दिपक विश्वकर्मा |
प्रसङ्ग नं. १
जनवादी क्रान्तिका बाँकी कार्यभारहरु पुरा गर्दै समाजवादी क्रान्तिको दिशामा अघिबढ्ने हेटौंडामा सम्पन्न सातो महादिवेशनद्वारा प्राप्ति कार्यदिशा पछि विचारमा एकरुपता देखिएता पनि विराटनगरमा सम्पन्न प्रथाम राष्ट्रिय सम्मेलन, विषेश गरि संगठानात्मक सम्मेलनमा आफ्नो पक्षको कार्यकर्ताहरु केन्द्रिय समितिमाकम परेको लगाएत विषय राख्दै केन्द्रिय समितिमा नबस्ने घोषणा ग¥यो । जसले सम्मेलन अर्पूणता रह्यो देशैभरिका उर्जाशिल कार्यकर्तालाई निराशाका साथ फर्काईयो । केन्द्रिय समितिलाई विस्तारगरि १५१ सदस्यीय बनाउन केन्द्रिय सदस्य मनोनित गर्ने प्रक्रियामा केहि सहमति देखिएता पनि पदाधिकारी, स्थायी समिति, पोलिट व्यूरो निर्वाचन प्रकृयालाई भारदारी लोकतन्त्रको संज्ञा असहमति प्रकट गरे ।
बाबुरामको फरक सात बुँदालाई तलसम्म छलफलको रुपमा लैजाने सहमति पश्चात केन्द्रिय समितिको बैठक टुङ्गियो । पछिल्लो अवधिमा विभिन्न सांचार माध्यममा समानान्तर समिति बनेको चर्चा, प्रचार ।प्रसङ्ग नं. २
नेकपा–माओवादीको सातौं राष्ट्रिय महादिवेशनबाट ‘जनयुद्धको जगमा जनविद्रोह’ को कार्यदिशा परितगरि मोहन वैद्यको नेतृत्वमा सर्वसम्मत रुपमा बढेतापनि केहि बित्न नपाउँदै त्य भित्रको विप्लव समुहले तत्काल बन्दुक उठाउनु पर्ने, युवाले नेतृत्व लिनु पर्ने जस्ता विषय उठाउँदै कतिपय जिल्लामा समानान्तर जिल्ला समिति घोषणा त कतिपय ठाउँमा झडप आदि ।
प्रसङ्ग नं. ३
आफ्नो नबौं महादिवेशनको तयारीमा जुटिरहेको नेकपा एमाले स्वस्थ्य छलफलबाट कार्यदिशा निर्माण गर्दै विचारलाएै प्रधान बनाउँदै कार्यदिशा अनुसार संगठन र संगठन अनुसार नेतृत्व निर्माणको प्रकृया भन्दा विचारलाई मदन भण्डारी जवजको कार्यक्रमलाई नै विचारको आधार मान्दै रवरको डोरी जसरी एक अर्कोले सकेको तान्ने र खुम्च्याउने गरिरहेका छन् । त्यो पनि मुख्य त कुन गुटको कुन नेताले नेतृत्व कब्जा लिने हिसावले भेला छलफल हेर्दा लाग्छ एमालेमा पार्टी छैन, गुट छ । त्यो पछिललो अवधीमा माधव नेपाल र केपी ओलीको भाले भिडन्त । जसका लागि साम, दाम, दण्ड, भेद आफ्नै पार्टी भित्र प्रयो गर्नु र नेतृत्व कब्जा गर्नू नै महादिवेशनको एक मात्रै उद्धेश्य हो । नेताहरुको व्यवहारले त्यहि देखाउँछ ।
माथ्किा यी तीन प्रसङ्ग नेपाली कम्युनिष्ट पार्टी र आन्दोलनहरु एक पछि अर्को रुपमा विचारका नाममा, अन्तर संघर्षका नाममा, नेतृत्व कब्जा र गुटबन्दीका नाममा,फुट र गुटबन्दीले विभाजन तर्फ अभि बढीरहेको छ । जसले गर्दा जनतन्त्र, जनजीविका, राष्ट्रिय स्वाधिनताका मुद्धाहरु कमजोर बनिरहेका छन् । भन्ने उद्देश्यले छलफलका लागि प्रस्तुत गरिएको हो ।
वि.सं. २००६मा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी निरंकुश जहानिय राणा शासनको अन्त्य गर्दै विद्यमान सामन्ति ब्यवस्था र नेपाल माथिको साम्राज्यवादी पूँजीवादी आधिपत्यलाई पूरैसित खत्तम पार्न र मजदुर वर्गको नेतृत्वमा मेहेनेतकस जनताको जनवादी व्यवस्था स्थापना गर्नु, समाजवादको प्राप्ति, विश्व जनवादी सृष्टितिर अघि बढ्ने उद्देश्यले स्थापित थियो । राणाशासनको अन्य, प्रजातन्त्रको प्राप्ति, २०२८–०२९ को झापा विद्रोह ०३६ सालको संघर्ष, जनमत संग्रह, ०४६–०४७ सालको पञ्चायती व्यवस्था विरुद्धको ऐतिहासिक प्रथम जनआन्दोलनमा कम्युनिष्ट पार्टीको महत्वपूर्ण भूमीको रह््यो । कम्युनिष्ट विचारमा आवद्ध संगठित प्रशिक्षित, क्रान्तिकारी विचारले लैस, यूवा कार्यकर्ता जनताद्धारा नै जनआन्दोलनलाई आन्दोलित वनाउँदै्र निर्णायक बनायो । नेपाली राजनीतिमा पटक–पटकको परिवर्तन एवम् क्रान्तिकारी आन्दोलनहरुमा क्रान्तिको नेतृत्व गर्ने वर्गले नै शासक वर्गसंग सम्झौता गरी जनतालाई धोका दिए । आन्दोलनमा नेपाली समाजमा विद्यमान रहेको गर्वीय, जातीय क्षेत्रीय, लिङ्गिय समस्या सही ढंगले हल गर्न शामन्ति केन्द्रिकृत निरंकुश व्यवस्था विरुद्ध २०५२ साल फागुन १ गते तात्कालीन नेकपा माओवादी पार्टीले जनयुद्धको सुरुवात ग¥यो । समाजमा रहेको सबैखाले विभेद, दमन शोसणका विरुद्ध धावा बोल्यो । उत्पीडित जाती, वर्ग, लिङ्ग, क्षेत्र, समूदायका मुद्दालाई स्थापित ग¥यो । जनयुद्ध समग्र राष्ट्रिय मुक्तिको युद्ध बन्यो । जनसेना, जनअदालत, जनसरकार हुँदै जनसत्ता संचालन गर्दै ८० प्रतिशत भूभगमा आफ्नो वर्चश्व कायम ग¥यो भने, राज्य मुख्यतः देशका ठूला ठूला सहरहरुमा खुम्चन पुग्यो । अन्तरिम सरकार गोलमेच सम्मेलन र संविधानसभाको नारा लिई पटक–पटक वार्ताको् टेवुलमा बसेको माओवादी अन्ततः राजा ज्ञानेन्द्रको कु पश्चात सात राजनीतिक दलसंग २०६२ मंसिर ७ गते १२ बुँदे समझदारी गर्दै संविधानसभा, अन्तरिम सरकार, अन्तरिम संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई आफ्नो ऐजेण्डा बनाउँदै ससस्त्र युद्ध र शान्तिपूर्ण जनआन्दोलनको फ्यूजन गर्दे आफ्नो ऐजेण्डा लागु गर्दै अगाडि बढ्यो ।
जनयुद्धको भौतीक एवम् बैचारिक जगमा दोस्रो जनआन्दोलन भयो र दास्रो जनआन्दोलनको बलमा संविधानसभाको निर्वाचन, निर्वाचनमा एमाओवादी विजयका बलमा २०६५ जेष्ठ १५ गते मुलुकमा संघीय लोेकतान्त्रिक गणतन्त्र घोषणा भायो । समानुपातिक समावेसीको नीति स्थापित, धर्मनिरपेक्षताजस्ता ऐतिहासिक परिवर्तनक घटना, क्रान्तिकारी उपलब्धि कम्युनिष्ट पार्टीको नेतृत्व (त्यसैको) मा हजारौं कार्यकर्ताको त्याग, तपस्या, विरता र महान वलिदानीबाट सम्भव भएको कुरा अकाट्य छ । यिनै त्याग तपस्या विरता महान वलिदानद्धारा क्रान्तिकारी उपलव्धी हासिल गर्न सक्षम कम्युनिष्ट पार्टीहरु विचारको बहस, अन्तरसंघर्षको नाममा सिमित नेतृत्वको मनोगत नोकरशाही एवम् संकीर्णता अति जनवादी वुर्जुवा, अराजकताले पदीय महत्वकांक्षा, नेतृत्व कब्जा जस्ता प्रवृत्तीका कारण हजारों सहिदका रगत, लाखौं कार्यकर्ता, जनताको त्याग तपस्या, वलिदानीबाट निर्मित पार्टी गुट फूट र विभाजन हुन पुग्नु बडो दुर्भाग्य हो । लाखों करोडौं जनताको सपना आशा भरोसामाथि गंभीर आघात हो । जसले गर्दा सत्ता प्राप्ति एवम् कव्जाको नजिक पुगेर पनि पराजय वा कमजोर बन्न पुगेको छ । प्रतिक्रान्ति व्यहोर्न बाध्य छ । जुन माओवादीहरुले राम्रोसंग अनुभूत गरिरहेका छन् ।
अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा अन्तरसंघर्ष एवम् विचारको बहसहरुलाई हेर्दा रुसमा अखिल संघीय कम्युनिष्ट पार्टी(वोल्सेविक) भित्र ब्यापक रुपमा बैचारिक छलफलहरु लेनिनहरु रोजा, ट्राटस्की, पन्थीहरुसंग भएको देखिन्छ । लेनिनले जनवादी केन्द्रियताको विधिद्धारा बहुमतको निर्णय अल्पमतको सम्मानद्धारा स्वस्थ छलफल बहको माध्यमद्धारा हल गर्दै पार्टी एकतावद्ध सुदृढ लगेको देखन्छ । स्टालिनले भने अलि अस्वस्थ हिसावले भौतीक रुपमा नै विरोधीलाई कार्वाही गर्देअन्तरसंघर्ष निस्तेज पार्ने काम गरे जुन विश्व कम्युनिष्ट आन्दोलनमा नकारात्मक रुपमा लिइन्छ । त्यसैगरी चिनिया कम्युनिष्ट पार्टीभित्र पनि दुईलाईन संघर्ष भिषण रुपमा भएको पाउछौं । जसलाई व्यवस्थापन गर्ने सवालमा माओले ‘सयौं फूलहरुलाई फूल्न देऊ’ भन्ने अभियान फरक मतको सम्मान गरे । माओवादीका देङ्सीयासो, पेइ लगायत अन्य नेताहरुले चिनिया कम्युनिष्ट पार्टीको झण्डामुनी रहेर नै स्वस्थ बहस छलफल चलाए ताकी पार्टी गुट, फूट र विभाजनतर्फ लगेन ।
वर्गीय समाजमा बस्तु र घटनालाई हेर्ने बुझाई, दृष्टिकोण, विचार फरक हुनु स्वभाविकै हो । पार्टीहरु समाजकै प्रतिविम्ब रहेकोले पार्टीहरुमा पनि फरक बुझाई, फरक मत, विचारहरु हुनु स्वभाविकै हो । यो स्वस्थ हार्दिकतापूर्ण बन्दा पार्टी झन एकता र सुदृढ बन्छ । महाधिबेशन एवम् सम्मेलनहरु विचार (कार्यदिशा) निर्माणलाई प्रदान र कार्यदिशा अनुसारको संगठन निर्माण र संगठन नेतृत्व गर्ने आवश्यकता र क्षमता अनुसारको नेतृत्व हुनुपर्ने जसले पार्टी सुदृढ र एकता हुँदै जाने गर्दछ । विचारको पक्षमा (कार्यदिशा) सहायक बन्ने र संगठन र नेतृत्व मात्रै प्रदान बनाई त्यसलाई कसले कुन गुटले नेतृत्व गर्ने भनने कुरा दावी हुँदै जाँदा फूट र विभाजनतर्फ अघि बढ्छ । नेपाली कम्युनिष्ट आन्दोलन यही रोगको सिकार एकपछि अर्कोगरी भईरहेको छ । जुन वैज्ञानिक एवम् बस्तुसंगत छैन ।

0 comments:
Post a Comment