Saturday, November 29, 2014

धादिङबेसी मंसिर १३ । धादिङ उद्योग वाणिज्य संघको २१ औं साधारणसभा धादिङवेसीमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा कृषि उद्यम केन्द्रका संयोजक भवानी राणाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारण सभामा बोल्दै प्रमुख अतिथि राणाले धादिङमा २ वटा उद्योग वाणिज्य संघ जस्तो दखिए पनि धादिङ उद्योग वाणिज्य संघ नै बैधानिक र आधिकारक उद्योग वाणिज्य संघ भएको बताउनु भएको थियो । आफूहरुबाट हुने सबै  आधिकारीक काम धादिङ उद्योग वाणिज्य संघबाट मात्रै हुने उहाँले स्पष्ट पार्नुभयो ।

धादिङको २ वटै उद्योग वाणिज्य संघलाई एकै ठाउँमा मिलाउने अभ्यास गरिरहेको बताउनुहुँदै उपाध्यक्ष राणाले व्यवसायीक एकजुट हुन आब्ह्वान गर्नुभयो । साधारणसभामा मध्यमाञ्चल क्षेत्रिय उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गीले स्थानीय स्तरबाटै लगानीको वातावरण सृजना गर्नुपर्ने बताउनुभएको थियो । जिल्लालाई लगानीमैत्री बनाउन स्थानीय व्यवसायीहरुले नै भूमीका खेल्नुपर्ने बताउनुभएका उहाँले लगानीका हिसावले धादिङ सम्भावना बोकेको जिल्ला भएको समेत दावी गर्नुभयो ।
साधारणसभामा विभिन्न संविधानसभासद् दिलमान पाख्रिन, रविन्द्रप्रताप शाह, एकीकृत माओवादीका केन्द्रिय सदस्य पुष्पविक्रम मल्ल लगायत क्रियाशील राजनीतिक पार्टीका प्रमुख एवम् प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभामा धादिङ उद्योग वाणिज्य संघका महासचिव बोदनाथ दुवाडीले संस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रमेशभाई अधिकारीले ०७१÷०७१को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts