Saturday, November 29, 2014

धादिङबेसी मंसिर १३ ।  दक्षिण कोरियामा सम्पन्न १७ औं एसियाडमा नेपालको तर्फबाट कराँतेखेलमा एकमात्र कास्य पदक विजेता विमला तामाङलाई नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति धादिङले सम्मान गरेको छ । जिविस धादिङको सभाहलमा शनिबार (आज) एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।
तामाङ घेदुङ जिल्ला कार्य समिति धादिङका अध्यक्ष अक्कल तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रिय अध्यक्ष कुमार योञ्जन तामाङले नगद ३५ हजार ५ सय रुपैयाँ र ताम्रपत्र सहित सम्मान गर्नुभएको थियो । कार्यक्रममा संविधानसभासद् दिलमान पाख्रिन, पूर्व सभासद् वीरबहादुर तामाङ विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरु, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । विमलाकी गुरु बालाजु कराँते डोजोका प्रमुख ध्रुबविक्रम मल्ललाई समेत सम्मान गरिएको कार्यक्रममा तामाङ संस्कृति झल्कने गरी विभिन्न कलाकारहरुले गित प्रस्तुत गरेका थिए ।
सोहि अवसरमा नेपाल तामाङ युवा घेदुङ जिल्ला कार्य समिति धादिङको प्रथम जिल्ला सम्मेलन गरिएको बताइएको छ ।

Related Posts:

  • तीन हेलिकप्टर प्रयोग गरिएको अधिवेसन स्थगित बिवादपछि एमालेको क्षेत्रीय भेला स्थगित धादिङबेसी चैत्र ४ । पार्टीको आन्तरिक तयारी नपुगेको भन्दै नेकपा एमाले धादिङ १ नम्बरको  क्षेत्रीय अधिवेशन चैत्र २२ गते सम्मको लागि स्थगित गरिएको छ । तीन वटा हेलीकप्तर प्रयोग गर… Read More
  • एमाओवादी धादिङको सम्मेलन १२ र १३ गते ८ बैशाख धादिङबेसी । एमाआवादी धादिङले जिल्ला सम्मेलन तयारीलाई तिब्रता दिएको छ । बैशाख १२ र १३ गते धादिङबेसीमा हुने जिल्ला सम्मेलनमा जिल्ला भरिका करिब ३०० प्रतिनीधिहरु सहभागी हुने एमाओवादीका नेता डिबी बुर्लाकोटीले बताउनु्भए… Read More
  • विवादले माओवादीको जिल्ला सम्मेलन स्थगित धादिङ, चैत्र २२ गते । धादिङबेसी सदरमुकाम स्थित जीविका होटलमा आयोजित नेकपा–माओवादीको धादिङ जिल्ला सम्मेलन नेतृत्व चयनमा विवाद भएपछि बैशाख ६ गते सम्मलाई स्थगित भएको छ । शुक्रवार नेकपा–माओवादीका पोलिट व्यूरो सदस्य हितमान शाक्य… Read More
  • चट्याङबाट कृषि रेडियोको प्रसारण अबरुद्ध  भरत रेग्मी कृषि रेडियो धादिङ बैशाख १९ धादिङ   । आज बिहान परेको चट्याङबाट धादिङको जिवनपुरमा संचालन भईरहेको कृषि रेडियो को प्रसारण अबरुद्ध भएको छ ।  चट्याङबाट रेडियोको प्रसारणमा रहेको दुईथान कम्प्युटर… Read More
  • शिक्षक बलिदानी दिवस मनाईयो रामकुमार थापा बैशाख २९ धादिङबेसी । १० बर्षे जनयुद्धको समयमा धादिङबाट सहादत गर्नुहुने शिक्षकहरुको सम्झनामा आईतबार अखिल नेपाल शिक्षक संगठनले शिक्षक  वलिदानी दिवस मनाएको छ । तात्कालिन शाहि सेनाले नेकपा माओवादीको दश बर्ष… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts