![]() |
टे«डयूनियन महासंघ धादिङले निकालेको प्रेस बक्तव्य |
धादिङबेसी भाद्र ११
धादिङ क्षेत्र नं. ३ का सभासद एवं मजदुर नेता शालिकराम जम्कट्टेलमाथि हिजो साँझ राजधानीमा भएको आक्रमणको विरोधका अखिल नेपाल टे«ड युनियन महासंघ जिल्ला संगठन समिति धादिङले आज धादिङ बन्दको घोषणा गरेको छ । संघठनका जिल्ला अध्यक्ष राजन रेग्मीले एक प्रेस विज्ञप्ति जारी गरी आज धादिङ बन्दको घोषणा गर्नुभएको हो ।
अध्यक्ष रेग्मीले घटनाको घोरभत्र्सना गर्दै तत्काल दोशी पहिचान गरी कारवाही गर्न माग गर्नुभएको छ । साथै विज्ञप्तिमा घाइते जम्कट्टेलको सिघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ । यता अखिल नेपाल यातायात मजदुर संघ जिल्ला समिति धादिङले पनि घटनाको घोर भत्र्सना गरेको छ । संगठनका जिल्ला अध्यक्ष बद्रि सुवेदीले एक विज्ञप्ति प्रकाशित गरी दोशीमाथि कारवाही र घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
एक कार्यक्रममा सहभागी भएर बबरमहलस्थित निवासतर्फ जानेक्रममा उहाँमाथि हिजो सा“झ पौने ८ बजे गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । सुरुमा उहाँमाथि गोली प्रहार भएको भनिए पनि पछि चिकित्सकहरुले धारिलो हतियार प्रहार भएको पुष्टि गरेका थिए ।
घाइतेलाई अस्पतालमा भेटेर फर्किनु भएका सूचना तथा सञ्चार मन्त्री पोष्टबहादुर बोगटीले जम्कट्टेलको गर्धनमा गहिरो चोट लागेको जानकारी दिनुभयो । निवास जानेक्रममा बबरमहलस्थित रातो भाले रेस्टुरेन्ट अगाडि मोबाइलमा कुरा गरिरहेकाबेला उहाँमाथि पछाडिबाट आक्रमण भएको बोगटीले जानकारी दिनुभयो । नेता जम्कट्टेलको खतरामुक्त अवस्थामा नर्भिक अस्पताल थापाथलिमा उपचार भैरहेको छ । हतियार प्रहारपछि लड्नुभएका उहाँलाई एक मजदुरले उठाएर अस्पताल पु¥याएका थिए । घटनाको एक घण्टापछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सञ्चार मन्त्री पोष्टबहादुर बोगटी सहितका माओवादी नेताहरु नभिर्क अस्पताल पुग्नुभएको थियो ।धादिङ क्षेत्र नं. ३ का सभासद एवं मजदुर नेता शालिकराम जम्कट्टेलमाथि हिजो साँझ राजधानीमा भएको आक्रमणको विरोधका अखिल नेपाल टे«ड युनियन महासंघ जिल्ला संगठन समिति धादिङले आज धादिङ बन्दको घोषणा गरेको छ । संघठनका जिल्ला अध्यक्ष राजन रेग्मीले एक प्रेस विज्ञप्ति जारी गरी आज धादिङ बन्दको घोषणा गर्नुभएको हो ।
अध्यक्ष रेग्मीले घटनाको घोरभत्र्सना गर्दै तत्काल दोशी पहिचान गरी कारवाही गर्न माग गर्नुभएको छ । साथै विज्ञप्तिमा घाइते जम्कट्टेलको सिघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ । यता अखिल नेपाल यातायात मजदुर संघ जिल्ला समिति धादिङले पनि घटनाको घोर भत्र्सना गरेको छ । संगठनका जिल्ला अध्यक्ष बद्रि सुवेदीले एक विज्ञप्ति प्रकाशित गरी दोशीमाथि कारवाही र घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
एक कार्यक्रममा सहभागी भएर बबरमहलस्थित निवासतर्फ जानेक्रममा उहाँमाथि हिजो सा“झ पौने ८ बजे गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । सुरुमा उहाँमाथि गोली प्रहार भएको भनिए पनि पछि चिकित्सकहरुले धारिलो हतियार प्रहार भएको पुष्टि गरेका थिए ।
0 comments:
Post a Comment