Wednesday, August 31, 2011

धादिङ, भाद्र १४ 
रेडियो बिहानी ९७.६ मेगाहर्ज र धादिङबेसीको संयुक्त आयोजनामा आजदेखि धादिङबेसीमा सूरुभएको मैत्री पूर्ण भलिबल प्रतियोगिता, एड्भान्स एकेडेमी, धादिङ समाज धादिङ र गणेश हिमाल युवा क्लव सेमीफाईनलमा प्रवेश गरेका छन् । भने भोलीको बिहान ७ बजे देखि हुने खेलमा नेपाल प्रहरी , डिएसडी  सँग र एड्भान्स एकेडेमी गणेश हिमाल यूवा क्लव सँग भिड्ने छन् ।
नेपाल प्रहरीले आज भएको खेलमा गणेश हिमाल युवा क्लवलाई २६÷२४ र २५÷२१ तथा रेडियो बिहानीलाई २८÷२७ र २५ ३२ को सोझो सेटमा हराएर सेमी फाइनल यात्रा तय गरेको हो । यसैगरी धादिङ समाज धादिङलाई २५÷१७ र २५÷१९ को सोझो सेटमा हराएको एड्भान्स एकेडेमी गैह्र सरकारी संस्था महासंघ खेलामा सहभागी नहुने भएपछि वाक ओभरका आधारमा सेमी फाईनलामा प्रवेश गरेको हो । यस्तै एड्भान्स एकेडेमी संग पराजय व्यहोरेको धादिङ समाज धादिङ पनि वाक ओभरको आधारमा सेमी फाइनलमा प्रवेश गरेको छ ।
रेडियो बिहानीको सञ्चालक संस्था शहिद स्मृती सञ्चार सहकारीका अध्यक्ष उत्तम कंडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष मनराज भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि र सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्य रहेको थियो । जिल्लाका विभिन्न ६ वटा समूहको सहभागिता रहेको प्रतियोगिता भोलीसम्म चल्ने छ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts