धादिङ, भाद्र – ९
ने.क.पा एमालेका पोलिटव्युरो सदस्य एवं पूर्व स्थानिय विकास मन्त्रि राजेन्द्र प्रसाद पाण्डेले बाबुराम भट्टराईले सरकारको नेतृत्व गर्न नसक्ने बताउनु भएको छ ।
प्रेस चौतारी धादिङको छैटौ जिल्ला अधिबेशन उद्घाटन गर्ने क्रममा पण्डेले उक्त कुरा बताउनु भएको हो । पाण्डेले माओवादी अध्यक्ष प्रचण्डले गर्न नसकेका काम बावुराम भट्टराईले सरकारको नेतृत्व गर्न नसक्ने समेत बताउनु भएको थियो । कार्यक्रममा विरेन्द्र शाह स्मिृती पत्रकारीता पुरस्कार प्रेस चौतारीका केन्द्रिय सदस्य नवराज छत्कुल्लिलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष राजेन्द्र अर्यालको विषेश आतिथ्य रहेको थियो भने नेपाल पत्रकार महासघंका केन्द्रिय सदस्य दिपेन्द्र पाण्डे, नेपाल पत्रकार महासघं धादिङका अध्यक्ष सिताराम प्रसाद वर्मा , धादिङमा क्रियाशिल राजनितिक दलका पार्र्टी प्रतिनिधि लगायत संचार कर्मीहरुकोहरुको उपस्थििति रहेको थियो ।
0 comments:
Post a Comment