Thursday, October 9, 2014

धादिङ । नीलकण्ठ नगरपालीका –१३ साँङ्कोष मधुवन निवासी २५ बर्षीय काँग्रेस कार्यकर्ता भरत सारु मगरलाई अज्ञात समुहले धारिलो हतियारको प्रयोग गरी घर नजिकैको कोदो बारीमा मारेर फालिदिएको अवस्थामा भेटिएको  छ ।
पंन्चकन्या निम्न माध्यामिक विद्यालय मधुवनको शिक्षक समेत रहेको निज मगरको गए राति हत्या भएको प्रहरीले जानकारी दिएको छ । मृतकको घाँटीमा बन्चरोको चोट रहेको प्रहरीले जानकारी दिएको छ ।
मृतकका आमाका अनुसार हिजो बेलुकी खाना खाई सकेपछी एक जान गा“उकै व्यक्तिले फोन गरी बोलाएको र रातिनै ति व्यक्तिकोमा गएको घर नआए पछी विहानमा खोजी गर्दा कोदो बारीमा मृतक अवस्थामा फेला पारेको बताएको छ । हत्यामा संलग्नहरुको खोजी भई रहेको धादिङ प्रहरीले जानकारी दिईएको छ ।
अहिले फोन गरी बोलाउने मान्छे फरार रहेको पनि प्रहरीले जानकारी दिईएको छ । मृतक सारु मगर नेपाल शिक्षक संघको सदस्य समेत हुनुहुन्थो । नेपाल शिक्षक संघ र नेपाली का“ग्रेस धादिङले हत्या गर्ने मानिसको तत्काल खोजीगरी कारवाही गर्नु पर्ने माग गर्दै विज्ञप्ती समेत निकालेको छ ।
यसै गरी गत दुई दिन अघि धादिङको भुमेस्थान–३ निवासी कृष्ण बहादुर सुनुवारलाई पनि आङ्खनै छोराले चक्कु प्रहार गरेपछी उपचारको क्रममा मृत्यु भएको छ । मृतकका छोरा धु्रव बहादुर सुनुवारलाइृ भने धादिङ प्रहरीले पक्राउ गरिसकेको छ । नेपाली काँग्रेस धादिङले घटनाको भत्सर्ना गर्दै विज्ञप्ती निकालेको छ ।

विज्ञप्ती जस्ताको तस्तै

नेपाली काँग्रेस
जिल्ला शाखा धादिङ
मिति ः २०७१÷०६÷२३
प्रेस विज्ञप्ती
नेपाली काँग्रेस धादिङका सक्रिय सदस्य, नेपाल शिक्षक संघ धादिङका सदस्य एवम् पञ्चकन्या निमाविका शिक्षक नीलकण्ठ नगरपालिका वडा नं १३ निवासी २५ वर्षीय भरत सारु मगरको बुधबार साँझ हतियार प्रयोग गरी विभत्स हत्या गरिएको घटनाप्रति घोर भत्र्सना गर्न चाहन्छौँ । मृत भरत सारु मगरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन, आफन्तजन र धादिङवासीमा लोकतन्त्रप्रति आस्थावान एक प्रतिभावान कार्यकर्ताको विभत्स तरिकाले हत्या गर्ने अपारधिलाई कानुनी दायरामा ल्याई कारवाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छौँ । सहजतापूर्वक बाँच्न पाउने मानवीय अधिकार कुण्ढित हुने गरी भएको यस घटनाको सत्य तथ्य तत्काल पत्ता लगाउन प्रति नेपाली काँग्रेस स्वयम् पनि अग्रसर भएको छ । कानुनलाई उपहास गरी अपराध गर्ने अपाराधिलाई समयमा नै कानुनी दायरामा नल्याए काँग्रेस मौन नबस्ने र त्यसबाट उत्पन्न हुने कार्यको जिम्मेवारी सम्बन्धित निकायले लिनु पर्ने अवगत गराउँदछौँ । साथै भरत सारु मगरका परिवारलाई उपयुक्त क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ  ।
रामनाथ अधिकारी
सभापति

Related Posts:

  • आज हलोक्रान्ति दिवस काठमाडौं, साउन ११– देशमा प्रजातन्त्रको उदय हुनुअघि विक्रम संवत २००६ साल साउन ११ गते आजकै दिन राणा सरकारको तानशाही संस्कारसँगै मौलाएको ब्राम्हणवाद र जातीय भेदभावसँगै हलीप्रथा अन्त्यका लागि पहिलोपटक लमजुङको दुराडाँडा अर्चल्यान… Read More
  • धादिङ्ग घटनाको प्रतिवेदन सार्वजनिकश्रावण ३ । अन्तरजातीय विवाह गरेका कारण धादिङ्गमा दलित वस्ती विस्थापित भएको घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरि कारबाही अघि बढाउन सरोकारवाला निकायलाई विभिन्न दलित संघसंस्थाहरुले सुझाव दिएका छन् । जागरण मिडिया सेन्टर, दलित ग… Read More
  • विनाको पूर्व श्रीमान भन्छन् मत एक्लिएँप्रकाश दाहालसित मेरो दोहोरो चिनजान थिएन । चिनजान गर्नुपर्ने आवश्यकता पनि ठानिनँ । एउटै पार्टीमा हुँदा पनि न कहिल्यै हात मिलाइयो न जम्काभेट भयो । प्रचण्डको छोराका रूपमा उनको रवाफबारे सुनेको थिएँ । त्यही व्यक्तिले मेरो जीवनक… Read More
  • काँग्रेस कार्यकताद्वारा माओवादी कार्यालय तोडफोड धादिङ १५ आश्विन नलाङ ।  एकीकृत नेकपा माओवादी नलाङ गाउँ पार्टी कार्यलयमा भएको तोडफोडको घट्ना प्रति एकीकृत नेकपा माओावादी धादिङले  भन्र्सना गरेको छ । नलाङ गाविस वडा नं ४ का दिपक गुरुङ, हरी गुरुङ र सुजित विश्वकर्माको… Read More
  • एमाओवादी धादिङको सम्मेलन माघ १३गते हुँदै धादिङ । एकीकृत नेकपा माओवादी धादिङले जिल्ला समितिको दोस्रो सम्मेलन यही माघ १३ गते गर्ने भएको छ । एनेकपा माओवादी धादिङको राज्य समिति सदस्यहरुको बिहीबार धादिङबेसीमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । एकताको दोस्रो जिल्ला स… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts