Thursday, December 4, 2014

धादिङ मंसिर १८ । न्वागी पर्वको अवसरमा मनाईने धादिङको त्रिपुरासुन्दरी माई मन्दिरको जात्रा आज सम्पन्न भएको छ ।
आज बिहान सबेरै त्रिपुरासुन्दरी माईको पुजा गरी मूल पुजारी र माइको मन्दिरका सेवक तथा भक्तजनहरुको लावालस्करले विशेष पैदलयात्रामा बाजागाजा सहित बेसीको मन्दिरमा माईलाई भित्र्याइएको थियो ।

पर्वको विशेष अवसर पारेर एमाओवादी धादिङले मेला स्थलमा जनसभा तथा साँस्कृतिक कार्यक्रम समेत सम्पन्न गरेको छ । एमाओवादी धादिङले आयोजना गरेको सभालाई सम्बोधन गर्न एमाओवादीका केन्द्रिय समितिका सचिव तथा पुर्व अर्थमन्त्रि वर्षमान पुन अनन्तले निर्धारित समयमा सहमतिबाट नै संविधान जारी हुनेमा आशङका बढेर गएको बताउनु भएको छ ।
पहिलो संविधानसभाले संविधान बनाउन नसक्नुकारण एमाले काँग्रेस नै भएको दुनियालाई थाहा भएको बताउदै अनन्तले यो संविधान सभालाई पनि बहुमतको नाममा विघटन गरिए बहुमतको मन्त्र जप्नेहरुले जिम्मेवारी लिनुु पर्ने बताउनु भएको थियो ।
यसैगरी एमाओवादी पो्लिट ब्यूरो सदस्य तथा तामसालिङ राज्य समितिका संयोजक नारायण दाहालले काँग्रेस एमाले संविधान निर्माण भन्दा सत्ता भागबन्डामा केन्द्रित रहेको आरोप लागाउदै उनीहरु सहमतिका आधारमा संविधान निर्माण प्रक्रियामा नआएको बताउनु भएको थियो ।
कार्यक्रममा एमाओवादी अर्का पोलिट ब्यूरो सदस्य तथा धादिङ नुवाकोट रसुवाका ईन्र्चाज हितबहादुर तामाङले राज्य पुनर संरचना गर्दा जातिय पहिचान झल्किने गरी धादिङ तामसालिङमा पर्छ । एमाओवादीले संघिय राज्यको नाम जनतामा स्थापित गरिसकेको बताउदै अब बहुमतका नाममा हुने खेल नस्वीकारीने बताउनु भएको थियो ।
कार्यक्रममा एमाअ‍ेवादीका पुर्व सभासद एवम् केन्द्रिय सदस्य पुष्पविक्रम मल्ल, अखिल नेपाल यातायत मजदुर संघका केद्रिय अध्यक्ष जगत सिंखडा, लगायतको आतिथ्यता रहेको थियो । जनवादी कलाकारहरुले सभामा भरपूर जनवादी गितले मनोरन्जन दिएका थिए ।
एमाओवादी धादिङका जिल्ला अध्यक्ष रामबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न उक्त सभाको संचालन जिल्ला उपाध्यक्ष राजु नेपालले गर्नु भएको थियो ।

Related Posts:

  • नेपाली काँग्रेसको राहत अभियान धादिङ १४ असार । नेपाली काँग्रेस धादिङ क्षेत्र न. २ ले सुदुर पश्चिम लगाएत देशको विभिन्न ठाउँमा बाढि पहिरोले क्षती पु¥याएको परिवारको लागी राहत संकलन कार्य सुरु गरेको छ । नेपाली काँग्रेस धादिङ क्षेत्र नम्बर दुईको आयोजनामा सुरु… Read More
  • राजमार्गमा प्रहरीको एक हप्ते विशेष अपरेशन सुरु धादिङ १४ असार । जिल्ला प्रहरी कार्यालय धादिङले राजमार्ग क्षेत्रका अपराध नियन्त्रणका लागि धादिङका राजमार्गका सडक खण्डहरुमा एक हप्ते फ्लस आउट नामक विशेष अपरेशन आजबाट सुरु हुँदैछ । आजबाट शुरु हुने उक्त विशेष अपरेशन असार २१ गते… Read More
  • सरस्वती उच्च माविमा अन्तरक्रिया सुमन अधिकारी।धादिङ १४ असार । सरस्वती उच्च माध्यमिक विद्यालय धुवाँकोट धादिङमा विहिवार पुरस्कार वितरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यावस्थापन समितिका सदस्य निम बहादुर गुरुङको अध्यक्षता एकीकृत नेकपा माओ… Read More
  • लोकतन्त्रवादी बाटै लोकतन्त्र सुरक्षित हुन सक्छ- केसी धादिङ १५ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले मंसीर ४ मा जुनसुकै हालतमा पनि संविधान सभाको निर्वाचन हुने विश्वास व्यक्त गर्नुभएको छ । देश संक्रमण कालिमा गुज्रिरहेको भन्दै केसीले निर्वाचनै निकासको उत्… Read More
  • धादिङका दश खेलाडी सम्मानित धादिङ १५ असार । जिल्ला खेलकदु विकास समिति धादिङले  शनिबार एक कार्यक्रमको आयोजना गरि  नुवाकोटमा सम्पन्न भएको नेपाल–भारत आमन्त्रित मैत्रीपुर्ण अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिताका बिजयी दश जना खेलाडीहरुलाई सम्मान … Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts