Thursday, October 9, 2014

२३ असोज धादिङ  । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको आयोजनामा  भर्खरै सम्पन्न १७ औं एसियाली खेलकुद, इन्चोन २०१४ मा नेपालका लागि एक मात्र कास्य पदक बिजेता बिमला तामाङलाई सम्मान गरिएको छ । ११ हजार १ सय १ रुपैयाँ नगद र सम्मान पत्रका साथ आज पत्रकार महासंघ धादिङले सम्मान गरेको हो ।

Friday, September 26, 2014

दशैं हिन्दु धर्मावलम्वीहरुका लागि महत्वपूर्ण चाड हो । दशैंलाई आफन्तहरुको जमघट, भाइचार सम्बन्धलाई पुर्नताजगी गर्ने अवसरका रुपमा लिंदा पनि हुन्छ । धार्मिक विश्वासमा दैवी शक्तिले असुरी शक्ति अर्थात देवताहरुले राक्षसहरुमाथि विजय हाँसिल गरेको हर्षमा यो पर्व मनाइने उल्लेख छ । यस पर्वलाई विजया दशमी पनि भन्ने गरिन्छ । हिन्दु धर्ममा विभिन्न चाडपर्वहरु रहेका छन् ति मध्ये दसैंलाई सबैभन्दा ठूलो चाड मान्ने गरिन्छ । नेपालमा शाहीकालमा राजालाई नै देवताको रुपमा अथ्र्याइएको थियो, त्यतिबेला हिन्दु राज्यकै रुपमा नेपाल रहेको थियो । दशैं १५ दिनसम्म र लगत्तै तिहार ५ दिन हिन्दुहरुले विशेष रुपमा मनाउने पर्व हुन् । यसका अलाभा दर्जनौ पर्वहरु रहेका छन् । पौराणिक कालखण्डमा धार्मिक विश्वास एउटा ऐन नियम परिधिजस्तो अथवा नैतिक बन्धनका रुपमा प्रयोग गर्न खोजेको देखिन्छ ।
“लाहुरेलाई चाडवाड नआएकै जाती, परिवारको सम्झनाले पोल्छ मेरो छाती” कर्ण दासको आवाजमा भएको यो गीत केवल शब्द मात्र नभएर कामको खोजीमा खाडी मुलुक भासिएका बीस लाख भन्दा बढी प्रवासी नेपालीहरुको प्रतिनिधी आवाज पनि हो । पहिले पहिले आफ्ना छोराछोरीलाई दशैतिहार अनि चाडवाड मनाउने जोहो गर्न नसकेर आमा रुने गर्थिन आजभोली त्यही छोराछोरी परदेशमा बन्धकी बसेर चाडवाड मनाउने जोहो त भएको छ तर घरपरिवार पुरै शुन्य भएको छ अझ भनौ दशै मानिदिने मान्छे नै छैन । एक या दुई घर मात्रै होइन गाउँ पुरै शुन्य भएको छ युवाहरु विदेसिएका छन् महिला केटाकेटी र बुढाबुढी बाआमा नआउने छोराछोरीको बाटो कुरिरहेका छन् यही नै हाम्रो वर्तमान समाजको तीतो यथार्थता हो ।
जब दशैँ आउछ अनि हामी परदेशीलाई रुवाउँछ ! आफ्नै देश आफ्नै परिवेश आफ्नै आफन्त र आत्मीय मित्रहरुको सम्झनाले पिरोल्छ ! आफ्नै देशका उकाली ओराली, साथीभाईसँगको रमाइलो झल्झली आँखामा आउँछ ! भौतिक सुख सुविधाले सम्पन्न भए पनि आफ्नोपन र आत्मियता छैन !

Monday, September 22, 2014

मेरो जिन्दगी
Java को कोड र बाबा को झोक मै सकियो
नोट प्याड र उनको लिस्ट मा फसियो
लूप होल र उन्को ओरिपरि नै घुमियो
मेरो जिन्दगी Java र बाबा को चक्कर मा भूलियो ।

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts