Saturday, November 29, 2014

धादिङबेसी मंसिर १३ । धादिङ उद्योग वाणिज्य संघको २१ औं साधारणसभा धादिङवेसीमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा कृषि उद्यम केन्द्रका संयोजक भवानी राणाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारण सभामा बोल्दै प्रमुख अतिथि राणाले धादिङमा २ वटा उद्योग वाणिज्य संघ जस्तो दखिए पनि धादिङ उद्योग वाणिज्य संघ नै बैधानिक र आधिकारक उद्योग वाणिज्य संघ भएको बताउनु भएको थियो । आफूहरुबाट हुने सबै  आधिकारीक काम धादिङ उद्योग वाणिज्य संघबाट मात्रै हुने उहाँले स्पष्ट पार्नुभयो ।

धादिङको २ वटै उद्योग वाणिज्य संघलाई एकै ठाउँमा मिलाउने अभ्यास गरिरहेको बताउनुहुँदै उपाध्यक्ष राणाले व्यवसायीक एकजुट हुन आब्ह्वान गर्नुभयो । साधारणसभामा मध्यमाञ्चल क्षेत्रिय उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गीले स्थानीय स्तरबाटै लगानीको वातावरण सृजना गर्नुपर्ने बताउनुभएको थियो । जिल्लालाई लगानीमैत्री बनाउन स्थानीय व्यवसायीहरुले नै भूमीका खेल्नुपर्ने बताउनुभएका उहाँले लगानीका हिसावले धादिङ सम्भावना बोकेको जिल्ला भएको समेत दावी गर्नुभयो ।
साधारणसभामा विभिन्न संविधानसभासद् दिलमान पाख्रिन, रविन्द्रप्रताप शाह, एकीकृत माओवादीका केन्द्रिय सदस्य पुष्पविक्रम मल्ल लगायत क्रियाशील राजनीतिक पार्टीका प्रमुख एवम् प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभामा धादिङ उद्योग वाणिज्य संघका महासचिव बोदनाथ दुवाडीले संस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रमेशभाई अधिकारीले ०७१÷०७१को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Related Posts:

  • त्रिशुलीमा बस दुर्घटना, मर्नेको संख्या १५ पुग्योगोरखा, श्रावण १ - पृथ्वी राजमार्गको कृष्णभीर सडकबाट सोमबार बिहान त्रिशुली नदीमा यात्रुबाहक बस खस्दा मर्नेको संख्या १५ पुगेको छ । क्रेन लगाएर नदीबाट बस निकालेपछि त्यहाँ थप ६ जनाको शव भेटिएको हो । उदयपुरको कटारीबाट काठमाण्ड… Read More
  • समीक्षाको परीक्षामा समाचार दैनिक डा. गोपाल चिन्तन/ एउटा खास विचारधारा, पार्टी वा समूहको पक्षपोषणका लागि जन्मिएको कुनै पनि प्रकाशनको समीक्षा गर्ने कार्य धेरै चुनौतिपूर्ण काम हो । कि त आफैं पनि त्यही विचार वा समूहको हुनुपर्‍यो । त्यसबेला त आफ्नो प्रकाशन… Read More
  • धादिङ्ग घटनाको प्रतिवेदन सार्वजनिकश्रावण ३ । अन्तरजातीय विवाह गरेका कारण धादिङ्गमा दलित वस्ती विस्थापित भएको घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरि कारबाही अघि बढाउन सरोकारवाला निकायलाई विभिन्न दलित संघसंस्थाहरुले सुझाव दिएका छन् । जागरण मिडिया सेन्टर, दलित ग… Read More
  • माओवादी विस्तारित बैठकमै धर्ना श्रावण ४, काठमाण्डौं । एकीकृत नेकपा माओवादीको विस्तारित बैठकको उद्घाटन कार्यक्रम चलिरहँदा रौतहटबाट आएको एक परिवार कार्यक्रम स्थल बाहिर धर्नामा बसेको थियो ।रौतहट चन्द्रनिगाहपुर-२ का भोजपुरा राज्यसमिति सदस्य देवनारायण भगत एक ब… Read More
  • विनाको पूर्व श्रीमान भन्छन् मत एक्लिएँप्रकाश दाहालसित मेरो दोहोरो चिनजान थिएन । चिनजान गर्नुपर्ने आवश्यकता पनि ठानिनँ । एउटै पार्टीमा हुँदा पनि न कहिल्यै हात मिलाइयो न जम्काभेट भयो । प्रचण्डको छोराका रूपमा उनको रवाफबारे सुनेको थिएँ । त्यही व्यक्तिले मेरो जीवनक… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts