Monday, August 22, 2011

सुमन अधिकारी
धुवाँकोट भदौ ५ गते 
श्री सरस्वती उच्च माध्यमिक विद्यालय धुवाँकोटमा आज एक कार्यक्रमका बीच कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ । विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा भएको विशेष कार्यक्रमका साथ आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो । 

विद्यालयका प्रधानाध्यापक लक्ष्मण प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष भिमबहादुर दाहालको प्रमुख आतिथ्य र उच्च माध्यमिक तहका प्राचार्य अर्जुन कुमार प्रसाद शाहको विशेष आतिथ्य रहेको थियो । 
कक्षा १२ का छात्रा गोमा घिमिरेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा विभिन्न साँस्कृतीक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts