Saturday, November 29, 2014

धादिङबेसी मंसिर १३ ।  दक्षिण कोरियामा सम्पन्न १७ औं एसियाडमा नेपालको तर्फबाट कराँतेखेलमा एकमात्र कास्य पदक विजेता विमला तामाङलाई नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति धादिङले सम्मान गरेको छ । जिविस धादिङको सभाहलमा शनिबार (आज) एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।
तामाङ घेदुङ जिल्ला कार्य समिति धादिङका अध्यक्ष अक्कल तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रिय अध्यक्ष कुमार योञ्जन तामाङले नगद ३५ हजार ५ सय रुपैयाँ र ताम्रपत्र सहित सम्मान गर्नुभएको थियो । कार्यक्रममा संविधानसभासद् दिलमान पाख्रिन, पूर्व सभासद् वीरबहादुर तामाङ विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरु, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । विमलाकी गुरु बालाजु कराँते डोजोका प्रमुख ध्रुबविक्रम मल्ललाई समेत सम्मान गरिएको कार्यक्रममा तामाङ संस्कृति झल्कने गरी विभिन्न कलाकारहरुले गित प्रस्तुत गरेका थिए ।
सोहि अवसरमा नेपाल तामाङ युवा घेदुङ जिल्ला कार्य समिति धादिङको प्रथम जिल्ला सम्मेलन गरिएको बताइएको छ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts