Tuesday, December 2, 2014

धादिङबेसी मंसिर १६ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने मुल नाराका साथ चौथो धादिङ महोत्सव २०७१ पौष २ गतेदेखी १३ गतेसम्म धादिङवेसीमा हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले आज धादिङवेसीमा पत्रकार सम्मेलनको आयोजना गरि सो को जानकारी गराउनुभएको हो ।
धादिङवेसी खुल्ला मञ्चमा पौष ९ देखि हुने भनिएको महोत्सव विशेष कारणबस एक हप्ता अगाडि सर्न गएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष अधिकारीले बताउनुभयो ।
धादिङ जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन, कृषि उद्योग व्यापार, शिक्षा स्वास्थ्य क्षेत्रको विकास तथा सांस्कृतिक जागरण र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नु नै महोत्सवको लक्षय भएको अध्यक्ष अधिकारीले बताउनुभएको छ ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै अध्यक्ष चन्द्रकान्त अधिकारीले जिल्लामा उत्पादित कृषि क्षेत्र तथा बजार प्रबद्र्धन, दुग्धजन्य उत्पादनको प्रदर्शनी एवम् प्रचार–प्रसार, पर्यटन क्षेत्रको प्रचार–प्रसार, विभिन्न जातजातिको कला, संस्कृति, भेषभुषाको जगेर्ना गर्ने लगायत रहेको बताउनुभयो । आफूहरुले २०६४ सालमा प्रथम धादिङ महोत्सवको आयोजना सुरु गरेर जिल्लाको आर्थिक विकासबारे ध्यान दिएको बताउँदै अध्यक्ष अधिकारीले महोत्सवले जिलाको प्रचार–प्रसारका साथै, आर्थिक विकासमा सहयोग गर्ने बताउनुभयो । चौथो धादिङ महोत्सव सफल पार्न आम ब्यवसायीहरुलाई आग्रह समेत गर्नुभएको थियो । जिल्लामा एकै ठाउँमा एकैचोटी २ वटा महोत्सवको खाँचो नभएको भए पनि आफूहरुले सबै तयारी गरिसकेकोले पछि हट्न नसकिएको दोहो¥याउनुभयो ।
आफूहरु सरकारी पैसा लिएर महोत्सवमा खर्च नगर्ने पक्षमा रहेको बताउनुहुँदै अध्यक्ष अधिकारीले यो वर्षदेखी सरकारी पैसा सामाजिक विकासका क्षेत्रमा खर्च गर्ने स्पष्ट समेत पार्नुभएको छ । पौष २ गतेदेखी १३ गतेसम्म धादिङवेसी फिल्महलचोक नजिकै प्लटिङमा गर्ने भनिएको महोत्सव स्थलमा सोमबारदेखी नै निर्माण कार्य सुरु गरिसकिएको छ ।
सचिवालयले महोत्सव सम्पन्न गर्नका लागि १५१ सदस्यीय मुल आयोजक समिति, ५१ सदस्यीय सल्लाहकारी समिति तथा १५ सदस्यीय विषयगत समिति गठन गरेर काम सुरु गरेको जानकारी दिएको छ ।

Related Posts:

  • चुनावको तयारीमा एमाओवादी धादिङले १८ जनाको नाम  छनौटको लागि केन्द्रमा पठायो धादिङ । एकीकृत नेकपा माओवादीले धादिङले आगामी संविधानसभा निर्वाचनको लागि प्रत्येक्ष र शनिबार जिल्ला समिति सदस्यहरुको बैठकले प्रत्येक निर्वाचन क्षेत्रबाट प्रत्यक्ष ३… Read More
  • उम्मेद्वारी दर्ताको मिति नजिकियो धादिङका तीन ठुलादलले केन्द्रमा पठाए उम्मेदवारको नाम धादिङ । मंसिर ४ गते चुनाव हुन्छ, हुँदैन भईहाले पनि भए रहित वातावरणमा मतदान गर्न पाईन्छ पाईदैन, ढुक्क हुन नसकि रहेको अवस्थामा ठुला ४ दलले भने मंसिर ४ गते जसरी नी चुनावहु… Read More
  • झक्कु सुवेदी सहित तीन केन्द्रीय सदस्य धादिङमा धादिङ श्रावण १६ । एकीकृत नेकपा (माओवादी)ले संविधानसभाको निर्वाचनलाई कन्द्रित गरेर देशव्यापीरूपमा एक महिने जनपरिचालन अभियान सञ्चालन गरि रहेको छ । साउन १० देखि सुरु भएको यस अभियानका क्रममा धादिङमा तीन केन्द्रीय नेता आएका छन् … Read More
  • धादिङको विकासको लागी प्रतिवद्ध छु– प्रजिअ पोख्रेल धादिङ असार २६ । समग्र जिल्लाको विकासको लागी आफु प्रतिवद्ध रहेको केहि समय अगाडी कार्यभार सम्हाल्नु भएका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोख्रेलले बताउनु भएको छ । जिल्लामा शान्ति सुव्यावस्था कायम गर्नको लागी  सबैको म… Read More
  • एमाओवादीको जनसम्बन्ध अभियान सकियो धादिङको तीन क्षेत्रमा नै चुनाव जित्ने दावी भाद्र ५ ।धादिङ । एनेकपा माओवादी धादिङले श्रावण १० गतेवाट “पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानसभावाटै संविधान”  को मूल नारासहित संविधानसभाको निर्वाचनको तयारी… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts