Saturday, October 18, 2014

अब छाताको छानो कत्रो छ ?  एउटा कतिजना सम्मलाई ओत देला ? कतै च्यातिएको पो छ की ? चुहिन्छ की ? भनेर चिन्ता लिनु नपर्ने भएको छ । वैज्ञानिकहरुले यस्तो छाताको आविष्कार गरेका छन् जो छोटो लठ्ठी जस्तै छ र सोही लठ्ठीले जस्तोसुकै झरीमा पनि जिउमा एकथोपा पानी पर्न दिनेछैन र पूर्ण रुपमा ओत लगाउनेछ ।
चिनिया वैज्ञानिकहरुले बनाएको उक्त छातालाई ‘एयर अम्ब्रेला’ अर्थात् हावा छाता नाम दिइएको छ । यसको नाम जस्तै काम पनि छ । किनकी यसमा पानी तर्काउन वा ओत दिनका लागि कुनै चिजवस्तुको प्रयोग गरिएको छैन ।
हेयर ड्रायर आकारको एक प्लास्टिकको छडी भएको यो छाताले ३ गोलाकार क्षेत्र भित्र ओत प्रदान गर्न सक्छ ।
चीनको बेइजिङ तथा नान्जिङका विद्यार्थी शोधकर्ताहरुले यस्तो अत्याधुनिक छाताको आविष्कार गरेका छन् ।
अदृश्य हावाको छानोयुक्त यो छाताको माथिल्लो भागमा तिब्र गतिमा सबैतर्फ हावा फ्याँक्ने प्रविधि जडान गरिएको छ । हावा यति तिब्र गतिले सबैतर्फ फ्याँकिन्छ की आकाशबाट झरेको पानीलाई हावाले नै टाढा हुत्याइदिन्छ, ३ फिट परसम्म । अनि सो लठ्ठीमुनि कम्तिमा पनि दुइ जनाले ढुक्कले ओत पाउँछन् ।
यस्तो अनौठो छाताको आविष्कारकहरुले अर्को वर्षको अन्त्यसम्ममा यसको व्यवसायिक उत्पादन सुरु हुने अपेक्षा गरेका छन् । यो छाता निकै हलुका समेत हुनेछ । यसको माथिल्लो भागमा रहेको पंखा चलाउनका लागि ब्याट्रीको प्रयोग गरिएको छ । जुन एकपटक चार्ज गरेपछि १५ मिनेटदेखि आधा घण्टासम्म चल्नेछ ।
अर्थात् यो छाता एक पटकमा अधिकतम आधा घण्टासम्म मात्रा ओड्न सकिनेछ र त्यसपछि चार्ज नगरिएसम्म यसले काम गर्दैछ । त्यसैले यो छाता लामो यात्रामा भन्दा छोटो समयका लागि घर बाहिर निस्कँदा वा सहरी बटुवाका लागि उपयुक्त हुने बताइएको छ ।
यो छाताले पानीका थोपालाई हुत्याउने हुँदा अरु मानिसलाई रुझाउने सम्भावना हुन्छ । त्यसैले यो छाता ओढ्ने मानिसले निकै ख्याल गर्नुपर्ने हुन्छ ।
यसका आविष्कारकहरु भने वषर्ातको समयमा छाता नओढ्ने मानिस त्यसैपनि रुझ्ने हुँदा यो छाता ओढेका मानिसले आफ्नो छाताका कारण अरु मानिस रुझ्लान भनेर चिन्ता नलिनुपर्ने बताउँछन् । यो छाताले फ्याँक्ने पानीलाई परम्परागत छाताले अवश्य पनि तर्काइदिन्छ । यो समाचार अनलाईनखबरबाट लिइएको हो ।

Related Posts:

  • धादिङको विकासे बजेट सार्वजनिक धादिङबेसी । जिल्ला विकास समिति धादिङले आर्थिक बर्ष २०७१–०७२ सालको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । स्थानीय विकास अधिकारी रमेश न्यौपानेको अध्यक्षता तथा एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य एवम् पुर्व सभाषद पु… Read More
  • नेपालीदेखि विदेशी सम्म रमाए होलीमा धादिङबेसी चैत्र ३। फागुन शुक्ल पूर्णिमा अर्थात रङ्गहरुको पर्व होली, पहाडी र हिमाली क्षेत्रका नागरिकले एक आपसमा रङ्ग र अबीर लगाएर मनाएका छन् । होलीको रमझममा धादिङबेसी सदरमुकाममा मात्र नभएर काठमाडांैको ठमेल सम्म रङ्गिएक… Read More
  • विवादले माओवादीको जिल्ला सम्मेलन स्थगित धादिङ, चैत्र २२ गते । धादिङबेसी सदरमुकाम स्थित जीविका होटलमा आयोजित नेकपा–माओवादीको धादिङ जिल्ला सम्मेलन नेतृत्व चयनमा विवाद भएपछि बैशाख ६ गते सम्मलाई स्थगित भएको छ । शुक्रवार नेकपा–माओवादीका पोलिट व्यूरो सदस्य हितमान शाक्य… Read More
  • तीन हेलिकप्टर प्रयोग गरिएको अधिवेसन स्थगित बिवादपछि एमालेको क्षेत्रीय भेला स्थगित धादिङबेसी चैत्र ४ । पार्टीको आन्तरिक तयारी नपुगेको भन्दै नेकपा एमाले धादिङ १ नम्बरको  क्षेत्रीय अधिवेशन चैत्र २२ गते सम्मको लागि स्थगित गरिएको छ । तीन वटा हेलीकप्तर प्रयोग गर… Read More
  • एमाओवादी धादिङको सम्मेलन १२ र १३ गते ८ बैशाख धादिङबेसी । एमाआवादी धादिङले जिल्ला सम्मेलन तयारीलाई तिब्रता दिएको छ । बैशाख १२ र १३ गते धादिङबेसीमा हुने जिल्ला सम्मेलनमा जिल्ला भरिका करिब ३०० प्रतिनीधिहरु सहभागी हुने एमाओवादीका नेता डिबी बुर्लाकोटीले बताउनु्भए… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts