सुदिप विश्वकर्मा
धादिङ ७ भाद्र
आदिवासी जनजाति जिल्ला समन्वय समितिको आयोजना र जिल्ला विकास समितिको सहयोगमा बुधवारबाट धादिङमा २ दिने जनजाति पत्रकारहरुको क्षमताअभिवृद्धि तथा नेतृत्व विकास तालिम शुरु भएको छ । तालिमको मैनबत्ती बालेर उद्घाटन गर्नुहुँदै कार्यक्रममा प्रमुख अतिथि विरबहादुर तामाङले जातिय मुक्ति आन्दोलनको लागि जनजाति पत्रकारहरुको उल्लेख्य भूमिका हुने बताउनु भएको थियो ।
उहाँले सदियौं देखि उत्पीडनमा परेका जनजाति वर्ग, जाति, क्षेत्र, लिंग लगायतको पूर्ण मुक्तिको लागि योग्य सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहनेमा समेत कार्यक्रममा बताउनु भएको थियो । धादिङ ७ भाद्र
आदिवासी जनजाति जिल्ला समन्वय समितिको आयोजना र जिल्ला विकास समितिको सहयोगमा बुधवारबाट धादिङमा २ दिने जनजाति पत्रकारहरुको क्षमताअभिवृद्धि तथा नेतृत्व विकास तालिम शुरु भएको छ । तालिमको मैनबत्ती बालेर उद्घाटन गर्नुहुँदै कार्यक्रममा प्रमुख अतिथि विरबहादुर तामाङले जातिय मुक्ति आन्दोलनको लागि जनजाति पत्रकारहरुको उल्लेख्य भूमिका हुने बताउनु भएको थियो ।
कार्यक्रममा विशेष अतिथि प्रमुख जिल्ला अधिकारी नारायण आचार्यले सामाजिक रुपान्तरणको अभियानमा पत्रकारिता क्षेत्रको सहयोग महत्वपूर्ण भूमिका रहने बताउनु भएको थियो । उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, सरकारी एवम् गैरसरकारी क्षेत्रका प्रमुख एवम् प्रतिनिधिहरु लगायतले तालिमबाट सञ्चारकर्मीहरुको योग्यता र दक्षता विकास हुने
अपेक्षा तालिम सफलताको शुभाकामना दिएका थिए ।
सामुदायिक सूचना नेटकर्व सिआइएनका प्रतिक तामाङ र इमेज टेलिभिजनका समाचार सम्पादक महेन्द्र विष्टले सहजीकरण गर्ने पत्रकारिता तालिममा २३ जना जनजाति पत्रकारहरुको सहभागिता रहेको छ ।
यसैगरी आजैबाट जनजातिहरुको नेतृत्व विकास तालिम पनि शुरु भएको छ । उद्योग वाणिज्य संघ, धादिङको तालिम हलमा सुरु भएको छ ।
0 comments:
Post a Comment