चाहन्छन्, धादिङको लागि के छ, विशेष योजना ?
जनताले चाहने विकास भन्दा पनि नेताहरुले चाहेका ठाउँमा विकास भैराखेको छ । विकासको लागी जिल्लामा नियम छैन । वास्तविक दुरदराजका जनता निमुखा जनता उत्पादन मुलक ठाउँमा गरिने विकासहरुमा धादिङको राजनितिक पार्टीहरुको समग्रमा एउटै खालको बुझाइ नहुँदा स्रोत साधन भएर पनि विकास हुन सकेको छैन । त्यसको निम्ति जनताले आवाजहरु उठाउनुपर्छ । हामीले पनि तिनै कुराको विषयमा जनतासम्म जानेछौं ।
संविधानसभाको सम्पुर्ण प्रक्रियाबाट बाहिरिएको नेकपा–माओवादीले आफ्नो एजेण्डाहरु सशक्त रुपमा उठाउला ?
सम्पुर्ण प्रक्रियाबाट बाहिरिएको होइन बाहिर निकालिएको हो । हामी सम्पुर्ण प्रक्रियामा जाने थियौँ तर हाम्रो एजेण्डाहरु सम्बोधन नगरिएको हुनाले विदेशी दलालहरुको नेतृत्वमा चुनाव गराइएको हुनाले निर्वाचित सभासदहरुले पनि उसकै पक्षमा सरकार बन्ने र संविधान पनि त्यहि पक्षमा बन्ने हुनाले हामीले संविधान निर्माणको निम्ति यो प्रक्रियालाई अन्त्य गरि अर्को प्रक्रियामा जाउँ र जनतालाई संविधान दिउँ भन्नेमा हामी छौँ ।
एकीकृत माओवादीसंग पार्टी एकता हुन्छ त ?
मुख्य गरी हिजो गरिएका कमजोरीहरुलाई आत्मासाथ गर्नूप¥यो । जनतामा खुलस्त हुनुप¥यो एमाओवादीको राजनीतिक विचारमा लाग्नुप¥यो जुन ठाउँबाट विग्रिएको थियो त्यहि ठाउँमा फर्किनु पर्छ ।
 नेकपा–माओवादी पार्टी पद नपाएर फुटेर गएको भन्ने आरोप लागेको छ नी ?
 त्यो विषय त पुरानो भईसक्यो नपाली जनताले थाहा पाइसके । पार्टी विभाजन भएको समय तिर लगाइने आरोप हो । त्यसकारणले पद नपाएको भनेर गएको कुरा नेपाली जनताहरुले मिथ्या सावित गरिसकेका छन् । त्यो आरोप मात्र हो हामी नेपाली जनताको मुक्तिको लागि र दश वर्षे जनयुद्धबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नको लागि पार्टी विभाजन भएको हो ।
 सरकारले त एक वर्षै भित्रमा संविधान जारी हुने बताएको छ नी ?
संविधान त अब हिजो ०४७ सालकै हुबहु राख्नेहरुको चाहीँ गत निर्वाचनमा बहुमत राख्नेहरुको बर्चस्व भएको छ । संविधान त लेख्न सक्छन् । तर संविधान फेरी द्वन्द नहुने खालको, जनताले परिवर्तन चाहने खालको, जनताले मुक्ति पाउने खालको  संविधान आउछकी आउदैन भन्ने कुरा मात्र हो । त्यसकारणले तेस्तो खालको संविधान आउनेमा हामी विश्वस्त छैन । जनताहरुमा फेरीपनि कुठराघात हुने सम्भावना रहेको छ । संविधान बन्ने नबन्ने भन्दा पनि कस्तो संविधान बन्ला भन्नेमा पहिलो ध्यान दिन जरुरी हुन्छ ।
नेपाली जनताले तपाईहरुलाई प्रश्न गरिरहेको छन्, तपाईंहरुले फेरी पनि जनयुद्ध गर्न लागेको हो ?
अब हामी र हाम्रो पार्टीले लिएको कार्यदिशा अनुसार फेरी हामी हिजोको जस्तै जनयुद्ध गर्ने भन्ने कुराहरु चाहि ठ्याक्कै अहिले छैन, युद्ध  कस्तो गर्ने, कसरी गर्ने भन्ने कुराचाहि शासकहरुले गर्ने दमनको कस्तो व्यावहार गर्छन त्यसमै भर पर्दछ ।
हामी माक्र्सवादीहरु जहिले पनि निर्वाचनबाट सर्बहरावर्ग मजदुर किसानहरुको सत्ता आउँछ भन्नेमा विश्वस्त हुन सक्दैनौँ । जसले निर्वाचनको पद्धतीलाई मात्र दिर्घकालीन रणनीति बनाउँछ त्यो चाहि गैर माक्र्सवादी कम्युनिष्ट हुन सक्छ भन्ने हाम्रो बुझाई हो । त्यसैले गर्दा खेरी नेपाली जनताको मुक्तिको लागि हामीले सडकबाटै, वार्ताबाटै अहिले फेरी बैज्ञानिक आन्दोलन गरेर नेपाली जनताहरुको अगाडी नेपाली जनताले चाहेको २००७ साल भन्दा यता र पहिला पनि गरिएका क्रान्तिको सम्बोधन यहाँ हुनपर्दछ । नेपाली जनताले गरेका विभिन्न चरणका क्रान्तिहरुलाई अहिले संविधानमा सम्बोधन गर्नको लागि नेकपा–माओवादीले अधिकतम् प्रयास गर्ने छ ।
 नेपालका कम्युनिष्ट पार्टीहरु नमिल्नुको कारण चाहिँ के होला ?
पहिलो कुरा त माक्र्सवादलाई आत्मसाथ गर्नमै समस्या हो । मालेमावादी दर्शनलाई एउटा जीवन व्यावहारमा लागु गर्ने र नेपाली भु–राजनीति अनुसारको चाँहि नेपाली मजदुर किसानहरुको मुक्तिको बाटोमा मालेमावादी दर्शनलाई आत्मसाथ गर्ने र त्यो अनुसारको कार्यदिशा बनाएर जानुमानै विभेद हो ।
विभिन्न चरणमा चलेको दुई लाईन संघर्षमा पनि त्यहि देखिएको छ । नेताहरुमा विकास हुने निम्न पूँजीवादी चिन्तहरु प्रवृतिहरुको हावी हुदै गएको छ । र आफ्नो वर्ग सर्बहरा वर्ग जो जमदुर किसानहरु छन् उनीहरुको शक्तिलाई कम आट्ने र दुश्मनको शक्तिलाई ठुलो देख्ने, जुन आत्मसुरक्षावादी चिन्तहरु बढी हावी हुदै गए ।
तिनले सुधारको लागि बाटो लैजाने र बल प्रयोगको सिद्धान्तबाट अगाडी बढ्नु पर्छ जुन सत्ता प्राप्ति नै सबैभन्दा ठुलो हुन् भन्ने बाटाको विभेदले गर्दानै र सच्चा माक्र्सवादी बन्न नसक्नुले गर्दा नेपालका कम्युनिष्ट पार्टीहरु विभाजित भएका हुन् ।
 स्थानीय निर्वाचन हुँदैछ, तपाईंहरु भाग नलिनेत होलानी ?
नेकपा माओवादीले स्थानीय निर्वाचनमा भाग लिएर जनताहरुको मुक्ति हुन्छ भन्ने विश्वास छैन । यो प्रक्रिया नै ठीक छैन । पहिला त संविधान जारी हुनुप¥यो ।
जनताले चाहेको जस्तो पहिचान सहितको संघीयता जारी हुनुप¥यो । त्यो संविधानमा गरिने राज्य पुनःसंरचना पछि स्थानीय निर्वाचन भयो भने त्यसमा चाहीँ नेकपा –माओवादी भाग लिन्छ ।  तर अहिलेकै प्रक्रियाबाट स्थानीय निर्वाचन भयो भने नेकपा –माओवादीले भाग लिदैन । यसमा सहभागी भएर नेपाली जनताहरुको मुक्ति पनि हुदैन ।
एकीकृत नेकपा माओवादीले कुन कुरामा गल्ति ग¥यो जस्तो लाग्छ तपाईंलाई
 पहिलो कुरोत मैले पटक–पटक भनिसकँे जब बल प्रयोगको सिद्धान्त छोड्छौ शान्तिपुर्ण सहभागिताको बाटो लिन्छौ त्यहीनेर एकीकृत नेकपा माओवादीले माक्र्सवादको मुल आत्मा छोड्यो । हामीहरु एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डकै नेतृत्वमा भएको समयमा हामीले गरेका जुन कुराहरु थियो त्यसलाई वाईपास गरियो ।  दोस्रो कुरो हामीले पटक–पटक एकीकृत नेकपा माओवादीलाई भनेको थियौ कि, जनताको संविधान नवनीकन जनमुक्ति सेना बुझाउन हुन्न, हतियार बुझाउन हुन्न, र त्यसलाई समायोजन गराउनु हुन्न । त्यो कुरा पनि सुनिएन त्यसकारणले ति सबै कुरा बुझाउन साथ नेपाली जनताहरुको संविधान बन्ने सम्भावनहरु टर्छ । सेना समायोजन र संविधान निमार्ण सँगसँगै हुनुपर्छ भन्ने कुरा हाम्रो पार्टीको बैठकमा एकमतले पारित गरेका कुराहरु हो । एक्कासी चावी बुझाउने, नेपाली सेना लगाएर घेरा हाल्न लगाउने, जवरजस्ती हतियार बुझाउने र समायोजन गर्ने कुराहरु भयो एकीकृत नेकपा –माओवादीले त्यहिनेर ठुलो गल्ति  गरेको हो ।
नेपाली जनताको मुद्दाहरु आझेलमा पर्दै जाने नेपाली जनताको पहिचान सहितको संघियताका कुराहरुलाई आत्मसाथ नर्गने जस्ता गतिविधिहरु भएका छन् । विदेशी शक्तिहरुलाई ठुलो देख्ने र यहिँका शक्तिहरुलाई सानो देख्ने प्रवृत्तिहरु भएका छन् यसले राम्रो संकेत चाहीँ दिएको छैन । 
प्रचण्डले एक सार्वजनिक कार्यक्रममै नेतृत्व हस्तान्तरण गर्छु भन्नु भएको छ । भनेपछि बैद्य अध्यक्षमा आउनुहुने भयो नि हैन ?
अब मुख्य कुरा त हाम्रो पार्टीले अहिले ठोस गरेको कुरो के हो भने नीति नेतृत्व र नाम मुख्य कुरो नेपाल कम्युष्टि पार्टी माओवादी नाम स्विकार गर्नुप¥यो ।
किनभने नेपाल कम्युनिष्ट पार्टीमा मालेमावादी दर्शन भेटिन्छ, त्यहाँ परिवर्तन भेटिन्छ, आन्दोलन भेटिन्छ त्यो नामसँग । अर्को कुरा नेकपा–माओवादीको नेतृत्व स्विकारर्नुप¥यो र नेकपा –माओवादीले लिएको कार्यशिदा स्विकार गर्ने जो सुकै वामपन्थी र कम्युनिष्ट आन्दोलन शक्तिहरुसँग हाम्रो भेट हुन्छ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts