Monday, October 13, 2014

असोज २८ धादिङबेसी । एकीकृत नेकपा माओवादी धादिङले आज पत्रकार सम्मेलन आयोजना ग¥यो । एमाओवादी साँङ्कोस गाविसका अध्यक्ष हरि गुरुङलाई झुटा मुद्धा लगाउने तयारी भएको भन्दै पत्रकारलाई जानकारी गराउन पत्रकार ससम्मेलन आयोजना गरेको हो । आश्विन २२ गते नेपाली काँग्रसका कार्यकर्ता भरतबहादुर सारु मगरलाई इन्दबहादुर गुङले धारिलो हतियार प्रयोगगरी हत्या गरे गत्या गरेका थिए । अहिले गुरुङ प्रहरी हिरासदमा छन् । हत्यारा गुरुङले आफनी श्रीमतीलाई जबरजस्ती रुपमा धाक धम्की दिदै पटकपटक शारिरिक सम्पर्क गर्दै आएपछि सहन नसकी हत्या गरेको बताएका छन् । तर नेपाली काँग्रेस धादिङले भने हत्याहुनुमा एमाओवादीका हरि गुरुङको समेत हात रहेको भदै प्रहरीमा जाहेरी दिन लागाएको थियो ।
पत्रकार सम्मेलनमा एमाओवादी धादिङका  अध्यक्ष रामबहादुर भण्डारीले हत्या नितान्त पारिवारीक रुपमा भएको स्पष्ट भैसकेको र हत्यारा इन्द्रबहादुर गुरुङले आफैले गरेको स्वीकारी सकेको अवस्थामा फेरि हाम्रा कार्यकर्तालाई मुद्धालाउन खोज्नुले जिल्लामा हुँदै आएको राजनीतिक दलहरु बीचको सहमति सहकार्यमा  वाधा पुग्न सक्ने बताउनु भएको थियो । साँङ्कोसमा हरि गुरुङलाई मुद्धालाएर एमाओवादीलाई कामजोर पार्ने काँग्रेसको योजना हो यसले एमाओवादी झनै जनतामा स्थापित हुने र काँग्रेस आफै कमजोर हुने बताउनु भएको थियो । भण्डारीले यस्ता भ्रामक झुट र कपोकल्पीत आरोपमा दिएको हरि गुरुङको नाम जाहेरी फिर्ता लिन समेत आग्रह गर्नु भएको थियो ।
साथै पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तीमा असोज २२ गते रातको समयमा साङ्कोस निवासी भरतबहादुर सारुमगरको हत्या भयो । उक्त घटनाका हत्यारा ईन्द्रबहादुर गुरुङले प्रहरी सामु आफैले हत्या गरेको स्वकारी सकेका छन् । हत्यारा इन्द्रबहादुर गुरुङकी श्रीमती लाई पटक–पटक धाक धम्की दिदै अनैतिक सम्पर्क गर्दै आएकोले आफुले सहन नसकी हत्या गरेको बताई सकेका छन् । नितान्त पारिवारीक रुपमा घटेको घटना हत्यारा प्रहरीको कठघरामा उभिसकेको छ । तर पनि यस घटनालाई नेपाली काँग्रेसले राजनीतिकरण गर्दै हाम्रा कार्यकर्ता हरि गुरुङलाई मुद्धा लगाउनु खेद जन्य छ । उक्त घटना भएको रात ससुराली गएका गुरुङलाई कतिथ योजनाकार भनि मुद्धामा किटानी जाहेरी दिएकोले कपोल कल्पित आरोपको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ भनिएको छ ।

Related Posts:

  • आज हलोक्रान्ति दिवस काठमाडौं, साउन ११– देशमा प्रजातन्त्रको उदय हुनुअघि विक्रम संवत २००६ साल साउन ११ गते आजकै दिन राणा सरकारको तानशाही संस्कारसँगै मौलाएको ब्राम्हणवाद र जातीय भेदभावसँगै हलीप्रथा अन्त्यका लागि पहिलोपटक लमजुङको दुराडाँडा अर्चल्यान… Read More
  • एमाओवादी धादिङको सम्मेलन सकियो धादिङ । एकीकृत नेकपा माओवादी धादिङको दोस्रो जिल्ला सम्मेलन आईतबार सम्पन्न भएको छ । माघ २० गतेदेखि हेटौडामा हुन गईरहेको राष्ट्रिय महादिवेशनमा पठाउने प्रतिनिधि÷प्रर्यवेक्षकहरुको छनौट गर्दै सम्मेलन सम्पन्न भएको हो । करिब ५००… Read More
  • एमाओवादी धादिङको सम्मेलन माघ १३गते हुँदै धादिङ । एकीकृत नेकपा माओवादी धादिङले जिल्ला समितिको दोस्रो सम्मेलन यही माघ १३ गते गर्ने भएको छ । एनेकपा माओवादी धादिङको राज्य समिति सदस्यहरुको बिहीबार धादिङबेसीमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । एकताको दोस्रो जिल्ला स… Read More
  • काँग्रेस कार्यकताद्वारा माओवादी कार्यालय तोडफोड धादिङ १५ आश्विन नलाङ ।  एकीकृत नेकपा माओवादी नलाङ गाउँ पार्टी कार्यलयमा भएको तोडफोडको घट्ना प्रति एकीकृत नेकपा माओावादी धादिङले  भन्र्सना गरेको छ । नलाङ गाविस वडा नं ४ का दिपक गुरुङ, हरी गुरुङ र सुजित विश्वकर्माको… Read More
  • एमाओवादी धादिङको सम्मेलन २२ वर्ष पछि भोली हुँदै धादिङ १२ माघ । एकीकृत नेकपा माओवादी धादिङको भोलि हुने एकताको दोस्रो जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सम्मलेन आयोजक मूल समितिका संयोजक पुष्पविक्रम मल्लले बताउनुभएको छ । सम्मेलन २२ वर्ष पछि भोली हुने भएको हो । मल्ल… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts