Thursday, October 16, 2014

धादिङ । काँग्रेस एमाले संविधान निार्माण प्रक्रियालाई आफुअनुकुल बजाउन खोजेको भन्दै आन्दोलकमा उत्रिएका दलहरुले शुक्रवार काठमाडौमा विरोध सभा गर्दैछन् । 
धादिङ नुवाकोट रसुवा लगाएतका जिल्लामा कार्यकर्ताहरुलाई विरोध कार्यक्रममा जनताहरु सहभागि गराउन समेत २२ दलले निर्देशन दिईसका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड मोर्चामा आवद्ध २२ दलले शुक्रबार काठमाडौंमा हुने प्रदर्शनमा खुलामञ्च भरिने गरी सडकमा मानिस उतार्ने दाबी गरेका छन् ।
बुधबार बसेको २२ दलको बैठकमा ३१ गतेको सभाको तयारीबारे समीक्षा भएको छ । सभालाई २४ गते संविधानसभा अगाडि प्रदर्शन गर्दै सुरु भएको आन्दोलनको ‘क्लाइमेक्स’ भनिएको छ ।
खुलामञ्चमा हुने सभामा २२ दलमा आवद्ध तीन मोर्चाका तीन(तीन प्रमुख नेताहरुले सम्बोधन गर्नेछन् ।  बुधबार बसेको २२ दलको बैठकमा सभाका लागि आवद्ध दलहरुले कति मानिसलाई उतार्ने भन्ने बाँडफाँड गरेको छ ।  एमाओवादीले २० देखि ३० हजार मानिस ल्याउने बताइएको छ ।  यस मध्य धादिङबाट ५ हजार मानिस खुल्ला मञ्च लैजाने एमाओवादीको कोटामा परेको एमाओवादीका एक नेताले बताए । पहिचानमा आधारित संघीय गठवन्धनले १०र १५ हजार तथा मधेसवादी दलहरुले ४र५ हजार आफ्ना समर्थकलाई खुलामञ्चमा उपस्थित गराउने बताएका छन् ।

Related Posts:

  • धादिङ मैदीमा आएर के भने बाबुरामले सुदिप विश्वकर्मा कार्तिक ५ मैदी । २०६४ सालको निर्वाचनमा आफ्नो पार्टीको स्पष्ट बहुमत नआउँदा जनपक्षिय संविधान निर्माण गर्न नसिकएको एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराईले बताउनुभएको छ … Read More
  • धादिङ क्षेत्र नं.२ मा कल्पना धमलाको स्थिति कस्तो छ ? (यतिबेला चौतर्फी चुनावी सरगर्मी बढेको छ । संविधानसभाको दोस्रो निर्वाचनमा आफुले जित्ने दाबी सबै दलको छ । पहिलोे संविधानसभाको निर्वाचनमा धादिङका तीन वटै क्षेत्रमा एमाओवादीले बिजय भएको ताजै छ । आगामी मंसिर ४ गते हुने संविधानसभ… Read More
  • जनताको भोट गनिएन र हा¥यौ मंसिर १२ धादिङ । एकीकृत माओवादी प्रति जनताको अपार माँया पाएको धादिङको तीन वटै निर्वाचन क्षेत्रमा आफ्नो जित सुनिश्चित  हँुदा हँुदै पनि स्थानीय प्रशासन र अन्य दलहरुको रणनीतिमा एमाओवादीलाई हराउनको लागि मतपेटीका साटेक… Read More
  • राजनीतिक स्थिरता र आथिर्क विकास हाम्रो मूल एजेण्डा– धमला ८ कार्तिक नीलकण्ठ । संविधानसभाको निर्वाचन नजिकीदै गर्दा एकीकृत नेकपा माओवादी निर्वाचन क्षेत्र न. २ आफ्नो पक्षमा जनमत जुटाउनको लागी जनताहरुको घरदैलो जाने अभियान अन्तगर आज नीलकण्ठ गाउँ विकास समितिको  पाँचधारेमा अन्तरया… Read More
  • प्रत्यक्षतर्फ को–को उठे धादिङमा हुने नै भयो मंसिर ४ मा निर्वाचन धादिङबेसी । पहिलो संविधानसभाले संविधान बनाउन नसके पछि दोस्रो संविधानसभाको निर्वाचन गराउन बनेको खिलराज रेग्मी नेतृत्वका सरकारले अन्ततः मंसिर ४ गते निर्वाचन गराउने पक्का भएको छ । सबै दललाई सहभ… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts