Thursday, October 9, 2014

२३ असोज धादिङ  । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको आयोजनामा  भर्खरै सम्पन्न १७ औं एसियाली खेलकुद, इन्चोन २०१४ मा नेपालका लागि एक मात्र कास्य पदक बिजेता बिमला तामाङलाई सम्मान गरिएको छ । ११ हजार १ सय १ रुपैयाँ नगद र सम्मान पत्रका साथ आज पत्रकार महासंघ धादिङले सम्मान गरेको हो ।
सम्मान ग्रहण गर्दै विजेता तामाङले आफ्ना गुरु तथा धु्रर्व विक्रम मल्लको अथक प्रयासले आफुले पदक चुम्न पुगेको बताउनु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएकी तामाङले आफुलाई राज्य अर्थात खेलकुद परिसदले सहयोग नगरेको प्रति दुख व्यक्त गर्नु भएको थियो । साथै उहाँले सबैको साथ र सहयोग पाए आफ्नो खेल अझ उचाईमा पुग्ने बताउनु बताउनु भयो ।
कार्यक्रमका विशेष अतिथि एवं बालाजु कराते डोजोका प्रमुख एवम् प्रमुख प्रशिक्षक धु्रर्व विक्रम मल्लले खेलकुद परिषदले करोडौ लगानी गरि जम्बो टोली पठायो तर बिमला तामाङलाई त्यो टिममा नलानु दुखद पक्ष भएको बताउनु भएको बताउनु भयो । उहाँले अहिले सम्म राज्यले विमला तामाङलाई एक रुपैया सम्म सहयोग गरेन अब होस खुलोस भन्दै खेलकुद परिषदको कटाक्ष समेत गर्नु भएको थियो ।
दुई वर्ष अगाडि मलेसियामा भएको कोई ओपन कराँतेको एकल कातामा पनि स्वर्ण पदक जितेकी विमला तामाङ देश कै गहना भएको बताउँदै जिल्ला विकास समितिले ५० हजार नगदले सम्मान गर्ने जिल्ला विकास समिति धादिङका स्थानिय विकास अधिकारी रुद्रसिं तामाङले घोषणा गर्ने बताउनु भएको थियो ।
पत्रकार महासंघ धादिङ का अध्यक्ष नवराज छत्कुलीको सभापतित्वमा भएको उक्त सम्मान कार्यक्रममा एमाओवादी धादिङ अध्यक्ष रामबहादुर भण्डारी, नेपाली काँग्रसका जिल्ला सभापति रामनाथ अधिकारी एमाले धादिङका सदस्य अजुनकुमार श्रेष्ठ गोर्खाली, प्रमुख जिल्ला अधिकारी बासुदेव अधिकारी, लगायतले पदक विजेता तामाङलाई खादा ओडाएर सम्मान गर्नु भएको थियो ।
औपचारीक सम्मान कार्यक्रम हुनु अघि धादिङका युवा खेलाडी एवम् नगरवासीहरुले पदक विजेता विमला तामाङ र प्रशिक्षक धुर्व  विक्रम मल्ललाई मोटर साईकल र्याली गरी धादिङबेसी सदरमुकाम घुमाएका थिए ।

Related Posts:

  • हिजो बीचबजार बन्द आज बसपार्क बन्द धादिङबेसी जेष्ठ १० । धादिङवेसी बिचबजारमा रहेको टिकट काउण्टर हटाउने र बसपार्कबाट मात्र काउन्टर राखेर टिकट काट्ने बसपार्क बासीहरुको र जिल्ला प्रशासन कार्यालयको निर्णयको विरोध गर्दै हिजो धादिङबेसी बिचबजारका स्थानीयले प्रदर्शन… Read More
  • धादिङ शिक्षा आयोगको परिक्षा धादिङ । विद्यालय तहमा स्थायी शिक्षक छनोटका लागि शिक्षा सेवा आयोगले लिएको  निम्न माध्यमिक तहको परीक्षा शुक्रवार सम्पन्न भएको छ । तीन दिनसम्म चल्ने परीक्षा अन्तर्गत आयोगले शुक्रवार निम्न माध्यमिक तहको परीक्षा लिएकोे हो ।… Read More
  • माध्यमिक तहको परीक्षा सम्पन्न धादिङ जेष्ठ १० ।  विद्यालय तहमा स्थायी शिक्षक छनोटका लागि शिक्षा सेवा आयोगले लिएको माध्यमिक तहको परीक्षा सम्पन्न भएको छ । तीन दिनसम्म चल्ने परीक्षा अन्तर्गत आयोगले हिजो  माध्यमिक तहको परीक्षा लिएकोे हो । शिक्षक से… Read More
  • नेपाली काँग्रेसको राहत अभियान धादिङ १४ असार । नेपाली काँग्रेस धादिङ क्षेत्र न. २ ले सुदुर पश्चिम लगाएत देशको विभिन्न ठाउँमा बाढि पहिरोले क्षती पु¥याएको परिवारको लागी राहत संकलन कार्य सुरु गरेको छ । नेपाली काँग्रेस धादिङ क्षेत्र नम्बर दुईको आयोजनामा सुरु… Read More
  • सरस्वती उच्च माविमा अन्तरक्रिया सुमन अधिकारी।धादिङ १४ असार । सरस्वती उच्च माध्यमिक विद्यालय धुवाँकोट धादिङमा विहिवार पुरस्कार वितरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यावस्थापन समितिका सदस्य निम बहादुर गुरुङको अध्यक्षता एकीकृत नेकपा माओ… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts